Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
अमेरिका घुम्दाको अनुभूति
अमेरिका घुम्दाको अनुभूति
– गोविन्द बेल्वासे ।
अमेरिका भ्रमणमा नौला र मस्तिष्कको परिधि वाहिरका तीन तथ्य रोमाञ्चकारी रहे । लस एन्जलसमा दुईजना भन्दा बढि यात्रु भएको सवारी साधन मात्र गुड्न पाउने बाटोका द्रुत लेन, लस भेगसको पत्याउनै मुस्किल हुने प्रविधिबाट सुसज्जित र अकल्पनीय रङ्गमञ्च प्रस्तुति र लिबर्टी स्टाचुको वाहिरी रङ्गको यथार्थले यात्राको सन्तुष्टि सोचे भन्दा बढि नै भयो । कलेज पढ्दादेखि नै साम्राज्यवादीको हैकमी रौगनको पर्दा लागेको मेरो मस्तिस्कमा अमेरिका रुचिकर गन्तब्य भने थिएन, तर पुगेपछि अन्तर्राष्ट्रिय राजनीति विहिन अनुभव भने सकारात्मक रह्यो ।
अक्टोबर महिनाको पहिलो हप्ता न्यूयोर्कमा सामान्यतया चिसो बढ्ने भए पनि यसपटक हाम्रो यात्राको क्रमको एक हप्ता सफा आकास र मौसम सफा हुनका साथै धेरै चिसो पनि भएन । सवैभन्दा बढि चासो रहेको लिबर्टी स्टाचुलाई किन आस्चर्य मानिएको हो ? भन्ने खुल्दुली पनि मेटियो । वास्तवमा आस्चर्य पार्ने त उक्त स्टाचुमा देखिने रङ्ग पो रहेछ । त्यहाँ पुगेर विवरण पढ्दा पो थाहा लाग्यो । तामाको मुर्ति रहेछ, तर हेर्दा भने तामाको हो भन्ने भनक सम्म पाइँदैन । तामाको भाँडा धेरैदिन नमाझेर राख्दा निस्कने रङ्ग हाम्रो घरका पुजागर्ने ठाउँका भाँडामा देखेको थिएँ । खास गरेर जुठा–सुत्का पर्दा पुजा गर्न हुँदैन भनेर आमाले ती पुजा सामाग्रीका भाँडा सफा गर्नुहुन्थेन । कतिपय तामाका भाँडामा अर्घ बनाएको दही लागेको हुन्थ्यो । खास गरेर दही भएका तामाका भाँडा बाह्र–तेह्र दिनहुँदा त्यसमा हरियो किसिमको लेउजस्तो पदार्थ देखिन्थ्यो । त्यो लिबर्टी स्टाचु पनि त्यही तामाको भएको र हावापनीले पारेको असरका कारण त्यो लेउ जस्तो पदार्थ थपिँदै गएर त्यो रङ्ग बनेको थाहापाउँदा म भने साच्चै आस्चर्यमा परें । त्यो रङ्ग तीस वर्षसम्म थपिएपछि अहिलेको अवस्थामा पुगेको रहेछ ।
उक्त मुर्तिले एक हातमा समातेको देखिने पुस्तकमा लेखिएको अक्षर स्पष्ठ भने बुभ्mन सकिएन । जुलाई ४ लेखेको सम्म त वुझियो तर त्यस मुनि के लेखिएको हो भन्ने बुभ्mन सकिएन । पछि इन्टरनेटमा खोज्दा उक्त पुस्तकमा “JULY IV MDCCLXXVI” (July 4, 1776) लेखिएको भन्ने जानकारी प्राप्त भयो । त्यो मुर्तिले अर्को हातमा उचालेको मसालको टुप्पोको पहेँलो भाग भने पहेलो धातुको (सायद पित्तल) रहेकोेले हावा पानिले नविगार्ने भएर नै होला चम्किलो पहेँलो रङ्ग भरखरै जडान गरेको जस्तो ताजै लाग्दोरहेछ । मसालमा ज्वाला दन्किरहेको सन्देश दिन त्यो धातुबाट कलाकारले उत्तम विम्ब जुराएका रहेछन् ।
न्यूयोर्कको दुई तिर वारि–पारि ठिङ्ग उभिएका अग्ला चिल्ला भवनका बीच ओरिपरि समुन्द्रको पानिले घेरेको थुम्को (टापु)मा ठडाइएको त्यो मुर्तिले भन्दा पनि त्यहाँ त्यसलाई ठड्याएर सन्देश दिन त्यो सिर्जना गर्ने कलाकारको महत्व झन बढि अनुभूति भयो । फ्रान्समा तयार परिएको मुर्ति त्यहाँ पुर्याएर ठडाएको भन्ने जानकारीले तत्कालीन फ्रान्सको कलाकार प्रति श्रद्धा जाग्यो । फ्रान्सका जनताद्वारा अमेरिकी जनताका नाममा २८ अक्टोबर, १८८६ मा समर्पित गरिएको रहेछ ।
अर्को आस्चर्य जहाँ गयो त्यहीँ नेपाली भेटिनु पनि रह्यो । आस्चर्य भन्दा पनि नेपालीहरु संसार भरि कति पैmलिएका रहेछन भन्ने यथार्थ भन्दा ठीक होला । कतिपयले छाडा संस्कृतिको अर्थ लगाउने र कतिपयले समानताको विम्ब चित्रण गर्ने नाङ्गा यूवतीको कला प्रदर्शनी हेर्न जुटेको जमघट भित्र पनि पुग्यौ । त्यो टाइम स्क्वायरको भिड देखि छाडा संस्कृति र जुवालाई ब्यापार माध्यम बनाएर ब्यवसाय ब्यवस्थापन गरिएको लस भेगसको साँझमा पनि ‘बुढा यता आउ’ भन्दै बोलाउने नेपाली समुहहरु भेटिनुले नेपाली जताततै पुगेछन् भन्ने प्रमाणित भयो ।
सानो छँदा नेपालमा अम्रिकाने भनेर चिन्ने गरेका गोरो छाला, अग्ला र ठूला मान्छेको दैनिकी मेट्रो रेल चढ्दा बल्ल देखियो । हामी एक हप्ता डेरा गरी बसेको ब्रुकलेन र ज्याकसन हाइट क्षेत्रमा त उनीहरु विस्थापित नै भएकाले त होला उनीहरुको विउ खोज्न पनि गाहारो हुने परिस्थिति भएको रहेछ । न्यूयोर्कभन्दा अलि बाहिर रहेको उडबरी आउटलेट सपिङसेन्टर जाँदा भने ती अम्रिकानेहरु हेर्ने धित मर्यो ।
न्यूयोर्कको डाउनटाउनबाट झण्डै काठ्माण्डौबाट पोखरा जति टाढा रहेको वरिपरि जङ्गगलको बीचमा सान्त बनेर चल्तीका स्थापित ब्राण्डका सवै जसो पसल समेटिएको पाइयो । बेलायतमा त्यत्रो सपिङसेन्टर नै नभएको माहोल भित्र किनमेल गर्न जानेहरु भने सवैभन्दा बढि चाइनिजहरु देखिए । सधै त्यस्तै धेरै मान्छे त्यहाँ किनमेल गर्न पुग्छन् कि त्यसदिन त्यत्ति पुगेका हुन भन्ने त निधो भएन तर कारपार्क ग्राहकका कारहरुले भरिएकोहुँदा पार्क गर्ने ठाउँको अभाव राम्रै गरि खट्कियो । तर, आर्किटेक्टले कारपार्कको डिजाइन गर्दा ग्राहकको चापलाई राम्रै महसुस गरेरै बनाएको भान भयो ।
फास्टपूmड पसल तथा रेस्टुरेन्टहरुमा खाना किन्दा नेपाल र बेलायतमा बानि परेको मात्रा भन्दा निकै धेरै दिइँदो रहेछ । दुई जनाको खानाले तीनजनालाई त राम्रै गरी पुग्ने भन्दा पनि बढि बेचिँदो रहेछ । धेरै मोटा र ठूला स्थानीय मान्छेहरुको साइज देख्दा के कारणले त्यहाँका मान्छे त्यति मोटा भएका हुन भन्ने अनुमान गर्न गाहरो भएन । बेलायतमा ‘लार्ज साइज’ किन्दा पाइने पेय पदार्थको साइज त त्यहाँको ‘स्मल साइज’ जत्रो लाग्यो ।
ट्राफिक कन्जेसन छल्न हामी विहान पाँच बजे नै न्यूयोर्कबाट हिडेकाले साढे तीन घण्टा मोटर गुडेपछि वासिङ्गटन डिसी पुग्यौ । बाटोका दुवै तिर हुर्काइएका रुखमा हरियालीको तेजको कमी खट्कियो भने खासै कृषिउत्पानका फाँट हेर्ने धित मर्न पाएन । न्यूयोर्कको भिडमभाडको दौडादौडको भिडबाट सान्त बातावरणमा पुगेजस्तो लाग्यो वासिङ्गटन डिसी । राष्ट्रपति भवन भनेर चिनिने ह्वाइटहाउस टिभीमा देखिराखेको भन्दा फरक अनुभव भएन । ह्वाइट हाउसको बाटापारि शान्तिपुर्ण विरोध गर्ने समुहले बन्दुक नियन्त्रणको माग गरेका प्लेकार्ड बोकेका थिए । जथाभावि बन्दुक प्रयोगबाट सामुहिक हत्याको श्रृङ्खला रोक्ने ध्यायको उनीहरुको माग पुरा गर्न अमेरिकाको संविधान संशोधन हुनपर्छ भन्ने मेरो वुझाइ छ । प्रदर्शनकारीले मेरो जिज्ञासा मेटाउछन् कि भनेर प्रश्न पनि गरेँ तर अपेक्षा अनुसारको उत्तर भने पाइन । उनीहरु पानी नपरेको हरेक सोमबार त्यहाँ त्यसरि विरोध गर्दारहेछन् । उनीहरु त्यो प्रदर्शन गर्न उपस्थित भएको घमाइलो त्यो दिन छ हप्ता पछि जुरेको रहेछ ।
तर, त्यो शान्तिपूर्ण विरोधको सैली उत्तम भए पनि समाधानको उपाय उनीहरुले भेट्ने सम्भावना निकट भविष्यमा भएजस्तो लागेन । बन्दुकमा नियन्त्रण चाहने समुहको आवाज भन्दा आप्mनो सुरक्षाको लागि हतियार राख्न पाउनु पर्ने वकालत गर्नेहरुको आवाजलाई सम्मान गर्ने जमात बढि भएको बताइन्छ । बन्दुकमा नियन्त्र गरे पनि अपराधीहरुले लाइसन्स विना नै पनि बन्दुक राख्ने तथा अपराध गर्ने भएकाले बन्दुक नियन्त्रण गर्दा कानून पालन गर्नेहरुको आप्mनो सुरक्षा आफै गर्न पाउने हक हरण हुने उनीहरुको तर्क हुने गरेको छ । ह्वाइटहाउस छेवैंमा अर्थमन्त्रालय, पछाडि सहिदहरुको सम्झनामा बनाइएको अग्लो टावर, पानीका फोहरा, त्यसको अगाडि अर्थमन्त्रालय, सिधै पारिपट्टि कङ्रेस भवनका बीचमा रहेको पार्ककै छेउँमा म्यूजियमले राजधानीको गरिमा धानिरहेका छन् । हामी त्यसको साक्षी बनेर फर्कियौँ, काङ्रेस भवन अगाडि मरम्मत सम्भार चलिरहेको ठाउँमा पानी भरिने र केही पानीका फोहराहरु हुनसक्ने अनुमान गर्यौ ।
अमेरिकाको ग्रामिण जीवनको स्वरुपलाई हेर्ने रहर पुरा गर्न रेलको यात्राबाट अन्य शहर जाने योजना हामीले तारतम्य मिलाउन सकेनौ । तीन दिन लामो रेल यात्राको तारतम्य मिलाउन समयको अपर्याप्तता मुख्य कारण बन्यो । दुई हप्ता बीचमा हामीले पाँच ठाउँ भ्याउने समय सीमा राखेका थियो । त्यसै अनुरुप लस भेगस पुग्दा चारै तिरका नाङ्गा डाँडाले मरुमूमिको झल्को दिँदै एयरपोर्ट बाटै जुवा मेसिनहरुले स्वागत गरेको पाइयो । उजाड ठाउँमा बसाइएको उक्त शहर दिनमा निदाउने र रातमा जाग्ने जस्तो लाग्यो । बेस्यालयका खुला प्रचार त्यहाँको एक मौलिकता रहेछ । रातपरेपछिको झिलिमिलीमा पानीका फोहरा र विजुली बत्तीका झिलिमिलीको सुन्दरताले रौनकता छरेको थियो । भोल्केनो जस्ता प्राकृतिक प्रकृयालाई कृत्रिम तरिकाले प्रस्तुत गरिएको दृष्य र त्यहाँको नाट्यशाला अद्भूत रहेछन् । संसारभरि ख्यातिप्राप्त ‘कँ नाट्यशाला’मा मन्चन भएको प्रस्तुतिले त्यहाँ पुगेको सार्थकता शिद्ध गर्यो । मेरो कल्पना भन्दा भिन्दै स्तरको मन्च रहेछ, जहाँ कहिले मञ्चको भुइँनै ८० डिग्री ठाडो भएर तल अध्यारो खाडलमा प्रस्तोताहरु झर्थे त त्यही मञ्चमा प्रस्तुत नाटकको सुरुवात नै पानी जहाजका रुपमा देखिन पुगेको थियो । आदिम मानव समाजका कविला राजाहरु बीचका यूद्ध र राजनीति शब्द विनानै अभिब्यक्त गर्ने कलाकारहरुले सन्देश दिन शारिरीक भाषा (बाडी ल्याङ्वेज) नै पर्याप्त रहेको पुष्टि गरे । आदिम मानवका पहिरन, श्रृङ्गार र वाँड र तीरका सामाग्रीले सम्बादकालागि कुनै कसर बाँकी राखेनन् ।
अर्को गन्तब्य नुनिलो पानी भएको संसारको सवैभन्दा ठूलो ताल कै कारण नामांकण गरिएको साल्ट लेक सिटी पनि नाङ्गो डाडाले घेरिएको भएपनि उपत्यका भने हरियालीले भरिपूर्ण रहेछ । तामा खानीका कारण बसेको उक्त शहरबाट हामीलाई आतिथ्य गर्ने नेपाली भाइ राजेन्द्र ह्याजुको परिवार सहित हिँउ परिरहँदा पुगेको सिल्भर–लेक सम्मका रङ्गिविरङ्गी रुखको त्यो रौनकता पनि जीवनको पहिलो अनुभव रह्यो । अघिल्लो दिन नाङ्गा भएका उपत्यका वरिपरिका डाडाहरु भोलिपल्टको चिसोमा हिँउले ढाकेर सेताम्य थिए, तर घमाइलो दिन रह्यो । संसार भरि पैmलिएका नेपालीले जहाँ पुगेपनि रौनकता थपेका छन् भन्ने उदारणका रुपमा राजेन्द्र र श्रीमती सिर्जनाका ब्यवसाय प्रमाण स्वरुप ठडिएका रहेछन् । चौध वर्षको वीचमा दम्पतीद्वारा नेपाली भोजनालय, पिज्जा पसल र ब्यूटीपार्लर गरेर नौ वटा ब्यवसाय सञ्चालन भैरहेका रहेछन् तीनमा केही त नेपाली कामदार पनि अटाएका छन् । भुटानबाट लखेटिएका नेपाली भाषी शरणार्थीहरुलाई अमेरिका लगेर त्यही शहरमा बसाउने चाँजो पनि मिलाएको रहेछ । मर्मन संस्कृतिको प्रभाव रहेको उक्त सहरका मानिस नम्र, मिलनसार र सहयोगी तथा शान्तिपृय रहेको अनुभव भयो । शहरको केन्द्रमा रहेको उनीहरुको टेम्पललाई चर्च भनेको सुनिएन । उनीहरुले आफूलाई क्रिस्चियन नै भन्ने तर कतिपय क्रिस्चियनहरुले उनीहरुलाई छुट्टै धर्मका मान्ने गरेको पाइयो । उनीहरुको टेम्पलको टुप्पोमा अरु चर्चको जस्तो क्रसको चिन्ह नभएर त्यहाँ एक महिलाको मुर्ति थियो ।
रेल यात्राबाट अमेरिकाको ग्रामिण जीवन पनि नबुझ्ने इच्छा त पुरा भएन नै, लस भेगसबाट साल्टलेक सिटीसम्म कार भाडामा लिएर जाने सहयात्री छोराको तयारी पनि राजेन्द्रको सल्ला कै कारण हामीले त्यागिदियौ । चीनबाट सिधै न्यूयोर्क पुगेको भाइ र बेलायतबाट म, श्रीमती, छोरी र छोरा मध्ये महिला जति एक हप्तामै बेलायत फर्किए । पुरुष जति एक हप्ताको थप यात्रामा निस्किएका थियौं । उजाड भूमि र स्थानीय सवारी नियम अलमल हुने सम्भावनाका कारण अन्य देशमा सवारी चलाउने अनुभव सुरक्षित नहुने ठहर्याएर दिईएको हल्लाहका कारण कार यात्रा नगरेर हवाइजहाजमा सवा घण्टाको उडानपछि लस भेगसबाट त्यहाँ पुगेका थियौ । अमेरिका भित्रको हाम्रो अन्तिम गन्तब्य हलिउडको महकले परिचित लस एन्जलस पुग्यौ । त्यो शहर त झन् खनीज तेलको भण्डारले धनी, पानी विरलै मात्र पर्ने उजाड ठाउँमा मानव मेहेनतले हरियो बनाएर बसाइएको रहेछ । पानी नपाएर खक्रक्क परेका बुटेन भएको उजाड डाँडामा अङ्गेजी अक्षरमा हलिउडका ठूला अक्षर अड्याएर पर्यटक भित्राउने चाँजो पनि ढङ्ग पुर्याएरै मिलाईएको रहेछ । ती अक्षर सहितका फोटा खिचेर सामाजिक सञ्जालमा पर्यटकले हालेका फोटोले हलिउडको प्रचार पनि हुने गज्जवको जुक्ति गरेको देख्दा हजुरआमाले भन्ने गरेको टुक्क याद आयो “खाने जुक्ति राम्रैसंग गरेछन्, साइध्वाहरुले” ।
दिनभरि घुमाइदिने टुरिस्ट प्याकेज अन्तर्गतका स्थानीय खैरो वर्णका मोटाएर डल्ले फर्सिजस्तो भएका ती मिनीबसका ड्रइभरले दिनभरि नै विवरण उल्लेख गर्दै घुमाए । दिनभरि बोलेर उनी नथाकेको देख्दा उनी त्यो ब्यवसायमा बानी परेर त्यसरि बोल्न सकेका होलान कि टेपरेकर्डरले विवरण सुनाएको हो भनेर घोत्लिने अवस्था समेत बन्यो । मानौ उनलाई त्यो शहरको सवै कुरा थाहा छ । उनका कुनै पनि कुरा अविस्वास गर्न पर्ने कारण पनि थिएन हामीसंग । फलानो टिभी सिरियलमा देखाइएको घर भनेर पुराना थोत्रिएका घरदेखि फलानो कलाकारको घर भनेर छानासमेत भत्किएका घर पनि हामीजस्ता टुरिस्टलाई आकर्षणका लागि राखिएको सहजै अनुमान गर्न सकिन्थ्यो । यूनिभर्सल स्टुडियो भने उक्त प्याकेजमा समेटिएको रहेनछ । भाइलाई निकै चासो रहेको त्यहाँ आखिर साझँ परेपछि पुग्यौ । त्यहाँ भित्र छिरेपछि एक दिनभरि नै त्यहाँ विताउने तादम्य मिलाउन सके त्यहाँको महत्व हुने भएर नै एकदिने टुरिस्ट प्याकेजमा नसमेटिएको त हामी आफैले बुझिहाल्यौ । ती डल्ले फर्सिजस्ता फरासिला दिनभरि बोलेर नथाक्ने गाइड भनु वा ड्रइभरले दिएको विवरण अनुसार मुख्य शहरको हरेक गल्लीमा रोपेर हुर्काइएका फरक खालका रुखहरु संसारका छुट्टाछुट्टै देशबाट ल्याइएका प्रजातिहरु रहेछन् । पानीका पाइप जडान गरेर सिचाइ गरिएका विरुवा र दुबोबाहेक अरु सवै सुकेको त्यस्तो मरुभूमिमा पनि अर्को स्टेटबाट ल्याइएको पानीबाट सिचेर हरियाली बनाइएको रहेछ । उनले घुमाउँदै देखाउँदै गरेको धनाढ्य कलाकारहरुको बासस्थानप्रति भने मेरो त्यत्ति रुचि जागेन र पनि जानकारी प्राप्तिको सन्तुष्टि अनुभव भयो ।
अमेरिकामै बस्ने भतीजी नमुना, ज्वाइ गणेशले नेपाली रेस्टुरेन्टको दालभात तथा बाजेको सेकुवाको स्वाद चखाउँदै न्यूयोर्क सिटीका साथै उड्बरी सपिङ्गसेन्टर समेत घुमाइदिनु भयो । बैनी मीनाले काम गर्ने भुर्तेल ल फर्म तथा संगीता बैनीसंग सम्पर्क गराइदिने बुटवलकै अमृत श्रेष्ठले वासिङ्गटन डिसी पनि घुमाइदिएर गुन लगाउनु भएको छ ।
बेलायतमा प्रयोग हुने शब्द ‘ट्वाइलेट’ भन्दा स्थानीय ब्यक्तिले नबुझ्ने र त्यसकालागि ‘रेस्टरुम’ भन्दारहेछन्, ‘क्यासमेसिन’ भनेर नबुझ्नेहेछन् ‘एटियम’ भन्नपर्दोरहेछ । यस्ता एउटै अर्थ जनाउने बेलायतमा प्रचलित अङ्ग्रेजी शब्दहरुका ठाउँमा फरक शब्दहरु निकै धेरै प्रचलनमा रहेछन् । मानिसहरु फरासिला र सहयोगी महसुस भयो । अमेरिका ठूलो छ भन्ने जानकारी थियो तर पुग्दा एकदमै ठूलो जस्तो लाग्यो । स्थानीयबासीहरु सार्वजनिक यातायातका साधनभन्दा निजी साधनमा अभ्यस्त रहेछन् । बेलायतमा जो कोहीलाई ‘डार्लिङ’ शब्दले सम्बोधन गर्ने प्रचलन छ भने साल्टलेक सिटीमा एक केटाले सामान्य परिचयका भरमा कुनै केटीलाई ‘डार्लिङ’ भनेर शम्बोधन गरे नराम्रो मान्ने र उस्तै परे गाली नै खाने सम्भावना हुँदोरहेछ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.