Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
अपरिचित
अपरिचित

–गोविन्द बेल्वासे

आखिर यस पटक भने मनमा कताकता डर हुँदाहुँदै पनि मैले उनलाई
‘हुन्छ भेटौँ न त’
भनेर अनामनगरको क्याफेमा बोलाएं । कताकता मैले गल्ती पो गर्दैछु कि भन्ने मनमा डर हुँदाहुँदै पनि मलाई कताकता कौतुहलता पनि लागिरह्यो । कहिल्यै देखेको छैन । आखिर फेसबुकको पहिचान त हो ! फेसबुकमा त जत्ति पनि छक्याउने चान्स त भै हाल्छ नि ! प्रोफाइल पिक्चर जस्को हालेर आप्mनो भनेर हाले पनि भै हाल्यो । फेसबुकले आइडी–परिचयपत्र मागेर, ब्यक्तिको पहिचान गरेर र चिनेर मात्र अकाउण्ट खोल्ने होइन क्यारे !
तर, उनले गरेको ढिपी र मेरापछि मरिमरि लागेकोमा षणयन्त्रको गन्ध एकातिर आइरहँदा अर्कोतिर फोनमा कुरा गर्दा उनको स्वरमा भेटिएको स्वच्छन्दताले भने कताकता मलाई कौतुहलता लाग्न थालेको हो । म यथार्थमा डर र कौतुहलताको बीचको भूमरीमा फसें ता पनि केही नयाँ कुरा र नयाँ अनुभव बटुल्ने लालसाले गर्दा मैले उनलाई भेट्ने निधो गरेपछि त्यो क्याफेमा भेट्न बोलाएको हुँ । उनलाई बोलाउनु अघि डर र कौतुहलताको भूमरीमा फसेको र बिलखबन्धनको अवस्था पार लगाउन नसक्दानसक्दै कता कता एउटा सहित्यिक कथा लेख्ने विषय पो भेटिन्छ कि भन्ने लालसा जागेपछि उनलाई भेट्ने निधो गरेको हुँ ।
उनले मलाई फोनमा र फेसबुक–च्याटमा उनको बारेमा जुन कुरा बताएकी थिइन त्यस आधारमा भन्ने हो भने उनले मप्रति चासो नदेखाउनु पर्ने हो । मैले मेरो विषयमा उनलाई जे बताएँ त्यत्ति जानकारी पछि उनले मलाई भेट गर्ने इच्छा गर्दिनन् भन्ने थियो । तर उनले मलाई बताएको जुन साथीमात्र बन्ने उद्देश्य थियो त्यसरि विचार गर्नेहो भने उनी मबाट आफै टाढा भाग्नु पर्ने हो ।
तर, उनी त मेरोपछि यति लागिन कि एकातिर मलाई उनीबाट डर लाग्न थाल्यो । तर, त्यो उनको कलिलो उमेर झल्कने डर मिसिएको कताकता निर्दोषिता अनुभव हुने स्वरले मलाई उनीबाट सधै भागिरहने अवस्थामा परास्त गर्यो । मेरो मन उनी प्रति कौतुहल हुन पुग्यो । फेसबुकमा एक पटक ब्लक गरेर पनि मैले फेरि ब्लक खोलेर उनीसंग सम्पर्क राखिराखें । उनीसंग अनावस्यक सम्पर्क बनाइराख्दा केही फाइदा पनि नदेखिने र बेकारमा समय खेर जानेजस्तो लागेर एक पटक फेसबुक र फोनमा जताततै उनलाई मैले ब्लक गरे ।
त्यसपछि आप्mनो पुस्तक विमोचनको तयारीमा म ब्यस्त भएको पनि हो । तर, मेरो पुस्तकको विमोचन कार्यक्रम सकिएको भोलिपल्ट अर्कै नम्बरबाट आएको फोनमा उनले गरेको निर्दोष अनुभवहुने स्वर र भावबाट मैले फेरि उनलाई फेसबुक र मोबाइल फोन दुवैमा रहेको ब्लक हटाएर सम्पर्कलाई खुला पारिदिएँ । मसंग फेसबुकमा पनि समपर्क गर्न नसकेको र मोबाइलमा पनि सम्पर्क गर्न नसके पछि उनले आप्mनो साथीको फोनबाट मलाई फोन गरेकी रहिछन् । उनको स्वर सुन्दा पुरै अवलापन सुनिन्थ्यो । उनी मसँग सम्पर्क टुटेर छट्पटिएको भावना महसुस हुन पुग्यो । त्यसैले मैले फेसबुक र मोबाइलबाट ब्लक हटाएर उनले मसंग सम्पर्क गर्न नसक्ने गरी बन्द गरिसकेको बाटो पुनः खोलिदिए ।
उनले आप्mनो अर्कै साथीको फोनबाट फोन गर्दा म साथीहरुसंग बैचारिक छलफल गर्दै थिएं । मेरो मोबाइल फोनमा अपरिचित नम्बरबाट आएको फोन साथीहरुसंगको कुराकानीकै बीचमा
‘एक छिन है’
भनेर साथीहरुसंग अनुरोध गरेर फोन उठाउँदा उताबाट उनको स्वर सुनेपछि हुन्छ म आधिघण्टामा कलब्याक गर्छु म अहिले मिटिङमा छु भनेर फोन राखें ।
एक मनले त्यो नयाँ नम्बर पनि ब्लक गरेर झण्झटबाट भाग्ने निधो पनि गरेको हुँ । साथीहरुसँग छुट्टिएपछि त्यो नयाँ नम्बरबाट आएको फोनमा सुनिएको उनको आवाज कति आशा लिएको, मेरो स्वर सुन्न छट्पटिएको कताकता निर्दोषिता झल्कने त्यो स्वरले मेरो मन पगालेछ क्यारे ! मैले मोबाइलमा ब्लक गरेको उनको नम्बरबाट ब्लक हटाएर उनलाई कलब्याक गरें । फोनमा कुरा भैसकेपछि उनलाई फेसबुकको ब्लक पनि हटाएर सम्पर्क खुला गरिदिएं ।
वास्तवमा मैले उनीसंग सम्पर्क टुटाउनकै लागि उनलाई फेसबुक र फोन जताततै ब्लक गरेको थिएं । मैले त्यसरि ब्लक गरिसकेपछि फेरि जोडै गरेर उनले मलाई त्यसरी सम्पर्क गर्लिन भन्ने त मलाई रत्तिभरि पनि आशा थिएन । मेलै उनलाई त्यसरि ब्लक गरिसकेपछि म जस्तो ब्यक्तिसंग सम्पर्क गर्न पर्ने कारणै नभएको मान्छेसंग सम्पर्क गर्न पर्ने कारण नै देखेको थिइन ।
मेरो बानी के छ भने, आप्mनो पुरानो घनिष्ठता जोडिएको वा नातागोता भन्दा बाहिरका कसैलाई पनि मैले फ्रेण्ड रिक्वेस्ट नै पठाउँदिन । तर, कुनै नेपाली हो भन्ने विश्वास लाग्ने गरी फेसबुकमा आएको फ्रेण्ड रिक्वेस्ट भने तुरन्तै स्वीकार गर्छु । एक दुई जना भारत तिरका ब्यक्तिको फ्रेण्ड रिक्वेस्ट भने उनीहरुको प्रोफाइल हेरेर सन्तोषप्रद लागेका अवस्थामा स्वीकार गरेको छु । साच्चै भन्ने हो भने मेरो फेसबुक फ्रेण्ड हुनेमा एकदुई अपवादमा परेका बाहेक सवै नेपाली छन् । नेपाली बाहेक कोही पनि छैनन् ।
यस्तै सिल्सिलामा म तीन हप्ताको लागि बेलायतबाट नेपाल आएको समयमा एक्कासी फोसबुक म्यासेन्जरमा एउटा पहिले कहिल्यै सम्पर्क नभएको तर फेसबुकमा पहिल्यैदेखि नै साथी भैराखेको नामबाट अङ्ग्रे्जी अक्षरमा
‘हाइ’
भनेर आयो । मेरा कतिपय विजनेश ग्राहक तथा कस्टोमरले बेलाबखत फेसबुकमा पनि कामको सिल्सिलामा पनि सम्पर्क गर्ने हुनाले अरु समयमा जस्तै ग्राहक नै हुनसक्ने सम्भावना जस्तो लागेरं
‘हेल्लो’
भनेर अङ्ग्रेजीमा लेखेर उत्तर दिएँ । त्यस दिन त मैले उताबाट उत्तर खासै पाइन । कतिपय ग्राहकले त्यसरी सम्पर्क गर्न प्रयास गरेर पछि
‘काममा भएकोले उत्तर दिन पाइन’
भनेर फेरि समय मिलाएर सर्भिसको लागि सम्पर्क गर्ने हुनाले मैले त्यत्तिबेलासम्म सहज रुपमै लिए । त्यसरि सम्पर्क गर्न खोज्नेको नाम हेरेको थिएं । सिल्पा लिम्बु भनेर लेखेको थियो । त्यस भन्दा बढि त्यत्तिबेलासम्म हेर्दा पनि हेरिन चासो पनि त्यत्ति लागेको थिएन । केवल ग्राहकै होला जस्तो लागेको थियो । तर, भोलिपल्ट म अनलाइन भएकै समयमा उत्तर आयो । फेसबुक म्यासेन्जरमा लेखेरै भएको कुराकानीबाट उनी मेरो ग्राहक होइनन् भन्ने प्रश्ट भयो ।
मैले सोच्दै नसोचेको अचम्म के भयो भने उनले त आप्mनो मोबाइल नम्बर दिएर
'फोनमा म्यासेज लेख्नुस न'
भनिन् । त्यसपछि मलाई अलि शङ्का लागेर उनको प्रोफाइल कोटयाउने प्रयात्न गरें । यसभन्दा अगाडि यो फेसबुक चलाउन थालेको नौ बर्षको बीचमा सम्पर्क बढाउन नखोज्दा पनि कारण बिना नै सम्पर्क गर्ने त मैले भेटेको पनि थिइन । मैले मेरो विवाह भएको र छोराछोरी ठूलै भैसकेको विषय मेरो फेसबुक प्रोफाइलमा खुलस्त राखेकोले पनि कुनै किशोरीले मसंग त्यसरी सम्पर्क बढाउन पर्ने कारण पनि मैले सम्भावना नै देखेको थिइन ।
उनको प्रोफाइल हेर्न मलाई करै लाग्यो र हेरे । उनको फेसबुक प्रोफाइलबाट उनको बारेमा खासै केही भेटाउन सकिन । प्रोफाइल बनाएको पिक्चरमा मोडलिङ गर्न रहर गरे जस्तो गरेर खिचेको एक धेरै नै राम्री मन्न पनि नमिल्ने, नराम्री भन्न पनि नमिल्ने, ठिक्ककै किशोरीको फोटो रहेछ । ठेगाना र करेन्ट एड्रेस भनेर काठमाण्डौ लेखिएको रहेछ । त्यो वाहेक कहाँ पढेको, जन्म मिति के हो भन्ने र कुनै फोटो पनि फोसबुकमा अपलोड गरेको रहेनछ । त्यत्ति देखेपछि मैले उनलाई शङ्का को घेरामा राखें । तर, तुरुन्तै उनलाई ब्लक गर्न भन्दा पनि कुरो के रहेछ त भनेर अलिअलि बुभ्mन मन लाग्यो । त्यसैले उनले दिएको फोनमा म्यासेज लेखेर पठाएँ ।
‘मसंग किन सम्पर्क गर्न खोजेको’
भनेर मेरो मोबाइलबाट म्यासेज गरें । आखिर मेरो नेपाल बस्दासम्मको लागिमात्र भएको अस्थायी नम्बरको सिमकार्ड हालेकोले पनि त्यत्ति डर नमानी मोबाइलबाट म्यासेज गरें । हतार हतार सम्पर्क बढाउन मोबाइल नम्बर दिएको देख्दा पक्कै यौन ब्यापारको खेलमा नेपालमा पनि फेसबुक ब्यापार बढेछ कि भन्ने सवै भन्दा बढि सम्भावना जस्तो लाग्यो ।
मेरो फेसबुकमा मैले मेरो परिवारिक अवस्था खुलस्त झल्कने गरी राखेको र फेसबुकबाटै म एक्लै केही दिनको लागि भ्रमण गर्न नेपाल आएको अवस्था पारेर मलाई ग्राहक सम्झेर यौन ब्यापारको लागि समपर्क अगाडि बढाउनको लागि प्रयास भएको रुपमा म करिब पक्कापक्की जस्तै भएं ।
मैले उनको मोबाइलमा ‘किन सम्पर्क गर्न खोजेको <
भनेर सोधे पछि फोनमा कुरा गर्ने इच्छा जाहेर गरिन उनले । त्यस पछि मैले त्यो नम्बरमा फोन गरेको अरुले सुन्छन कि जसरि मसिनो स्वरमा किशोरी उमेरको स्वरमा कुरा गर्न थालिन ।
फेसबुकमा काठमाण्डौ ठेगाना र करेन्ट स्टेटसमा पनि काठ्माण्डौ देखाए पनि उनले आफु ताप्लेजुङको भएको र स्नातक द्रोस्रो बर्षमा बढ्ने विद्यार्थी भएको बताइन ।
उनको प्रश्नको उत्तर दिँदै म बुटवलमा भएको बताएं ।
बेलायत बस्ने र नेपालमा केही समयका लागि मात्र आएको भन्ने चाही केही बताइन । उनको कुराकानीबाट म बेलायत बस्ने र केही समय नेपाल आएको भन्ने थाहा रहेछ कि रहेनछ भन्ने बुभ्mने प्रयास गरें ।
यथार्थ बुभ्mन चलाखीका हिसाबले नै प्रयास गरें । तर, उनलाई म बेलायत बस्ने भन्ने थाहा नभएको भन्नेमा म विश्वस्त भएं ।
तर, थाहा भएरै पनि उनले म बेलायत बस्ने विषयमा थाहा नभएको भन्ने पार्ने प्रयाश गर्ने सम्भावना नरहेको प्रमाणित हुने कुनै आधार भने भेट्न सकिन ।
सम्पर्क गर्ने कारण सोध्दा साथित्व खोजेको मात्र बताइन् । आफु बिजी भएकोले धेरै कुरा गर्न नभ्याएको जनाउँदै छोटो कुरा मै फोन राखें ।
मलाई काम विशेषले जिल्ला सदरमुकाम गएर घरघडेरीको कागज मिलाउनु पर्ने भएको हुनाले भोलि पल्ट म दिनभरि बाहिर थिएं । सदरमुकामबाट फर्कँदै गर्दा टेक्सीमै फोनको घण्टी बज्यो ।
उनकै फोन रहेछ । मैले अफिसमा छु भनेपछि अलि आग्रहको भावमा
‘फुरसद भएपछि फोन गर्नुस’
भन्दै अनुरोध गरिन ।
मैले पनि हुन्छ भन्ने उत्तर दिएं ।
तर, उनको सम्पर्क गर्ने आग्रह गर्दाको स्वरमा त्यस्तो छक्कापञ्जा भएजस्तो भने मानिन । बरु, किशोरी कौतुहलतामा साथीहरुसंग फेसबुक चलाउन सिकेर रहरले साथी बढाउन खोजेको जस्तो भान भयो ।
तर, त्यही नै सत्य होला भनेर ढुक्क हुने आधार पनि थिएन । फेरि उनको फेसबुकबाट केही बढि भेटिन्छ कि भनेर खोतल्दा कतिपय लिम्बु समुहका समाचार लिङ्कहरुमा लाइक गरेकोसम्म भेटें ।
त्यस पछि उनको फेसबुक म्यासेन्जरमा
‘तपाइ जर्नालिस्ट हो ?’ भनेर सोधेर लेखें ।
तर, त्यो प्रश्नको उत्तर अहिलेसम्म उनले दिएकी छैनन् । पछि फोनमा कुरा गर्दा उनको अनभिज्ञता महसुस गर्दा मैले जर्नालिस्ट लेखेको शब्दको अर्थनै उनले नबुझेर त्यसको उत्तर नदिएकी हुन जस्तो लाग्दैछ ।
म सदरमुकामबाट फार्किएर घरमा पुगेपछि चियासिया खाएर बसेको समयमा उनलाई फोन गरें । जाडो महिना भएकोले छतमा गएर घाममा बसेरै उनलाई फोन गरें ।
तल तल्लामा आमा हुनुहुन्थ्यो । मैले त्यो मोबाइलफोनको सम्बाद आमाले नसुने हुन्थ्यो भन्ने चाहेरै छतमा गएर फोन गरेको हुँ । उनले त्यही एउटा किशोरी कौतुहलताका रुपमा मसंग कुरा गरेजस्तो लागेर मेरो विषयमा सवै बताएपछि उनले मसंग सम्पर्क गर्न छाड्छिन भन्ने मेरो अनुमान रह्यो ।
त्यसैले कुराको सिलसिलामा उनले आपूm स्नातक तहको विद्याथी भएको र किशोरी भएको कुराकानी गर्दैगर्दा म आफु पच्पन्न बर्ष भएको र दुई छोरी, एक छोराको बाउ र एक नातिको हजुरबुवा भएको बताएं ।
उनले स्वभाविक रुपमा के बोल्दैछु भन्ने पनि हेक्का नराखी ‘बृद्ध भत्ता खाने बेला भएछ’ भनिन् ।
त्यो उनको स्वभाविक भनाइ सत्य हुँदाहुँदै पनि मेरो मनले सहज रुपमा पचाउन भने सकेन । मनले चित्त नबुझाउँदा नबुझाउँदै पनि मस्तिष्कले कुरा त ठीक भनेकी हुन भन्ने उत्तर दिइरहेको थियो । यो मानवीय मन यस्तै हुँदोरहेछ । बुढो भएको आफुलाई थाहाहुँदाहुँदै पनि मनले बुढोपनबाट जोगिन खोज्दो रहेछ । तर, त्यसबाट उनमा किशोरी उत्ताउलोपन, अबोलापन र निश्चल भाव रहेको झलक महसुस गरें । त्यसैले उनलाई फेसबुक र मोबाइलमा ब्लक गरेर सम्पर्क गर्नबाट रोक्नै पर्ने डर अलि कम भयो ।
त्यसपछि म ब्यस्त भएकोले दुई दिन कुरा गर्न नसक्ने र दुई दिन पछि फुरसदमा उनलाई फोन गर्छु भनेर सम्झाएं ।
त्यो दुई दिनकोबीचमा पनि उनको चारपटकसम्म मिसकल आयो । तर धेरै घण्टी पनि बजाइनन् र लगातार मिसकल पनि दिइनन् ।
मैले मेरो पुस्तक विमोचनको कार्यक्रमको बारेमा बताएको पनि थिइन । ‘के गर्नुहुन्छ’ भन्ने उनेको प्रश्को उत्तरमा म वकील भएको बताएको थिएं ।
पुस्तक विमोचन सकिएको तेस्रो दिनमा म बेलायत फर्कने कार्यक्रम थियो र त्यसै अनुसारको प्लेनको टिकट कन्फर्म थियो तर त्यो विषयमा पनि उनलाई केही पनि बताएको थिइन । उनले चाहेको भए मेरो फेसबुकबाट ती कुरा सजिलै थाहा पाउन सक्थिन तर फेसबुक चलाउने नयाँ सिकारु भएकोले पनि उनमा त्यो ढङ्ग नपुगेको रहेछ । त्यसैले उनलाई त्यो कुरा थाहा पनि थिएन ।
पुस्तक विमोचनको कार्यक्रम सकिएर अव भोलिपल्ट बेलायत फर्कनेहो भन्ने दिन थोरै समय पनि बच्यो । त्यसै समयमा मैले उनलाई फोन गरें । अलि लामो कुरा भयो । उनले खुलेर कुरा गरिन ।
उनका बाबुआमा भारतमा गोर्खा आर्मीबाट रिटायर भएर ताप्लेजुङ बस्दारहेछन् । एउटा दाजु बेलायतको गोर्खा सेनामा भर्ति भएर दुई वर्षमा दुई महिना अगाडि पहिलो छुट्टिमा आउँदा उनलाई स्मार्ट फोन ल्याइदिएका रहेछन् । उनका ती दाजु बेलायतमा नेपाली कार्यक्रममा जाँदा मैले लेखेको कथासंग्रह फेला पारेर किनेका रहेछन् ।
छुट्टि आउँदा मोबाइल संगै नेपाली शाहित्य पढ्दै गरेकी बहिनीलाई उनले त्यो किताब पनि दिएका रहेछन् । उनी दाजुले पढ्न दिएको खर्चबाट काठमाण्डौको होस्टलमा बसेर नेपाली भाषा साहित्य पढ्दिरहिछन् । दाईले ल्याई दिएको स्मार्ट फोनमा उनकी संगै पढ्ने र होस्टलमा संगै बस्ने साथीले फेसबुक चलाउन सिकाएकीले नौसिकुवा फेसबुक सञ्चालकका रुपमा नयाँ साथीहरु खोज्ने धुन चढेको रहेछ ती सिल्पा नानीलाई ।
मैले लेखेको किताबको लेखकको नामबाट मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउदाँ मैले सधै झै तुरन्तै फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेकोले हामी फेसबुके मित्र बनेका रहेछौ ।
त्यो उमेरको चन्चले पनमा उनले खोजे जस्तो नभएपनि कुनै एक साथी भेट्दा उनलाई खुब रमाइलो लागेको रहेछ । त्यसैले फोनमा लगातार सम्पर्क गर्न नपाउँदा उनलाई छट्पटि लागेको भाव मैले बुझेको ठिकै बुझे जस्तो लाग्यो मलाई । फोनमा कुरा हुँदै गर्दा मेरो किताबका कथाका पात्र र साहित्य विद्यार्थीका जस्ता उनका जिज्ञासा सुनेपछि मैले उनीसंग भेट गर्न अनामनगरको क्याफेमा बोलाएको छु ।
भोलि म बेलायत जाने हो । उनलाई त्यो कुरा अझै बताएको त छैन । तर, फोनमा उनले बताएका कुरा सत्य नै होलान र फेसबुकको जालसाजीमा म फस्न त लागेको छैन भन्ने हल्का डर लागेपनि आज एक साहित्यकी विद्यर्थीका रुपमा उनलाई भेट्छु भन्ने लागिरहेको छ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.