Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
बालमिकि आश्रमः तथ्य कि विश्वास मात्र !!
बालमिकि आश्रमः तथ्य कि विश्वास मात्र !!

–गोविन्द बेल्वासे

बालमिकि आश्रम विषयको जिज्ञासा मेरो बाल्य अवस्थादेखि नै भित्र मनमा गडेर बसेको थियो । तर, जीवनको ओरालो समय सुरु भएपछि बल्ल त्यहाँ पुग्ने समय जुर्यो । घर परिवार एवं समाज जताततै रामायणका पात्रहरुमा बीरताका साथै जनसेवक पात्रका रुपमा राम र असल नारी चरित्रका रुपमा सीताको चारित्रिक ब्याख्या ब्याप्त थियो । धेरै हदसम्म अझै छ । धार्मिक आडमा भानुभक्तद्वारा ब्याख्या गरिएका राम र सीताका चरित्रलाई हाम्रो समाजमा मोक्षको मार्ग भेटिने अर्थमा बुझिएको थियो, धेरै हदसम्म त्यो बुझाइ अझै कायमै छ । विकासवादी (डार्विन) सिद्धान्त बुझ्दै र विस्वास गर्दै गरेको पुस्तामा त्यो बुझाइ घट्दै गएको छ ।

रामायणको मुख्य रचयिता (ब्याख्याता) बालमिकि ऋषि नै हुन । सीताको जीवनका पछिल्ला दिनहरु तथा उनका दुई छोरा लव–कुश पनि बालमिकि ऋषिकै आश्रममा हुर्केका र शिक्षा प्राप्त गरेको उल्लेख भएका कारण बालमिकि आश्रम प्रति मेरो जिज्ञासा बढि रहेको हो । रामायणको दोस्रो संस्करणका रुपमा कालिदासले पनि संस्कृत मै लेखेका थिए । तुलसिदासको रामायण उत्तर भारतमा प्रचलित अवधि भाषामा प्रकासित भयो । संस्कृत नबुझ्नेहरुका लागि पनि पढ्न सहज भयो । बालमिकिले रामायण संस्कृत भाषामा लेखेका थिए । नेपालमा पछि भानुभक्तले नेपाली भाषामा रामायणको अर्को संस्करण प्रकासित गरेपछि नेपाली समाजमा त्यसको महत्व बढ्यो । भानुभक्तका पालासम्ममा छापिएका पुस्तकहरु उपलब्ध भएकाले पनि छोटो समय मै त्यसले समाजमा गहिरो छाप पार्यो ।

भानुभक्त रामायण घर–घरमा पढ्ने चलन भएकोले पनि मेरी जेठी माइजु र भान्जा विष्णुले घोकेका स्लोक बचपनमै सुनेपछि रामायणका पत्रहरुका विषयमा जिज्ञासा जागेको थियो । माइजुले सीताको चरित्रमा जोड गरेर रामायणका प्रसंग सुनाउनु हुन्थ्यो । भान्जा विष्णुले कण्ठस्त गरेका स्लोकबाट राम, भरत, सत्रुघनहरुका तीन सौतेनी आमाहरुबीचका कुटिल चाल र तिगडमका विषयमा मेरो मस्तिष्कमा बालक अवस्थामै अध्यात्मिक लेपमा लपेटिएको ज्ञान भरिएको थियो ।

आखिर फागुन २८, २०७५ का दिन बालमिकि आश्रम पुग्दा मेरो अध्यात्मिक लेप पखालिइसकेको थियो । आश्रमलाई ऐतिहासिक तथ्य केलाउने भावना बोकेर म त्यहाँ पुगेको थिएं । हामी २९ जनाको समुहमा आमाको चौरासी पुजाको पूmलपाती सेलाउन त्रिवेणी (चितवन) पुगेकै समयमा बालमिकि आश्रम भ्रमण जुर्यो । उक्त आश्रम त्रिवेणीबाट नजिकै छ भन्ने मलाई थाहा थियो । चौरासी पुजा नसकिंदासम्म पनि त्यहाँ पुगिन्छ भन्ने निधो थिएन तर फुलपाती सेलाउन त्रिवेणी पुग्ने तारतम्य मिलाउना साथ मेरो मस्तिस्कमा बालमिकि आश्रम पुग्ने विचारले ठाउँ पायो ।

बुटवलबाट हिंडेको बस त्रिवेणी बजारमा पुग्नु अघि केही बेर नहरको छेउको बाटोमा गुड्यो । हामी नेपालकै भूमिमा गुड्दै थियौं तर नहरको पानी सिधा भारत पस्दै थियो । त्यो नहरको पानीलाई नेपालका खेतबारी सिचाइ गर्ने अनुमति छैन । किसानहरु नहरमा बगेको पानी हेर्ने र खडेरीले सुक्न थालेका बालिको त्रिसनामा छट्पटाउने बानी परेको रहेछ । त्यही भएर त गण्डक नहर बदनाम भएको छ ।

त्रिवेणी बजार पुग्नु अघि गण्डक बाँध देखियो । नारायणी नदीलाई छेकेर पानी भारत लैजाने नहरमा पानी पठाउन बाँधका फाटक बन्द भएकाले आँखाले देख्ने जति दुरीसम्म पनी भरिएको रहेछ । बजार भन्दा थोरै तल नदीको तटमा मानव शबहरु दाउरा बालेर पोलिंदै थियो । त्यसको गन्ध बजारसम्मै महसुस हुन्थ्यो । नदीका तटमा मरेको गोरुको शब ढाडिएको थियो । सायद पाहाड तिरबाट नदीले बगाएर ल्याएको होला भन्ने अनुमान गरें ।

हाम्रो फूलपाती सेलाउने भनेर तोकिएको गन्तब्य आइपुग्यो भनेर बसबाट ओर्लिएर नदी तटमा पुग्यौ । हाम्रो समुहमा धेरै मनहरु आध्यात्मिक भावमा फूलपाती सेलाउन त्यहाँ पुगेका थियौं । इटाले सिढी बनाएर तट बनाइएको रहेछ । नदीकै छेउँमा फूलपाती सेलाउन रोक लगाइएको रहेछ र त्यहाँका काठका डुंगाहरुको ब्यवसाय पनि चल्ने हुनाले पनि होला डुंगामा नदीको बीचतिर लगेर पुजा गरेर बचेका फूल प्रसादहरु नदीमा बगाउन दिइँदोरहेछ । बातावरणीय हिसावले सोचेर त्यसो गरिएको होला भनेर चित्त बुझाउन मन लाग्यो । नदीको बीचमा पुगेर फूलपाती सेलाएर फर्किनेलाई डुंगाले पाँच सय रुपैँया लिंदा रहेछन् । नदी पारी गएर आउनेलाई एक हजार एकसय रुपैँया भाडा तोकिएको रहेछ ।

नदी तटमा पुग्नासाथ अध्यात्मिक मनले भरिएका महिलाहरु धर्म हुन्छ भन्ने भावमा पानीमा डुबुल्की मार्नु भयो । डुबुल्की मार्नेमा चौरासीको पुजा गर्नु भएकी मेरी आमा, दिदीहरु समेत हुनुहुन्थ्यो । हाम्रो त्यो समुहमा सहभागी बेलयातमा यूनिभर्सिटी पढ्दै गरेकी पोल्याण्डकी केटी पनि थिइन । उनले पनि समुहसंगै अरुले नुहाएपछि भिजेको पेटिकोट मागेर उस्तै गरेर पानीमा डुबुल्की मारेर नेपाली संस्कृति हेर्ने मात्र होइन अनुभव पनि गर्ने मौका लिइहालिन । उनले भने अध्यात्मिक भावमा डुबुल्की मारेकी थिइनन् ।

त्यहाँबाट उत्तर पट्टि र नदी पारी पुर्वपट्टि चुरे पहाडका हरियाली डाँडाहरु देखिंदै थिए । तक्षीणतिर देखिएको गण्डक ब्यारेज नै भारत नेपालबीचको सिमाना हो । पुर्वपट्टिबाट पनि एउटा अर्को नदी नारायणी नदीमा मिसिंदो रहेछ । तीनवटा नदीको मिलन हुने ठाउँ भएको हुनाले नै त्यस ठाउँलाई त्रिवेणी भन्ने गरिएको हो । त्यहाँ अरुले धार्मिक स्नान गर्दै गर्दा म भने बालमिकी आश्रम पुग्ने चाँजो मिलाउँदै थिए । डुँगाको समिति रहेछ । उनीहरुलाई डुंगाको भाडा भुक्तान गरेपछि लाइफ जाकेट दिएर नदीको पारि पुर्याउँदा रहेछन् । पारिपुगेपछि करिब ४५ मिनेट हिंडेपछि बालमिकि आश्रम पुगिंदोरहेछ । डुंगाबाट पारि गएर हिडेर त्यहाँ पुग्न बाहेक मोटरमै भरतगएर घुमेर पनि आश्रमसम्म पुग्ने उपाय त रहेछ । तर, हाम्रो समुहमा भएकी विदेशीको भिसाको समस्या हुने भएकोले पनि हामी हिडेरै आश्रम पुग्ने भयौ । दुई वटा डुंगामा १९ जना नदी पारि पुग्यो । आश्रम पुगेर फर्किर आएपछि फोन गरेमा हामीलाइ नदी तराउन डुंगा फेरि आइपुग्ने भन्दै हामीलाई फोन नम्बर दिइयो ।

समुहमा कसैको गति अलि छिटो थियो, कसैको अलि ढिलो, कसैका जुताका तला फुत्किए, कसैलाई आश्रमसम्म पुग्नै हम्मे हम्मे भयो । सवै भन्दा अगाडि पुग्नेमा म र ८ वर्षको भतिजो स्वरुप थियौं । सानो छंदा कपिलबस्तुको बोक्टापुर गाउँबाट बुढ्ढी गाउँमा आउँदाको जङ्गलको बाटोमा हिडेको जस्तै अनुभूति साथ डुंगाबाट झरेपछि आश्रम भनिएको ठाउँमा पुग्दा करिब ३५ मिनेट लाग्यो । उल्टो गरी ढलेर लम्पसार परेका रुख, सुख्खा खोल्साहरु तर्ने बेलामा झर्ने र चढ्ने खुट्किलाहरु । कतै भर्लाका ठूला लहराले गेट बनेका त कतै बनेलले खोस्रेका डोबहरु थिए । एउटा रुखमा झुण्डाइएको खुइलेको बोर्डमा आश्रम पुग्न १५ मिनेट लेखेको देखेपछि त्यो सुनसान बाटो हामीले विराएका छैनौ भन्ने ढुक्क भयो । हुन पनि मान्छे हिड्दा हिड्दा अलि चिल्लो परेको गोरेटो एउटा मात्र देखिएको थियो । बाटो विरिएको चिन्ता त लागेको पनि थिएन, चराचुरुङ्गीका आवाजले संगित भरिरहेका थिए ।

आश्रम पुग्दा पहिला काठको एउटा लामो ठाटी देखियो । पहिले त्यो पुलिस बस्ने चौकी रहेछ । तर, अहिले त्यसमा बस्न छाडेका रहेछन् । छुट्टै भवन बनेको रहेछ । सेनाको टुकुडी पनि रहेछ त्यहाँ । साना पसलहरु ठेला र टंकीमा राखिएका रहेछन् । सिता भासिएको भनेर गहिरो खाल्टो जस्तो परेको ठाउँमा आधुनिक इटासिमेन्टको परतले सिंगारिएको रहेछ । ऐतिहासिकता झल्कने कुनै भाव थिएन । बरु, सुन्दर रुप भन्दा पनि ब्यूटिपार्लरको कमाल प्रदर्शन गर्ने मोडेलहरुको अनुहार जस्तो कृत्रिमता झल्किएको रहेछ । तै पनि फोटो खिच्न भने प्रतिबन्ध रहेछ ।



सवैभन्दा बढि ऐतिहासिकता झल्कने एउटा इनार रहेछ । त्यसलाई पनि बि.स. २०६३ मा जिर्णोद्वार गरिएको भनेर सिमेन्ट पोतेर लखिएको देखियो । पुरातत्व विभागले लव–कुशले घोडा बाधेको खम्बा भनेर लेखेर राखिएको कलाल्मक ढुङ्गाको खम्बा भेटियो । बैज्ञानिक रुपले पुष्टि गरेर कति पुरानो भन्ने तथ्यको जानकारी समेत त्यहा भेट्न सकिएन । अध्यात्मको भावमा टिका चढाउन र धर्म बटुल्न जानेहरुकालागि त त्यो अवस्था सन्तोषप्रद नै हुन पनि सक्ला तर, ऐतिहासिकताको पुष्टि कति हदसम्म भएको हो र यथार्थ नजिक पुग्ने सूचनाको अभाव भने मेरो मनमा अहिलेसम्म पनि खट्किरहेको छ । गुगल गरेर खोज्ने प्रयास गर्दा भारतको पन्जाबमा पनि बालमिकि आश्रम भएको जानकारी भेटे (http://punjab.gov.in/key-initiative?view=show&pp_id=3890_ -https://en.wikipedia.org/wiki/Bhagwan_Valmiki_Tirath_Sthal) (http://uttarpradesh.gov.in/en/details/valmiki-ashram/320039003300) । भारतको विहार को विठोरमा पनि बालमिकी आश्रम भएको विवरण उत्तर प्रदेशको सरकारी वेवसाइटमा भेटिंदोरहेछ । ( जततउस्ररगततबचउचबमभकज।नयख।ष्लरभलरमभतबष्किरखबmिष्पष्(बकजचबmरघद्दण्ण्घढण्ण्घघण्ण् ) । वास्तवमा हामी पुगेको ठाउँ नै रामायणमा उल्लेख गरिएको बालमिकि आश्रम हो भन्ने पुष्टि गर्ने आधार खोज्ने क्रम जारी रह्यो । हुन त बालमिकि को जिवनमा केही समय पन्जावमा केही समय विहारमा त केही समय हामी पुगेको ठाउँमा आश्रम बनाएर बसेको हुन सक्ने अनुमान गर्न नसकिने त होइन तर त्यसको पनि पुष्टि हुने आधार केही भेटिएन । हामीले कल्पना गर्ने गरेको राम राज्यको समयमा अहिले जस्तो सिमेन्टको प्रयोग भएको विश्वास त कमसे कम गर्न सकिंदैन त्यसैले हवन द्वार भनेर देखिने खम्बा हेर्दा प्राचिन ढुंगा कुँदेर खडा गरिएको भन्दा पनि धातु प्रयोग गरेर कुदेको जस्तो भान हुनुले पनि कति ऐतेहासिक होला भन्ने तथ्य बुझ्न कठिन लाग्यो ।
पानीका घैंटा राखेका खोपदेखिने ढुङ्गा देख्दा बालक कालमा मैले अफू हुर्किएको थारु गाउँको कुवाका डिलमा इटा घोटिएर घैटो बस्ने डोब त्यस्तै हुने गरेको याद आयो । नजिकको इनार र ती घैटाले घोटिएर बनेका हुन सकने खाल्टो परेका ढुङ्गाले केही पुरानो पनको झल्को त दिन्छन् । तर, कार्बन डेटिङ आदि विधि अपनाएर त्यहाँको तथ्यलाई पुष्टि गरेको खण्डमा त्यहाँ पुग्ने म जस्ता यात्रुलाई पुरातत्व विभागले गुन लगाएको ठहरिने छ ।

एक ठाउँमा दुई रुखलाई चौपारी चिनेर लव–कुशले शिक्षा लिएको स्थल भनेर लेखिएको छ । तर, त्यसलाई मात्र हेर्ने हो भने त विस्वस गर्नु भन्दा पनि भ्रम सिर्जना हुने देखिन्छ । दुईटा ढुङ्ग उभ्याएर अबिर दलेर ऐतिहासिक स्थल भनेर भन्दैमा अहिलेको पुस्ताले विस्वास गर्ने आधार देखिंदैन । अध्यात्मको जलप लगाएर जे भन्यो त्यो पत्याउने पुस्ता हराउँदै जाने र विज्ञानबाट पुष्टि भएका तथ्य खोज्ने पुस्ता अव बालमिकि आश्रम खोज्दै त्यहाँ पुग्ने हुँदा पुरातत्व विभागले आवस्यक तथ्य जुटाएर सूचना दिन जरुरी देखिन्छ ।


पुर्विय दर्शनमा बालमिकि ऋषिको स्थानलाई मैले अल्पखंख्यक पक्षधरका रुपमा बुझ्ने गरेको छु । उनी तल्लो जातमा जन्मिएका र ज्ञान हासिल गर्नुभनदा पहिला रत्नाकर डाकु थिए भन्ने पनि भनाइ पाइन्छ । उनले अपहेलित र तिरस्कृत गरिएकी सीतालाई आश्रय दिएको र एकल नारीका दुई पत्र लव र कुशलाई शिक्षा दिने जस पनि पाउने गरेका छन् । समाजमा ब्याप्त अल्पसंख्यकको उत्पिडनलाई रामायणको माध्यमबाट उजागर गरेको श्रेय पनि बालमिकिलाई दिनु न्यायसंगत नै हुन्छ ।
































Comment

गोविन्दजी, लेख अति मन पर्यो ।
लेखमा आम जनमानसले चासो, कल्पना र यथार्थता बीचको खाडल धार्मिक कथालाई कसरी ऐतिहासिकता दिन खोजिन्छ र विना प्रमाण कसरी ती कल्पनाहरुलाई शिद्ध गर्न खोजिन्छ जुन सामान्य ज्ञान राख्ने कुनै ब्यक्तिको लागि समेत चित्त बुझाउने ठाउँ हुन्न भन्ने पक्ष उजागर गरिदिनु भएको छ । धार्मिक कथाहरुमा कहिपनि एकरुपता नआउने कुनैपनि चाहे वाइबल होस या कुरानमा पनि छन भन्ने पुष्टि बाल्मिकिका धेरै छरिएका भौगोलिक रुपमा टाढा भएका यहासम्म कि इन्डोनेसियासम्म आश्रम भेट्टाइन्छ । नेपाल र भारतमा मात्रै अनगिन्ति छन् भन्ने कुरा दर्शाउनु भएको छ । नयाँ पुस्ताले त्यही धार्मिक कथाको आधारमा आफूलाई धर्मप्रति आदर गर्ने विवरण कुनै प्रकारले पनि पाउँदैनन् । जव विना प्रमाण कसैेले कुनै दावी गरे त्यसको खासै आधार हुन्न । सरसर्ति पढ्दा यात्रा संस्मरण जस्तो लागे पनि थोरै शब्दमा धेरै प्रसंग मिलाउनु ठूलो लेखकीय क्षमता ठहर्छ । भाषिक दृष्टिकोणबाट कुनै पनि विदेशी शब्द प्रयोग नगरी स्वतस्फूर्त रुपमा सलसली बगेको छ ।
डा. हरि तिमिल्सिना
 
Name: भोगीराज चाम्लिङ  Kantipur Daily
Comment: रामायण : कति प्राचीन ?
भोगीराज चाम्लिङ

Date: 5/23/2020 12:00:00 AM
 

     
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.