Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
कथाः रातो पासपोर्ट
 
Name: Govind Belbase  
Comment: रातो पासपोर्ट

बेलायती जीवनलाई आनन्द मानिराखेका होमनाथले नसोचेको सङ्कटलाई टार्न केही समय नेपाल जाने विचार गरे । बेलायती रातो पासपोर्ट पाउँदाका दिन उनले आफूलाई धन्य ठानेका थिए । बेलायती नागरिकता लिँदा आफ्नो हरियो रङ्गको नेपाली पासपोर्ट कानुनी रूपमा मान्यता रहित हुन्छ भन्ने पनि उनलाई थाहा थियो । उनलाई आफ्नो नेपाली नागरिकता बदर भएकोमा खासै पीर पनि थिएन । हुन त एक मनले नेपालमा दोहोरो नागरिकताको व्यवस्था भैदिए हुन्थ्यो भन्ने उनी चाहन्थे । आफू बेलायती र नेपाली दुवै नागरिक हुन पाए हुन्थ्यो भन्ने चाहना भने उनमा नभएको होइन ।

‘प्mयाक्ट्री’मा आफूले गर्दै आएको जागिरबाट उनलाई निकालिएपछि उनमाथि सङ्कट आइलागेको हो । छोरी जन्मेको ४ महिना भयो । रातो पासपोर्ट पाएपछि अनेक झमेला ब्यहोरेर काठमाडौंको बेलायती एम्वेस्सीमा केटाकेटी उभिएर विवाह गरेका थिए उनले । परम्परागत पञ्चे बाजा ठोकेको विवाहका आधारमा मात्र दुलहीलाई बेलायत ल्याउन सम्भव पनि थिएन । सिर्जनालाई लिएर बेलायत आउँदा उनलाई संसारको सबैभन्दा खुसी मान्छे आपूm भएजस्तो लागेको थियो । जागिर छँदा सम्म त जीवन सुखीसँगै वित्दै थियो । विवाह गरेकी सुन्दरी श्रीमती, मोर्गेजको ‘थ्री वेडरुम’ (तीन सयन कक्ष भएको) घर र काममा जान आउन आफूसँग भएको कारलाई उनले सजिलै धानेका थिए ।

केही समयपछि छोरी स्याहार्न आमालाई नेपालबाट ल्याउने अनि सिर्जनाले पनि काम गर्न थालेपछि ‘क्रेडिटकार्ड’को ऋणलाई कम गर्ने उनको योजना पनि भताभुङ्ग भएको छ । सोच त उनको ठीकै थियो, आमाले पनि नातिनी हेर्न र खेलाउन पाउने, हवाईजहाज चढेर बेलायत देख्न पनि पाउने र आफ्नो समस्या पनि समाधान हुने । प्mयाक्ट्रीमा सामानहरू प्याकिङ गर्ने काम गर्थे होमनाथले । विश्व आर्थिक मन्दीसँगै प्mयाक्ट्रीमा काम कम भयो । प्mयाक्ट्रीमा एक दिन कामदारहरूलाई समेत मिटिङमा बोलाइयो । उनी पनि त्यो मिटिङमा थिए । त्यस दिनसम्म पनि उनलाई यो आपत आइलाग्छ भन्ने थाहा थिएन । मिटिङ बोलाउँदा अब प्mयाक्ट्रीमा काम घटेकोले कामदारहरू घटाइने चर्चा चलेको थियो । तर उनलाई त्यो सङ्केतले आफैलाई यति चाँडै सङ्कटमा धकेल्छ भन्ने चाँहि थाहा थिएन । बेलायतमा बस्न पाउने कागज पक्का नहुँदासम्मको कमाई नेपालमै पठाइदिएका थिए । हुन पनि बेलायत छिरेको अलि वर्षसम्म त होमनाथलाई बेलायतमै बसोबास गरिएला जस्तो लागेको थिएन । अलि वर्ष कमाएरै नेपाल गएर मस्ती गर्ने हो भन्ने विचार थियो । त्यसैले सकेसम्म छिटो कमाउने र सकेसम्म धेरै कमाई नेपाल पठाउनेमा उनको ध्यान रह्यो । तर, समय बित्दै गयो । समयले साथ दिँदै गयो, यतै बस्न पाउने कागज हात लाग्यो । त्यसपछि विस्तारै बेलायती जीवन सहज पनि बन्दै गयो । नेपालप्रतिको माया भए पनि आनन्दको घरजम बेलायतमा बसाउने सोच बढ्दै गयो । बेलायत छिरेपछि दोस्ती बढेका नेपाली सँगीसाथीहरूको सङ्गत रमाइलो बन्दै गयो । गाडी चलाउन नसिकी नहुने भयो । सिक्न करै लाग्यो । बल्ल–तल्ल ६ पटक फेल भएपछि लाइसेन्स पनि हात परिहाल्यो । पहिले–पहिले जति धेरै काम गर्न पाए पनि काम गर्न मनलाग्थ्यो । जति सक्यो धेरै पैसा कमाउने सोच थियो । तर, पछि–पछि, त्यो सोच केही बदलिँदै गयो । धन कुम्ल्याउने सोचमा पनि बदलाव आउँदै गयो । कमाएर मात्रै के गर्ने अलिअलि घुमफिर, मनोरञ्जन गर्नुपर्छ भन्ने भावना र सँगीसाथीको रमाइला कुराले बेलायती जीवन रमाइलो बन्दै गयो । तर, खर्च धेरै र बचत कम हुने क्रम जारी रह्यो । पहिलेभन्दा काममा पनि अलि कम मन लाउने र कामबाट समय निकालेर रमाइलोमा समय बिताउने रमाइलो बानीसँगै खर्च बढ्दै गयो । जीवन आखिर एकै रफ्तारले हिँड्दो रहेनछ ।

उता नेपालका सँगै पढेका साथीहरू कोही जागिरे भए, कोही व्यापारी त, कतिपय अरबतिर गएर पनि राम्रै गरेका छन् । मान्छेको स्वभाव त हो, साथीभाइहरूका अगाडि आफ्नो हैसियत राम्रो देखाउन मन लाग्दो रहेछ ... ।

पहिला–पहिला काम गर्ने गरेको ‘रेस्टुरेण्ट’को जागिर बदल्न मन लाग्यो । कति ‘रेष्टुरेण्ट लाइनमा काम गर्ने भन्ने लागेर प्mयाक्ट्रीतिर छिरेका हुन् उनी । ‘रेष्टुरेण्ट’ लाइनमा काम गर्दा राम्रै वचत हुन्थ्यो । अझ पहिला–पहिला तलव कम भए पनि ‘रेस्टुरेण्ट’मा बस्यो, ‘रेस्टुरेण्ट’मै खायो गर्दा खर्च केही नहुने भएर वचत पनि राम्रै हुन्थ्यो । खर्च भनेको हप्तामा पाँच पाउण्डको फोन कार्ड किनेर नेपाल फोन गर्दा हुने नियमित खर्चबाहेक अरू खासै खर्च केही थिएन । एउटा मोवाइल पनि ‘पे एज यू गो’ थियो । खर्च धेरै हुन्थेन । तर, बेलायती कागज भएपछि त फोन र मोवाइल खर्च भात्र हो र, टिभी लाइसेन्स देखि ब्रोडव्याण्डसम्मको खर्चले कहिल्लै बचत हुन दिएन ।

सुरुमा बैङ्क खाता खोल्नै गाह्रो प¥यो । तर, पछि बैङ्कले क्रेडिट कार्ड पनि पत्यायो । सहज लाग्दै गयो । खर्च भने बढ्दै गयो । तर, क्रेडिट कार्डको महँगो व्याजसहितको महिनावारी किस्तामा मोर्गेजको किस्ताको भारी थपिँदै गयो । सिर्जनालाई विवाह गर्ने क्रममा तीन–तीन पटक नेपाल आउने जाने गर्दा कामबाट ‘होलीडे’ सबै सकियो । ‘अनपेड होली–डे’ले पनि जागिरमा नराम्रो प्रभाव पर्दै गयो । उता ‘क्रेडिट कार्ड’को ‘लिमिट’ थप्दै गए उनले । विवाह खर्च, सिर्जनालाई बेलायत ल्याउने खर्च र हनिमुन मनाउन पनि ‘क्र्रेडिट कार्ड’ले राम्रै सुविधा दियो । तर, सबै बोझ एकैपटक अहिले थाप्लोमा बजारिएर हैरान पारेपछि होमनाथलाई नयाँ उपाय देखा प¥यो, नेपालमा गएर अलि महिना बिताउने ।

प्mयाक्ट्रीबाट ‘रिडन्डेन्सी लेटर’ बुझेका दिन काम नभएको बेरोजगार होमनाथलाई जमिन भासिएर आफू त्यहीँ भासभित्र जाकिए जस्तो लागेको थियो । लण्डनमा घर किन्दा लाग्ने ‘मोरगेज’को किस्ता धान्न सकिन्न भन्ने बुद्धि पु¥याएरै उनी लण्डनबाट अन्यत्रै सरेर ‘मोर्गेज’को घर, कार र प्mयाक्ट्रीको जागिर मिलाएका हुन् । तर, यही सानो र सुखी जीवनमा एक्कासी यत्रो ठूलो बोझले उनको जीवन लथालिङ्ग हुन्छ भन्ने उनलाई के थाहा थियो र !

कामबाट ‘रिडन्डेन्सी लेटर’ बुझेपछि उनको ‘मोर्गेज’ तिर्ने उपाय नै हरायो । ‘क्रेडिट कार्ड’मा ‘लिमिट’ थपिदिन कति अनुरोध गरे, तर सबै बेकार भयो । भए जतिको लिमिट पनि सकियो । आउने ‘अनइम्प्ल्वाइमेन्ट बेनिफिट’ र ‘चाइल्ड बेनिफिट’ले खाना खर्च, विजुली, पानी, ग्याँस, टिभी लाइसेन्सलाई तिर्न पनि पुग्दैन । उता यही बेलामा कारको ‘एम.ओ.टी’ गर्ने बेला आयो । कार नभई जागिर पनि नपाइने । कत्ति गरेर कार धान्न खोजे, उपाय नलागेपछि कार बेच्ने प्रयास गरे, त्यही पनि बिकेन । उपाय हराउँदै गयो । पिरैपिरले निद्रा लाग्न छाड्यो बिचरा होमनाथलाई । सिर्जनाका मीठा कुराले पनि होमनाथलाई सान्त्वना दिन सकेन । झर्को लाग्ने र कुरा–कुरामा झर्किने गरायो । झर्कने त बानी नै भयो । उता सिर्जनाले आफूलाई त्यस्तो माया गर्ने श्रीमान् जतिखेर पनि झर्किन थालेपछि चिन्तित हुँदै गइन् ।

यो चिन्ता र व्यथाबाट बल्झिएको होमनाथको जीवनमा एउटा बज्रपात बोकेको चिठ्ठी लिएर आएको रोयल मेलको झल्किने डे«ेस लगाएको पोष्ट म्यानले ढोकामा चिठ्ठीको मुठो छिराएर गयो । चिठ्ठीको थुप्रोमा अरू सबै विलहरू थिए । कोही पानीको पैसा नतिरेका फाइनल नोटिस, कोही ‘डाइरेक्ट डेविट’का लागि बैङ्क खातामा पैसा नभएका कारण भुक्तानी हुन नसकेकोले जरिवाना सहितको नोटिस आदि–आदि । अनि त्यहीँ बीचमा एउटा थियो ‘मोर्गेज’ नतिरेका कारण बैङ्कले घर फिर्ता लगेकोले घर खाली गरिदिने सूचना । घर खाली गरिदिने सूचनाले होमनाथको मनलाई कठोर बनाइदियो । आपत कसरी झेल्ने भन्दै धेरै दिनदेखि भौतारिएको मनलाई अब ढुक्कसँग उपाय नपहिल्याई नहुने स्थितिमा उनलाई पु¥यायो । त्यही घर खाली गर्न बैङ्कले पठाएको चिठ्ठी हात परेको दिन बिहान उनले टिभीमा बेलायती नागरिकले काम नपाएका समयमा प्mयाक्ट्रीमा विदेशीलाई काम दिएको विरोधमा बेलायती मजदुरले विरोध गरेको हुल देखेँ ।

त्यत्तिकैमा एउटा फोनको घण्टी बज्यो । कुनै अर्को आपत बोकेको घण्टी हो कि भन्ने आशङ्का सहित फोनको रिसिभर उठाएर हेलो भने, उनले । अर्काे पट्टिबाट बोल्ने एउटी ‘स्कटिस’ स्वरकी एक महिला थिई । अङ्ग्रेजी भाषामा बोल्ने केटीले कुरा गर्न थाली । उसले ऋण तिर्न नसकेको भए, सेवा गर्न ‘डेब्ट सेटल’ लाइनबाट फोन गरेर उनको ऋणको आपत मिलाइ दिन सक्ने जुक्ति बताएर सबै उनको ब्यहोरा ‘क्रेडिट कार्ड’का ‘डिटेल्स’ सबै लिई । त्यसपछि सबै ऋणको बोझ त्यही ऋण मिलाउने कम्पनीलाई जिम्मा लगाए । घर ‘मोर्गेज’ कम्पनीले कब्जा गरिहाल्यो ।

अनि होमनाथको सबैभन्दा मिल्ने साथी मिलनसँग सल्लाह गरेर आफ्ना खत्र्याक–खुत्रुक झिटीगुन्टा जति मिलनका ग्यारेजमा लगेर थन्काए । त्यसपछि नेपालतिर लागे सिर्जना र चार महिनाकी छोरी लिएर होमनाथ ।

नेपालमा पठाएको पैसाले घर व्यवस्था सबै राम्रै थियो । आखिर आपतको समयमा त्यही काम लाग्यो । बाबु आमा दाजूभाइ दिदीबहिनी सबैजना होमनाथका परिवार नेपाल आएकोमा खुसी पनि भए । कसैले भाञ्जालाई बेलायत लगिदिन अनुरोध गर्थे, कसैले के के भन्दै आफ्नो घरमा खाना खान पनि बोलाउँथे । तर उनीहरूलाई होमनाथको त्यो आपतबारे केही पनि थाहा थिएन ।

एकदिन एक्कासी सईको नेतृत्वमा आएको नेपाल प्रहरीको गाडी होमनाथका घर अगाडि रोकियो । होमनाथलाई बोलाएर सोधपुछ गरेपछि हरियो र रातो दुबै पासपोर्टसँगै होमनाथलाई प्रहरीले गाडीमा हालेर लग्यो ।

आर्थिक समस्या परेकोले होमनाथले बेलायती पासपोर्ट लिएको भए पनि भिसा खर्च बचाउने लोभले नेपालकै पासपोर्ट देखाएर नेपाल छिरेका थिए । तर, नेपालको भिसा नलिई नेपाल बसेका होमनाथलाई प्रहरीले पक्राउ ग¥यो । सामाजिक मान्यतामा रातो पासपोर्टले निकै रवाफ बढाएको भए पनि त्यही रातो पासपोर्टका कारण नेपाल प्रहरीको फन्दामा पर्दा उनको शिर निहुरियो ।

Date: 3/10/2020 12:00:00 AM
 
 Comment
Govind Belbaseरातो पासपोर्ट

Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments

www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.