Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
ओस्कर विजेता मार्गन फ्रिमैन नेलसन मण्डेला बन्ने
दक्षिण अफिकामा जुलाई १८, १९१८ मा जन्मिएका नेलसन रोलिहलाहल मण्डेला १९९४ मा दक्षिण अप्रिmका राष्ट्रिपति भएका थिए । १९६२ देखि १९९० सम्म राजनैतिक बन्दी भएर जेलमा बसेका मण्डेलालाई १९९३ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

मण्डेलाको जीवनमा आधारित भएर द ह्युमन फ्यान्टर नामको हलिउड सिनेमा बन्ने भएको छ । यस अघि भारतका निर्देशक शेखर कपुरले मण्डेलाको आत्मकथा लङ वाक टु प्रिmडममा आधारित चलचित्र निर्माण गर्ने घोषणा २००३ मै गरेको भएतापनि अहिलेसम्म गर्भ मै रहेको छ । दुवै चलचित्रका लागि मुख्य अभिनेता ओस्कर पुरस्कार विजेता मोर्गन फ्रिमैनलाई चुनिएको छ ।

>मण्डेलाको पुस्तकका एक हरफबाट उनको जीवनबारे झलक पाउन सकिन्छ । लङ्ग वाक टु फ्रिडममा भन्छन् "यो विडम्बना हो कि स्वतन्त्रता सेनानीहरुका व्यक्तिगत जीवन अस्थिर हुन्छ । जब मेरै जस्तो तपाईहरुको जीवन पनि संर्घषमय हुनेछ तब त्यहाँ परिवारका लागि कुनै स्थान रहने छैन । यही मेरो सबै भन्दा ठूलो दुखः हो र यही र्सवाधिक दुःखद क्षण हो । मेरो सहायता विना नै मेरा बालबच्चाहरु हुर्केका थिए र जब म जेलबाट बाहिर आएँ तब मेरा बच्चाहरुले भनेका थिए - हाम्रा पनि एक पिता थिए । हामी सोच्थ्यौं कि उनी एकदिन फिर्ता आउने छन् तर यो केवल एक भ्रम थियो । हाम्रो पिता वापस आए र हामीलाई एक्लै छाडि गए किन भने अब उनी एक राष्ट्रपति भइसकेका थिए । राष्ट्रपिता हुनु एक गौरवको कुरो थियो तर एक पारिवारिक पिता हुनु त्यस भन्दा प्रसन्नताको कुरो हो । म यस प्रसन्नता देखि कोसौं टाढा थिएं ।"

उनकी प्रथम पत्नीसंग सम्बन्ध विच्छेद भए पछि उनले विनी मण्डेलासंग विवाह गरेका थिए । तर १९९६ मा विनीसंग पनि उनको सम्बन्ध विच्छेद भएको थियो । मण्डेलाकी प्रथम पत्नी इवलिनको २००४ मा निधन भएको थियो र उनबाट एक छोरी र एक छोरा जन्मिएका थिए । कान्छी श्रीमतीबाट दुइ छोरी र एक छोरा जन्मिएका थिए ।

>मण्डेलाले युनिभर्सिटी अफ साउथ अप्रिmकाबाट कानून विषय लिएर १९४२ मा स्नातक गरेका थिए । त्यसको २ वर्षपछि काला जातिहरुको उत्थानको अभियानका लागि अप्रिmका नेसनल कंग्रेस-एयनसी) मा आबद्ध भएका थिए । १९४९ मा उनी आफ्नो पार्टी नेता भई सकेका थिए र सत्ता सिन पार्टर्ीीे रङ्गभेद नीतिका विरुद्ध उनी सक्रिय भए । जनका विरुद्ध राजद्रोहको मुद्दा १९५६ देखि ६१ सम्म चलाइएको थियो तर पछि उनले सफाइ पाएका थिए । पेशागत रुपमा वकील हुँदा हुँदै पनि उनी पूर्णकालिन राजनैतिक नेता पनि थिए । उनी गान्धीको अहिंसावादी अवधारणाबाट निकै प्रभावित भएका थिए । दक्षिण अप्रिmकाका काला जातिलाई राजनैतिक अधिकार नदिन गोराहरुको नीति र कालाजातिहरुको गोराहरु लखेट्ने आन्दोलन भन्दा फरक रुपबाट गोरा र काला दुवै जाति अटाउन सक्ने रङ्गभेद विरुद्धको अभियानमा उनी सक्रिय थिए । आखिरमा उनको त्यो नीतिनै सफल र प्रसंशायोग्य ठहरियो । उनको आत्मनिर्णय सहितको समावेशी प्रजातन्त्रको अवधारणा वर्तमान नेपालका लागि पनि प्रेरणाको स्रोत बन्न सक्दछ ।

>१९६० मा मण्डेलाको पार्टी कालाजातिको समानताको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निहत्था जनताको नरसंहार गरेपछि अहिंशावादी मण्डेलाले दक्षिण अप्रिmकी सत्ता ध्वस्त पार्ने घोषणा गरेका थिए । उनको त्यो घोषणा पछि अप्रिmकन नेशनल काग्रेस पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । १९६२ मा उनलाई ५ वर्षो कैद तोकेर जेल पठाइएको थियो । उनको अहिंशावादी आन्दोलनको व्याख्या गान्धीको मर्न लागेको गोरुको उदाहरणसंग मेल खाएको देखिन्छ । मण्डेलाले आफ्नो पुस्तकमा भनेका छन् "शान्तिप्रीय व्यक्तिहरु त त्यति वेला पनि आफ्नो बचावट गर्दैनन् जब उनीहरु माथि हिस्रक प्रहार हुन्छ तर अहिंशावादीहरुका लागि यो नियम लागु हुँदैन ।"

>सापै समल्लेमा भएको नरसंहारमा ६९ अप्रिmकनहरुको गोली लागि मृत्यु भएको थियो । ती मध्ये अधिकांशको पिठ्युमा गोली लागेको थियो । मण्डेकाको पूस्तक अनुसार ७०० भन्दा बढी गोली चलाइएको थियो र मारिने बाहेक करिब ४०० जना घाइते भएका थिए । उक्त नरसंहारको घटना पछि हिंसाका विरुद्ध अत्मरक्षाको लागि हिंसामा उत्रनु जायज हुने तर्क मण्डेलाले अगाडि बढाएको देखिन्छ ।

>१९६३ मा राजद्रोह, ध्वशं र हिंशा गर्ने षडयन्त्र गरेको आरोपमा मण्डेलालगायत अप्रिmकन नेशनल कांग्रेस पार्टीका नेताहरुलाई मुद्दा चलाइयो । सरकारले छापा मारेर हतियार र उपकरणहरु बरामद पनि गर्‍यो । अन्तत जुन १२, १९६४ मा मण्डेलालाई आजीवन कारावासको सजाय सुनाइयो ।

>१९६४ देखि ८२ सम्म मण्डेलालाई केपटाउनको रोबिन आइल्याण्ड कारागारमा थुनियो । १९८८ मा बन्दी अवस्थामा नै क्षयरोग लागेर उनलाई अस्पताल भर्ती गरियो । मण्डेलाको कारावास विरुद्ध विश्व भरिबाट रङ्गभेद विरुद्धको अभियानको रुपमा र्समर्थन प्राप्त भएको थियो ।

>दक्षिण अप्रिmकाका राष्ट्रपति डे क्लार्कको शासनकालमा ११ फेबु्रअरी १९९० मा उनलाई कारावासबाट मुक्त गरियो । मार्च २ मा उनी एयनसी पार्टीको उपसभापति र जुलाई १९९१ मा सभापति भएका थिए । दक्षिण अप्रि|mकामा अप्रिल १९९४ को निर्वाचनमा सबै रङ्गका जनतालाई पहिलो पटक मताधिकार दिइएको थियो । उक्त निर्वाचनमा मण्डेलाको अप्रिmकन नेशनल कंग्रेस पार्टीले विजय हासिल गर्‍यो । मण्डेलाले मानव अधिकारको हनन् तथा रङ्गभेदको सत्य तथ्य पत्ता लगाउन एक आयोग गठन गरेका थिए । उक्त आयागले देशमा कालाजातिहरुलाई पक्षपात गरिएका वासस्थान, शिक्षा, आर्थिक विकासका पूर्वाधार र जीवनस्तर उकास्ने पक्षहरुका बारेमा अध्ययन गरेको थियो ।

>१९९६ मा दक्षिण अफ्रिकाले नयाँ संविधान प्राप्त गर्न सफल भयो । उक्त संविधानमा मण्डेलाको ठूलो योगदान रहयो । नयाँ संविधान अर्न्तर्गत १९९९ मा भएको निर्वाचनमा मण्डेलाले आफू खुसी नै उम्मेदवारी दिएनन् । कालाजातिहरुलाई राजनैतिक अधिकार दिलाउनमा सफल भएकोमा सन्तोष मान्दै उनले जुन १९९९ देखि सक्रिय राजनीति छोडेर बसेका छन् । उनका नो इजी वाक टु प्रिmडम आई एम प्रिपेयर्ड टु र्डाई र आत्मकथा लङ वाक टु प्रिmडम प्रकाशित भएका छन् । हाल उनी र्सार्वजनिक समारोहहरुमा देखा पर्दैनन् । जीवन भरी उनको राजनैतिक सक्रियताका कारण उनका परिवारलाई भएको पीडा प्रति उनले निकै दुखः मनाउ गरेको उनका लेखनबाट देखिन्छ ।

>राजनैतिक सक्रियताका क्रममा मण्डेला जस्ता नेताहरुबाट पाठ सिकेर नेपालका माओवादी नेताहरुले कार्यकर्ताहरुको पारिवारिक जीवन र सबै परिवार सदस्य राजनीतिमा रुपान्तरित हुनु पर्ने कुरामा जोड दिएको पाइन्छ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.