Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
बेलायती संसद निर्वाचन: सम्भ्रान्त परास्त, श्रमजीवीको उदय
बेलायती संसद निर्वाचन: सम्भ्रान्त परास्त, श्रमजीवीको उदय
गोविन्द बेल्वासे -

बेलायती संसद निर्वाचनको परिणामबाट सत्तारुढ कञ्जरभेटिभ पार्टीले हातको माछो फुत्काएर दुलामा हात हालेको प्रमाणित भएको छ । पुर्ण बहुमतको मात लगेको थियो अल्पमतको संसदमा संकुचित हुन पुगेको छ । समग्रमा कन्जरभेटिभ पार्टीका आधारशीला मानिने सम्भ्रान्तहरुले जेरमी कोरविनलाई निर्धो देखे । तर, श्रमजीवीका नेताको शक्ति निर्वाचनले प्रमाणित गरेको छ । अझै कोर्विनको अप्ठ्यारो सकिएर सहजता प्राप्त भएको छैन तर उनी विरुद्धको प्रचारबाजी परास्त भएको छ । सम्भ्रान्त उनकै लेबर पार्टी भित्र पनि थिए र छन् । उनलाई पार्टीको नेतृत्व दिन हुन्न भनेर विरोध गर्दै थिए अझै पनि गर्ने नै छन् । तर उनीहरुको अवको आवाज पहिले भन्दा पक्कै पनि मधुर हुनेछ ।
लेबर पार्टीले उदार नीति अपनाउँदै शक्ति प्रदर्शन गर्दाको बेलायतको राजनीतिक इतिहासमा कोर्विन पार्टी भित्रकै बिद्रोही नेता थिए र आफ्नै साथीहरुको सम्भ्रान्त हितैसी नीति विरुद्ध संघर्ष गर्दै थिए । सम्भ्रान्तहरुले त उनलाई कतिसम्म निर्धो देखे भने उनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले भएको भन्दा बढी मत पाउने गलत घोषणा गरे ।
यो निर्वाचनले संसदको आकार परिवर्तन गरेको छ । भावनात्मक रुपले यूरोपियन यूनियनबाट प्रम टेरेसा मेले भनेजस्तो हार्ड ब्रेक्जिट सम्बन्ध विच्छेद बेलायती जनतालाई स्वीकार नभएको जनमत प्रदर्शन भएको छ । यो वास्तवमा जेरेमी कोरबिनको जित हो । लेबर पार्टीको इयूबाट नछुट्टिने निर्णयको नेतृत्व गरे पनि उनी पार्टी भित्रकै बिद्रोही नेता रहँदादेखि नै इयूको सम्बन्ध गलत तवरले बढिरहेको र केही नियन्त्रण गर्न जरुरी रहेको वकालत गर्दै थिए । उनको त्यो लामो समयदेखिको बैचारिक अडान नै यो निर्वाचनको परिणाम हो ।
अव, बेलायती राजनीति कता जान्छ त भन्ने अनुमान र अड्कालवाजी चल्दै छ । तर, पक्का के भएको छ भने हार्ड ब्रेकजिट सम्भव छैन, नरम-गरमको ब्रेक्जिटको जनमतलाई कसले अगाडि बढाउछ भन्ने निस्चित भैसकेको छैन ।
यी जेरेमी कोरबिन उनै हुन् जसले लेबर पार्टीको नेतृत्व सम्हाल्नासाथ पाँच खुड्किलो उक्लिएका थिए । सम्भ्रान्त वर्गलाई अहिले नराम्रो चोट पुगेको छ । रानीका अगाडि घुडा टेक्ने प्रतिपक्ष नेताको परम्परा धान्नै पर्ने परम्पराबादीहरुलाई परिवर्तन अपरिहार्य रहेको सन्देशको झट्का यो निर्वाचनले पुर्याएको छ ।
बेलायतको लेबर पार्टीको अध्यक्षमा निर्वाचित भएका जेरमि कोरविनको कार्यकाल सात दिनपनि नवित्दै उनले पाँच सिँढी उक्लिसकेका थिए । उनको आदर्शको आधा लडाइ त उनको चुप्पीले नै जिताइ दिएको थियो । उनको त्यो अपत्यारिलो जितको सृङ्खला त्यही गतिमा अगाडि बढ्दैन भन्ने चाही जताततै अड्कल काटिएकै हो । हुन पनि पार्टीभित्रै उनले विस्वासको मतका लगि जुझ्नु पर्यो । सम्भ्रान्त (एलिट) बर्गको नेतृत्वको परम्परागत बेलायती बोलवालाहरू एकजुट भएर उनको विरूद्धमा खनिने विषयमा दुइमत हुन सक्दैन, अझैपनि उनीहरूको प्रयास जारी रहने नै छ । त्यस खेमामा पर्नेहरू मध्येका खेलाडीहरू उनका आफ्नै पार्टीभित्र पनि छताछुल्ल छन् । त्यसमध्येका एक खेलाडी पूर्व प्रधानमन्त्री टोनी ब्लेयरलाइ त राष्ट्रिय मिडियाहरूले नै जेरमिले नेतृत्व समाल्नु भनेको ब्लेयरिजमको अन्त्य भनेर टिप्पणी गरिरहेका छन् ।
बेलायतको राष्ट्रगानको शब्दमा जे छ त्यस्तै शब्द नेपालको पुरानो राष्ट्रगानमा पनि थियो । अर्थात राजा (रानी) को स्तुति गान (God Save the Queen)। नेपालमा हिंसापूर्ण माओबादी संघर्षमा २०६२–६३को जनआन्दोलन थपिएपछि त्यो स्तुतिगान फेरेर जनताको राष्ट्रगान बदल्ने स्थिति सिर्जना गर्यो । अध्यक्ष जेरमिको चुप्पीले त्यो स्तुतिबारे बेलायती जनतालाइ झक्झकाएको छ । मलाइ भने जेरमिको चुप्पी निकै मन पर्यो, जुन चुप्पीले परम्परागत बेलायती राजनीतिमा क्रान्तिकारी बीउ रोपिदिएको छ । स्मरणिय कुरा के पनि छ भने जेरमि कोरविन गणतन्त्रबादी हुन् र संसदमा उनको सहभागिता पञ्चायतकालमा नेपाली कांग्रेस र नेकपा(माले) को उपयोगको नीति अन्तरगत जनपच्छीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायतमा भण्डाफोडको नीति अपनाएको जस्तै हो ।
लेबर पार्टीका अग्रजहरू नै खुलेर जेरमिले बाहेक जोसुकैले पनि जिते हुन्छ भन्दै उर्लेको अवस्थामा करिव ६० प्रतिशत मतबाट पार्टी नतृत्वमा विजय हासिल गर्नु उनको पहिलो सफलताको सिंढी थियो । अहिले लेबरको मत र संसदमा सिट धेरै हुनु जेरमिको जित त हो नै, तर कन्जरभेटिभ पाटीको संख्या अल्पमतमा हुनु कोरविनको दमदार सफलता हो । दोस्रो सफलताको सिढीका रूपमा उनको चुप्पीले काम गरेके थयो । थुप्रै आलोचनात्मक टिप्पणीहरूका बीच छाया क्याविनेटको गठन तेस्रो र चौथो सफलतको सिंढीका रूपमा संसदभित्र प्रधानमन्त्रीसंगको सवाल–जवाफको कार्यक्रममा नाटकीय प्रहसनको स्वरूप बदलेर जनताका प्रश्नको बाणले प्रम क्यामरूनलाइ आघात पार्नमा उनले आफूभित्रको छमतालाइ महाभारतका अर्जुनको कौसलताका रूपमा देखाएका थिए ।
जसरी पोहोरसाल दोस्रो विस्वयूद्धका योद्धाहरूको सम्मानको कार्यक्रममा राष्ट्रगान नगाइ चुप्प बसेर राष्ट्रगानभित्र रहेका शब्द विरूद्धमा जुन विद्रोह उनले गरे त्यसलाइ मिडियाहरूबाट सम्मानका लागि कार्यक्रममा उपस्थित भएको तर्क सहित बचाव गर्न सफल भए त्यसलाइ उनको पाँचौ सफलतामा गणना गरिएको थियो ।
उनको पदको गरिमा र कार्य सम्पादनकालागि नियम अनुसरण गर्नै पर्ने बाध्यताका कारण भविष्यमा भने उनले राष्ट्रगान गउने नै छन भनेर राष्ट्रिय पत्रिका तथा मिडियाहरूमा टिप्पणी भैरहेका छन । उनका सहकर्मी छायामन्त्रीहरू तथा सांसदहरूले पनि उनलाइ राष्ट्रिय गान गाउन दवाव दिएको बताइएको छ । भविष्यमा उनले गाइहाले पनि राष्ट्रगानमा भएका शब्दका विषयमा जनचेतना सहितको विद्रोकको विगुल फुक्नमा उनि माहिर सावित भैसकेका छन् ।
संसदभित्र प्रम प्रश्न भनेर जुन नाटक गरिने चलन थियो त्यसलाइ जेरमिले बदलेर नयाँ रूप दिइसकेका छन् । त्यस विषयमा अरूले सकारात्मक नकारात्मक दुवै कोणबाट टिप्पणि गर्नका साथै उनको सादा पहिरन वारेको नकारात्मक टिप्पणीमा बेलायती जनताले भने समर्थन गर्दै आएका प्रमाणहरू छन् । लेबरपार्टीको अध्यक्षपदको निर्वाचनपछि तीस हजार सदस्य थपिनु, साथै संसदमा प्रधानमन्त्रीसंग सोध्ने प्रश्न माग्दा चालिस हजार नागरिकले प्रश्न पठाएर सहभागिता जनाउनु जेरमि कोरविनमाथि बेलायती जनताले गरेको समर्थनका प्रमाण हुन ।
‘म नै राजनीतिको धुरन्धर हुँ ‘ भन्नेहरूले जेरमि कोरविनले कुनै पनि हालतमा अध्यक्ष पद जित्ने मत हासिल गर्न सक्दैनन भनिरहेका थिए । धेरै चरणमा अध्यक्ष पदको निर्वाचनको म्याराथन दौड चल्नेछ भन्ने अडकलबाजी विपरित सुरूमै अत्यधिक मतले विजय हासिलगर्नुले मुलधारका राजनीतिज्ञहरू बेलायती जनताबाट कति टाढा रहेछन् भन्ने छर्लङ्ग भएको छ । जनताले नेताहरूलाइ सवै एउटै ड्याङका भर गर्न नहुने धुर्तहरू भनेर गणना गर्दै गर्दा फरक धारको राजनीतिक संकेत दिएर जेरमिले जनताको मन जितेका छन् । उनी अरू नेता भन्दा देखाइमा सरल, पहिरनमा सादापन तर विचारमा जनपक्षीय रहेको दृष्य एक हप्ता पनि नवित्दै छरपस्ट पारेका थिए र त्यसलाई निरन्तरता दिइरहेकाछन् ।
सारमा भन्दा हालसम्म सम्भ्रान्तहरूको बोलवाला चलेको वेलायती राजनीतिमा श्रमजिवी जनताको राजनीति र यूद्ध विरोधी धारणाका साथ अगाडि बढेका जेरमिलाइ जनताले साथ दिने कुरामा संका गर्ने ठाउँछैन । तर, सम्भ्रान्तहरूको हित विपरित हुने हुनाले उनका विरूद्ध हुने षणयन्त्रहरू भने निकै रोचक र घोचक पक्कै हुनेछन भन्ने अड्कलबाजि सहजै गर्न सिकन्छ । हेरौ जेरमि कोरविन घात प्रतिघात कति थेग्न सक्छन् र कति अघि बढ्न सक्छन् । सम्भ्रान्तहरूलाइ सुरक्षाको लागि रक्षाकवच ट्रिडन्ट चाहिएको छ, जेरमिलाइ जनताको समर्थनमा ट्रिडेन्टको रक्षाकवच वाहियात सावित गर्नु परेको छ । यूध्द विनासकारी नै हुन्छ भन्नेमा उनी दृढ छन् । परिणामका लागि भविष्य कुर्नै पर्छ ।
हालसम्म कन्जरभेटिभ पार्टी र ब्लेयरिजमको लेबरबीच खासै फरक महसुस गर्न नसकेका बेलायती जनताले जेरमिको फरकपनबाट राहतको आशा गर्दै साथदिने सम्भावना भने विद्यमान रहेको छ । जेरमिले लेबर पार्टीको नेतृत्वमा जिते धेरै वर्ष सत्तामा बस्न पाइन्छ भन्ने कन्जरभेटिभको अनुमान आफ्नै खुट्टामा बन्चरो हाने बराबर भएको छ ।
खास गरेर नयाँ पिंढीले जेरमी कोरविन र उनको नीतिको समर्थनमा साथदिने लक्षण देखा परेके छ । अहिलेको निर्वाचनमा यूवा–सहभागिता बढ्नु र पहिलेभन्दा बढि मत खस्नुले पनि जेरमिलाइ बेलायतका श्रमजीवीले साथदिने लक्षणलाइ पुष्टि गरेको छ । -
साभार
WWW.wenepali.com
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.