Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १
भाग– १



छोरी स्कूल हिंडेको सात मिनेट जतिमै फर्केर घर आईन, म पनि काममा जान तयार भैसकेकी थिएं । ढोका भित्र छिर्दै गरेकी छोरीलाई सोधें ‘के भयो छोरी ? किन फर्किएको ?’

उनको उत्तर आयोः ‘होम वर्क पेन ड्राइभमा थियो, छुटेछ, इमेलमा पठाएको भए फर्कन पर्ने थिएन, इमेलमा पठाउन पनि विर्सेछु ।’ ‘स्कूल पुग्न बेर हुने भयो, मलाइ पुर्याइदिनुस है’ उनको आग्रह थियो ।


धेरै टाढाको कुरा त थिएन तर अफिस टाइमको ट्राफिकले गर्दा मेरो पन्ध्र मिनेट चाडै अफिस पुग्ने सधैको बानीको पन्ध्र मिनेट भने छोरीका लागि खर्च हुने भयो । उनको स्कूल र मेरो अफिस ठीक उल्टो दिशामा भएकोले हो, एकै तिर पर्ने भैदिएको भए त कुनै फरक नै पर्ने थिएन । छोरीलाई स्कूलको गेटसम्म पुर्याएर अफिस पुग्दा ठिक्क समयमा पुगें । समय घर्किँदा प्राय गाडी पार्क गर्ने ठाउँ भेट्न समस्या पथ्र्यो, तर पार्किङको ठाउँपनि भेटिएकोले झन्न बेर भएन ।

हत्तपत्त सेतो कोट भिरेर वार्डमा पुगें । फाइल टिपें र वेड नं. ९ को विरामी छेउँ पुगें । एउटा नर्सले विरामीको ब्लड प्रेसर लिंदै रहेछन् । म उनकै छेउँमा विरामीको फाइल पढ्दै थिएं । ब्लड प्रेशर नोट गरेपछि ती नर्स कोठा वाहिर गए । विरामी नेदरल्याण्ड्सकी एम्मा नाम गरेकी केटी रहिछन् । बेलायतमा तीन वर्षदेखि काम गर्दै आएकी रहिछन् । विदाको दिन साइकिलिङ् गर्न गएका बेला एउटा कारले साइकल पछाडिबाट हानेर एक्सिडेन्ट भएको रहेछ । हातमा त फ्याक्चर रहेछ, पलास्टर भैसकेकोले खासै हेर्नु पर्ने थिएन । तर, खुट्टाको हड्डी चाहि चुर्ना नै निस्किएकोले रिफर गरेर अस्पताल सारेर मैले काम गर्ने अस्पतालमा ल्याइएको रहेछ ।

रिपोर्ट र एक्सरे हेर्दा नै खुट्टाका टुक्रा परेका हड्डीलाई कसरि मिलाउने भन्ने मेरो दिमागमा आइसकेको थियो । झण्डै यस्तै भएको केश पहिला पनि ठीक पारेको अनुभव भएकोले खासै दिमागमा जोड दिन पनि परेन । कहिलेकाही कम्प्लिकेशन देखिंदा अरु डाक्टरसँग सल्लाह गर्न परेजस्तो केही गर्नुपर्ला जस्तो पनि लागेन । त्यत्तिकैमा एउटा जुनियर डाक्टर पनि त्यहीँ आइपुगे । उनी पढाइपनि गर्दै गरेका डाक्टर भएकोले पनि यो विरामीको केस अलि जटिल लागेर सिक्न पनि हुने हुनाले मेरो पछि परेका रहेछन् ।

उनलाई सिकाउन तथा उनका जिज्ञासा पुरा गर्ने गरी पहिलेको उस्तै केस सञ्चोो पारेको अनुभव सहितको उपचार पद्दतिको बारेमा उनलाई बुझाए । अफिस कोठाबाट फर्किएर फेरि विरामी नगिच पुग्दा पहिले ब्लड प्रेशर जाँच्दै गरेका नर्स पनि त्यहीँ रहेछन् । उनले विरामीको रगत परिक्षणकोलागि रगत सिरिन्जबाट तानेर ल्याबमा पठाउन संकलन गर्दैरहेछन् ।

ती नर्सले मतिर हेर्दै ‘डिड यू नोटिस वन थिङ’ भनेर प्र्रश्न तेर्साए ।

मैले सहज रुपमा ‘ह्वाट ?’ भनि प्रश्न गरें ।

उनले हामीले काम कै सिल्सिलामा बोल्ने गरेको चलन चल्तिको अङ्गे्रजी मै भने ‘तिम्रो र यो विरामीको अनुहार सरीर सवै हुबहु उस्तै छ नि !’ मैले स्वभाविक रुपमा ‘हो र !!’ भने ।

तर, मेरो दिमागले अलिअलि कताकता पहिला नै आफूसँग केही मिलेजुलेको अनुहार शरीर आदिका विषयमा अनुभव गरेकै विषयमा अरुले पनि बताएपछि म त्यस विषयमा अलि धेरै केन्द्रित भएं । तर, म नेपालकी अनि ती विरामी नेदल्र्याण्ड्सकी कसरि मेल खान सक्छ र ? भन्ने पहिलो सोचाईँकै बीच दिमागमा एक तरङ्गले जन्म लियो ।

मेरा बुवा पढाइको सिलसिलामा पहिला नेदरल्याण्ड्स स्कलरसिपमा पढ्न गएको भन्ने विषयले मस्तिष्कमा जोड दिन थाल्यो । कतै यी नेदल्र्याण्ड्सकी महिलासँग मेरो कुनै सम्बन्ध त जोडिएको छैन भन्ने शङ्का लाग्न थाल्यो । बुवा र आमाले त कहिल्यै त्यस्तो केही विषयमा जानकारी दिनु भएन । हुन त म पनि नेदरल्याण्ड्समा जन्मिएकोले यस सम्बन्धमा तालमेल यी महिलासँग जोडिन सक्ने सम्भावना बढ्दै गएको जस्तो लाग्न थाल्यो । विरामीको अवस्था र उपचारका विषयले भन्दा बढि मेरो दिमाग आफ्नै विषयमा र विरामीसँगको आफ्नो सम्बन्ध जोडिने सम्भावनामा मेरो दिमागले सोच्न थाल्यो । तर, साथमै भएको जुनियर डाक्टर र नर्सका अगाडि मैले आफुलाई सहज पार्न प्रयास गरिरहन जरुरी पनि थियो ।

परिस्थितिलाई सामान्य पार्ने मनसायले भने ‘म कहाँ नेपालकी र यी महिला नेदरल्याण्ड्सकी, कहाबाट मेल हुनसक्छ र !’

तर, म आफु नै अन्योलमा भएं । के गरुँ, कसो गरुँ भन्ने विलखबन्धनमा परें । उनीहरु दुवैजना आफ्नो आफ्नो काममा कोठाबाट वाहिर निस्किए । मेरो दिमाग विरामीको उपचार गर्नमा भन्दा विरामीको यथार्थ खोज्न पट्टि तल्लिन भयो । आफ्नो मनलाई सान्त नपारि उपचारमा लागेको खण्डमा उपचार सम्बन्धी सही निर्णय नहुन सक्ने लागेर विरामीसँग कुरा अगाडि बढाउने निधो गर्दै उनलाइ सोधें, ‘हेल्लो, म अस्मिता, तिम्रो खुट्टा सञ्चोो पार्न खटिएकी डाक्टर हुँ, दुखाई कस्तो छ ?’

उनले उत्तर दिइन, ‘पेनकिलर औषधिको प्रभाव होला खासै गाह्रो भएको छैन । दुखाइ भन्दा पनि यो विस्तरामा पल्टँदापल्टदा म त वाक्क भएरै मरिसक्न थालें, सोसल नेटवर्कको अम्मलीपो हुन थालें, बर्वादै होला जस्तोछ’

सान्त्वना दिने मनसायले मैले भने ‘मानिसको जीवनमा बेलाबखत उतारचढाव आउँछ, सवै ठीक भैहाल्छ, केही छैन, शोसल नेटवर्कमा साथी–परिवारसँग हेलमेल हुने राम्रो समय जुरेको ठान्नु नि, अरु बेला मानिसको पढाई, काम, क्यारियर भन्दाभन्दै नेटवर्कमा रमाउने समयपो कहाँ मिल्छ र !!’ उनलाई भने मेरो सान्त्वनाले खासै प्रभाव पारेको भाव उनको अनुहारमा झल्किएन । उनलाई अस्पतालको विस्तरामा बन्दी बनेर बस्न परेकोमा निकै गाहरो भएको भाव उनको अनुहारमा सहजै अनुमान गर्न सकिन्थ्यो । मैले उनको मानसिकता सहज पार्नु पनि आफ्नो उपचारको एक पाटो हुने र आफ्नै जिज्ञासा पनि मेटाउने ध्याउन्नले उनको परिवारमा को–को छन् भन्ने तिर बुझ्ने मनले प्रस्न तेर्साए, ‘तिम्रो परिवारमा को को छन् ? परिवार सदस्यसँग यो घटना भएदेखि सम्पर्क भएको छ कि छैन ?’

उनले पलस्टर गरेको हातलाई अर्को हातको सहारादिँदै विस्तरामा अलि माथि सरेर शरीरलाई सहज हुने गरी आड लिँदै भनिन् ‘हामी परिवारमा बुवा, आमा र म मात्र हौं, आमा र बुवा दुवैजना नेदल्र्याण्ड्समा यूनिभर्सिटीमा काम गर्नुहुन्छ, चार दिन अगाडि मेरो एक्सिडेन्ट भएको थाहा पाउनासाथ दुवैजना आएर भेटेर अर्को दिन जानु भयो ।’

उनले अगाडि थप्दै गइन, ‘यो प्रविधि सम्पन्न ब्यस्त जीवनमा आफ्नो कामको सिल्सिला विगारेर समय खर्च गर्न पनि त सम्भव छैन, तर प्रविधिलाई धन्यवाद छ, हरेक दिन जस्तै उहाँहरुसँग सम्पर्कमै छु, साथमै भएजस्तो अनुभव भैरहन्छ, उहाँहरुको पहिलेदेखि बुक गरेको होलि–डे टुर छ, भोलिदेखि पाँच दिनको लागि, उहाँहरु होलि–डे टुरमा इटली हाम्रो बाजेहरु नेदल्र्याण्ड्स आउनु अघि बसेको गाउँमा जान थाल्नु भएको छ । मेरो पनि उहाँहरुसँगै जाने विचार थियो तर काममा छुट्टि मिलेको थिएन तर यसरि यहाँ थन्किएँ, के गर्नु न त खै, यस्तै हो’ भन्दै अलि मनिलो मुख लगाइन । उनलाई भाच्चिएका हात खुट्टा सञ्चोो हुन्छ–हुन्न भन्ने पिरै नभए जस्तो पुर्खाैली थलामा जान नपाएकोमा उनको मलिन अनुहार थियो ।

सायद उनलाई चिकित्सा विज्ञानप्रति पुरै विश्वास थियो क्यारे, हात खुट्टा सञ्चोो हुने विषयमा त उनलाई शङ्का नै नभए जस्तो । उनको खुट्टाको अवस्था उनले सोँचेजस्तो सजिलै सञ्चो भैहाल्छ भनेर किटान गरेर भन्न नसकिने स्थिति बताएर उनको चिन्ता थप्न पनि सक्ने स्थितिमा थिइन म । तर, उस्तै केस पहिला सञ्चोो पार्न सफल भएकोले यो केस पनि फरक हुँदैन भन्नेमा भित्र मनले त म पनि चिन्तित थिइँन ।

उनको मानसिक अवस्था भन्दा मेरो मानसिक अवस्था जटिल थियो । मलाई विरामी र आफ्नो सम्बन्ध कता गासिन्छ कि भन्ने चिन्ताले सताउँदै थियो । मेरो चिन्ताको भाव भने विरामीसँग लुकाउन म आफैमा संघर्ष गर्दै थिएं । आफ्नो मनोभाव लुकाउन पनि मैले विरामीलाई कुरामा तिमाल्नु(अल्मलाउनु) पर्ने थियो । त्यसबाट विरामीको मानसिक तनावलाई कम गर्नु पनि मेरो कार्यसम्पादनको एउटा पाटो पनि थियो । त्यही सोंचेर कुरालाई अगाडि बढाए
‘तिम्रो परिवार त भोलि नै यात्रामा निस्कने रहेछन् एक महिना पछि भए त बैसाखीकै भरमा भए पनि तिमीले पनि यात्रामा साथ दिन सक्थ्यौ होली !’

मैले उनको अवस्थाको विषयमा जानकारी पनि गराउनु थियो साथमा जानकारीबाट उनको दिमागमा पर्न सक्ने चिन्ता नथप्ने प्रयास गर्नु पर्ने पनि थियो । दुवै कुरालाई ध्यानमा राखेर उनलाई वास्तविकता झल्काएकी थिएं । कुरा अगाडि बढाउन मैले थपें
‘त्यसो भए तिम्रा पुर्खा इटलीबाट बसाइ सरेर नेदल्र्याण्ड्स गएका थिए ?’ उनीसँग मेरो रगतको सम्बन्ध जोडिन सक्ने सम्भावनालाइ मैले मेरो मन भित्रबाट टाढा पुर्याउने जमर्को गर्दै भनेकी थिएं । तर, मन भित्र कतै न कतै उनको र मेरो रगतको समबन्ध जोडिने चस्को मन भित्र गडिसकेको भान भैरहेको थियो । कतै सम्बन्ध जोडिने सम्भावना पुष्टि गर्ने तथ्य भेटिने सम्भावना पनि थिएन ।

विरामीले मलाई एकछिन है, मलाई चिया खाने मन लाग्यो, क्याटरिङलाई अर्डर गर्न बोलाउने स्वीच थिच्छु भन्दै अनुमति मागिन । मेरो सकारात्मक उत्तर पाएपछि बटन थिचिन र कुरा अगाडि बढाइन
‘मेरा बुवा र आमा दुवैले बेलायतमा पढेपछि नेदल्र्याण्ड्सको यूनिभर्सिटीमा जागिर पाएछन् । युनीभर्सिटी पढ्दा नै उहाँहरुको पिरती बसेछ, पछि हजुर वुवा र हुजुर आमा ७० वर्ष पुगेपछि इटलीको सवै खेतीपाती घर बेचेर नेदरल्याण्ड्स छोरा–बुहारीसँग बस्न थाल्नु भएछ ।’

त्यत्तिकैमा क्याटरिङको स्टाफ कोठामा आएपछि विरामीले दिएको चियाको अर्डर लिएर गइन । त्यत्तिन जेल रोक्किएको उनको र मेरो सम्बाद अगाडि बढाउँदै उनले भनिन्
‘मेरो ग्राण्डफादरलाई त म सम्झिन्न तर, ग्राण्डममसँग सानोमा म खेलेको संझन्छु । उहाँले मलाई फरक फरक टेस्टको चिज खान दिनु हुन्थ्यो, मम्मीले फ्याट(बोसो) बढी हुन्छ भन्दै कम खान भन्दा पनि म त खुब खान्थे, अहिले पनि चिज खुब मन पर्छ मलाई, बरु जति धेरै चिज खायो त्यत्ति धेरै साइकिलिङ गरेर फ्याट वर्न गर्छु’

मैले ठट्टाको भावमा भने ‘त्यही चिज धेरै खाएका कारणले यो बेडमा आइपुग्न परेको रहेछ ।’

उनको ओठमा हामीबीचको सम्बादका क्रममा पहिलो खुलेको मुस्कान निस्कियो । उनका दाँतहरु प्रष्ट देखिए । मैले एैनाम हेर्दा देख्ने आफ्ना दाँत र उनका दाँत पनि ठ्याक्कै उस्तै लाग्यो । मेडिकल साइन्समा ब्याख्या गरिएको जुम्ल्याहा सन्तानहरुका बीचमा देखिने समानाता थिए हामी बीचमा । तर, भौगोलिक, पारिवारिक र सामाजिक तथ्यले त्यस्तो पुष्टि गरिरहेको थिएन । त्यसै भएर म अल्मलीईरहेकी थिएं । झल्यास्स मनले सोच्न भ्याइहाल्यो ‘कतै मेरा बुवाले मेरी आमालाई छल गरेको परिणाम मैले फेला पार्न थालेकी त छैन !’ त्यसै बेला अर्को मनले त्यो सम्भावना नै भेटिन किन भने स्कलरसिपमा बुवा नेदल्र्याण्ड्स पढ्न जाँदा आमा पनि साथै गएर साथै फर्कनु भएको थियो । त्यो सम्भावनाको पनि पुरै नेगेटिभ परिणाम निस्किरहेको थियो ।

मेरो ठट्टामा उनले थपिन ‘हो नि, त्यो सण्डे(छुट्टि)को विहान थियो, ब्वाय फ्रेण्डको पनि छुट्टि परेको सण्डे हाम्रो रुटलेक–तालको वरिपरि साइकलमा घुम्ने सल्लाह भएकोले विहान टन्न चिज सँग नास्ता गरेँकी थिएं, त्यही पचाउन भन्दै मेरो साइकल ब्वाय फ्रेण्डको भन्दा अगाडि छिटो छिटो चलाउँदै थिएं, सडकको पेटिमा ब्ल्याक आइसमा साइकलको चक्का चिप्लियो अनि मेरो लड्खडिएको साइकलमा पछाडिबाट आइरहेको कारले ठक्कर हान्यो । त्यो कारको स्पिड फोर्टी माइल पर आवर भन्दा अलि कमै थियो होला ठोकिँदा चाहिं ।’
क्याटरिङकी केटीले चिया ल्याएर छेउँको टेबलमा राखिदिइन । मैले चिया पुर्याइँदिउ भनेर सोध्दा पर्दैन भन्दै चियाको चुस्की लिएर चियाको कप वापस टेबलमा राख्दै थपिन
‘ब्वायफ्रेण्डले पछाडिबाट मेरो साइकल लट्खडाएको देखेका रहेछन्, त्यो कारले बचाउन त खोजेको पनि रहेछ तर पल्लो साइडबाट पनि अर्को गाडि आइरहेको अवस्थाले गर्दा स्पिड घटाउँदाघटाउँदै त्यो कारले साइकलमा हानेछ, म त साइकल सहित दुबोमाथि थेचारिएछु । खुट्टा चाहि डण्डी र चक्काको बीचमा बल्झिएछ ।’

उनको अतितबाट यथार्थको खोजी गर्ने प्रयास गर्दैथिएं । तर हो हो, होइन होइन जस्तो लाग्दै थियो । उनलाई पनि मसँगको रगतको सम्बन्धको सम्भावनाको गन्ध महसुस भएको थियो कि थिएन भनेर सोध्ने आँट पनि आइरहेको थिएन । मेरो एकाग्रता उनको उपचारको विषयमा हुनुपर्ने थियो तर म भने यथार्थको खोजीमा उपचारभन्दा बढि लिप्त भैरहेको महसुस गरिरहेकी थिएं । एक मनले यो यथार्थको खोजीको मनसाय मनबाट निकाल्ने र उपचारमा मात्र ध्यान दिने विचार गर्थे तर अर्को समयमा म त्यो प्रयासबाट हारिसकेकी हुन्थें र फर्किएर पुरानै सम्बादको निरन्तरतामा पुगिरहेकी थिएं । विरामीलाई पनि मसँगको कुराकानीमा रमाइलो नै भैरहेका महसुश गरिरहेकी थिएं । उनलाई पनि आफ्नो अनुहार शरीर सवै मिल्ने ब्यक्तिदेखेर जिज्ञासा त पक्कै जागेको हुन पर्ने किन उनले केही ब्यक्त गरिरहेकी छैनन् भन्ने पनि खुल्दुली लागिरहे पनि म सोझै सोध्न पनि हिच्किचाइरहेकी थिएं । प्रसँगलाइ अगाडि बढाउँदै भने
‘खुट्टाको अवस्था अलि खराबै भए पनि यस्तै प्रकृतिको अवस्थामा पहिले एक विरामीको उपचार सफल भएको मेरो अनुभव तिम्रो लागि पनि फाइदाजनक हुनेछ ।’

यस पटक भने उनले खुट्टा भित्रको अवस्था उनले सोचेको भन्दा जटिल छ भन्ने अनुमान गरिन । उनको अनुहारले त्यसको झल्को पनि दिईहाल्यो । मैले सान्त्वना थप्दै भने
‘चिकित्सा विज्ञान तथा चिकित्सा प्रविधि धेरै अगाडि बढिसकेको छ, त्यसैले समय अलि बढि लागे पनि खुट्टाको अवस्था पुरै काम गर्ने अवस्थामा फर्कन्छ ।’

उनले धन्यवाद दिँदै भनिन ‘म तपाईँको उपचार दक्षतामा विश्वस्त छु । मेरो खुट्टाको भित्रको अवस्था यति सिरियस छ भन्ने चाहीँ थाहा थिएन, मलाई यथार्थ जानकारी गराइदिएकोमा आभारी छु ।’

मेरो मुखबाट स्वतहः स्फूर्त रुपमा निस्कियो ‘यो त मेरो पेसा र कर्म दुवै हो, म पुरै दिलदेखिनै तपाइको उपचारमा प्रयत्न गर्छु नै, खै किन हो सामान्य अरु विरामी भन्दा तपाइको उपचारमा म बढि उत्साहित महसुस पनि गर्दै छु ।’

उनले आफ्नो तकियालाई अलि माथि सारेर शरीरलाई अलि सजिलो पारिन, सायद एउटै पोजिसनमा धेरै बेर भएकोले उनको शरीरले चलमल गर्न चाहेर पनि होला । अनि अगाडि उनले थपिन ‘मलाई पनि सामान्य चिकित्सकसँगको उपचार संबन्धी सामिप्यता भन्दा तपाइसँगको कुरा गराइमा धेरै शान्ति मिलिरहेको छ ।’

त्यत्तिकैमा मेरो मनमा हामी बीचको सम्भावित रगतको सम्बन्धको यथार्थ बुझ्ने सम्बन्धमा उपाय सुझ्यो । हुन त कुराकानी बाट खुलेका यथार्थहरुबाट त्यस्तो सम्बन्ध हुनसक्ने सम्भावना थिएन जस्तो लाग्दा लाग्दै पनि मनले भने सम्बन्धको सम्भावनाको अट्कल काटिरहेको थियो । त्यसकै परिणाम थियो क्यार,े मनमा जसरि भए पनि पत्ता लागइ छाड्ने जिद्दी उब्जनमा ।

मेरो मन भित्र यस विषयमा अगाडि बढ्नु नैतिकता भन्दा बाहिर हुन्छ भन्ने र यथार्थ बुझ्ने जोखिम मोल लिने भावनाका बीचमा अन्तद्र्वन्द्व चल्यो । मैले उनीसँग अनुमति लिएर एकछिन कोठाबाट वाहिर निस्कने निधो गरें र भने ‘एक छिन म बाहिर गएर फेरि फर्कन्छु है ।’ ‘हुन्छ भन्ने सहज उत्तर दिइन उनले र भनिन यतिका कुरा गर्न पाएर पनि मेरो मन कति हल्का भएको छ ।’

म ढोका खोलेर वाहिर निस्किएं । विस्तारै उनको ढोका तानेर बन्द गरेर वार्डका विरामीहरुका फाइल भएको काउन्टरमा पुगें । खासमा उपचारको लागि आवस्यक नहुने हुँदाहुँदै पनि मैले ती विरामीको डिएनए परिक्षणको लागि निदेर्शन लेखें । नैतिक रुपले मैले गलत गरिरहेकी थिएं । कसैलाई घाटा लाग्ने काम गरिरहेकी त छैन नि भन्ने भावनाबाट आफू आफैलाइ सान्त्वना पनि दिइरहेकी थिएं । उनको रगतको डिएनए सिक्वेन्सलाई आफ्नो सिक्वेन्स दाँजेर हामी बीचमा कुनै रगतको सम्बन्ध छ कि छैन भन्ने जाच गर्न म तम्सिसकेकी थिएं, कदम चालिसकेकी थिएं ।

मलाई उनीसँग कुरा गरेर धित मरेकै थिएन । आफूले गर्नुपर्ने सवै काम सकाएर फेरि म उनीसँगै जान चाहन्थें । म उनको कोठामा पुग्दा साँझ परिसकेको थियो ।

बेलायतको जाडो यामको साँझको के कुरा गर्नु र घाम निस्कन पाएको हुँदैन, साँझ परिसक्छ । घाम देख्नै ठूलो रहर हुने । गएको महिनाभन्दा त अलिकता दिन लम्बिएको हो । तर, पनि विहान आठ बजेसम्म उज्यालो भएकै हुँदैन, अनि साँझ साढेचार बज्दा पनि वाहिर अन्धकार भैसकेको छ । कोठामा बत्तिको उज्यालोमा मैले विस्तारै ढोका खोलेर प्रवेश गर्दा उनले पढ्दै गरेको किताबको पानाको टुप्पो पल्टाएर किताब बन्द गर्दै सिरानी मुनि छिराइन ।

कोठाभित्र छिरेर ढोका बन्द गर्दै सोधेँ ‘कस्तो छ ?’

उनले तकियाको आडलाई अलि माथि सार्दै शरीर पनि अलि माथि सर्दै भनिन ‘कस्तो हुनु कोठाभित्र कैद भएकी छु, बन्दी जीवनबाट कहिले वाहिर निस्कन पाइन्छ भन्ने भैराखेको छ ।’

म कुर्सीलाई उनको बेडको नजिक लग्दै बसें र उनको कुरामा थपें ‘जीवनका सवै दिन एकै रफ्तारमा कहाँ चल्छन् र केही दिनमा ठीक भैहाल्छ नि । म पनि आजको दिनभरिको काम सकें, किन हो कुन्नि काम सकेर कतिबेला आएर तपाइसँग कुरा गरुँ जस्तो भैराखेको थियो । त्यसैले घर तिर नगएर यहाँ आएं तपाइलाई बोरिङ त भएन ?’

उनले थपिन ‘कहाँको बोरिङ् यो मेरो सुनसानको अवस्थामा तपाइसँग कुरा गर्न पाएर म त खुसी भएकी छु । साच्चै मलाई पनि एउटा कुरा मनमा खेलिरहेको छ । तपाईँँलाई कस्तो लागेको छ कुन्नि ? त्यो विहान ब्लड् प्रेशर लिने नर्सले भनेको कुरा त मैले सिरियस नै लिएंकी जस्तो छ । तपाइ गएपछि पनि मैले मेरो र तपाइकोबीचका समानताका बीचमा खुब सोँचे । हातमा किताब लिएर पढ्न खोज्थे तर दिमाग घुमेर फेरि त्यहि विषयमा चक्कर काटिरहेको हुन्थ्यो । तपाईँ अहिले यहाँ आएर त साच्चै नै मलाइ त गुन नै लगाउनु भयो ।’

हामी बीचको समानताको विषयमा उनको भावना पनि बुझ्न पाउँदा म मन भित्रभित्रै खुसी भएं । अव हामी दुवै मिलेर यथार्थको खोजीमा जुट््यौ भने सजिलै वास्तविकता पत्ता लगाउन सकिन्छ भन्ने पनि भयो । मैले प्रसँगलाई अगाडि बढाउन थपें ‘मेडिकल फाइलबाट हामी दुवैको जन्म दिन पनि एउटै भएको थाहा पाएं त्यसमाथि आफूसँगको हुबहु मिल्ने अनुहार र शारीरिक बनावट देखेर अलमल भएकै अवस्थामा त्यो नर्सले दुवै उस्तै छौ भनेर बताए पछि म त हाम्रो रगत कै सम्बन्ध जोडिएको जस्तो अनुभूति गर्दै थिएं अझ तपाईँले पनि समान भावना ब्यक्त गर्दा रगतको नाता जोडिने सम्भावनाको खोजी त नगरि नहुने पो भयो त ।’

उनले कुरालाई अगाडि बढाउँदै भनिन् ‘हामीले अनुमान गरिरहेको सम्बन्ध जोडिन त हाम्रो बाबु आमाबाट यथार्थ खुल्न सक्छ तर मलाई त मेरा बुवाआमाले यस्तो विषयमा केही पनि बताउनु भएको छैन । उहाँहरुले सवै कुरा मसँग खुलस्त पारेको जस्तो लाग्छ मलाई । कुनै रहस्य भएको जस्तो लाग्दैन । तर, हामीबीचको सवै समानता देख्दा कुनै रहस्य त छ जस्तो लाग्छ । आज त अलि अवेला भैसक्यो उहाँहरु यात्रामै हुनुहुन्छ । भोलि म उहाँहरुसँग यस विषयमा हुन सक्ने सम्भावनाका विषयमा प्रष्ट कुरा गर्छु ।’

मेरो मन बिचलित भैरहेको विषय पत्ता लाग्न सक्ने आधार भेटिएकोले मेरो मन आधा हल्का भयो । उता डिएनए टेस्टको रिजल्ट आउन पनि केही दिन त लागि हाल्छ । दिनमात्र कहाँहोर डिएनए रिजल्ट आउन त चार देखि छ हप्ता भनेको त एक महिना देखि डेढ महिना नै भयो नि । त्यो भन्दा पहिला यी विरामीबाटै केही रहस्य खुल्न पनि सक्छ भन्ने विश्वास जाग्न थाल्यो । एक मनले यो हामी दुई बीचको समानता रगतको नातासँग जोडिन सक्ने सम्भावना स्वीकार गर्न पनि सकिरहेको छैन, अर्को मन भने जुम्ल्याहाका बीचको समानता रगतको सम्बन्धका रुपमा जोडिन सक्ते तथ्यबाट त्यसै इन्कार पनि गर्न सकिरहेको छैन ।

त्यत्तिकैमा उनको फोनको घण्टी बज्यो । मेरो मनले हत्तनपत्त उनका बुवा–आमाको फोन भैदिए हुन्थ्यो भन्ने आशा गर्यो । दिमाग चक्कर खाइरहेको वास्तविकता खोज्ने अवस्थाबाट निकास निस्कने सूचना पाउन पाए हुन्थ्यो भन्ने सोच्न थाल्यो ।

उनले फोन रिसिब गर्दै ‘हेल्लो’ भनिन् । उता फोनमा बोल्दै यता इसारा र ओठ चलाउँदै मलाई ‘प्यारेन्ट्सको फोन’ भनेर जानकारी गराइन । तर, नेटवर्कको कमजोरीले गर्दा आवाज राम्रोसँग आइरहेको थिएन । फोन काटिए पछि अलि उदास हुँदै मलाई बताइन ‘नेटवर्कको कमजोरीले गर्दा राम्रोसँग कुरा नै हुन सकेन, उहाँहरु इटली पुगेर होटलमा चेकइन गर्नु भएछ, अव भोलि कुरा गर्नुपर्ला, अहिले अव थाक्नु पनि भएको होला’

उनले फोनमा कुरा गर्दैगर्दा उनीहरुको सम्बाद बाटै छोरीको अवस्था ठिकै भएको र रिफर भएर पहिलाको हस्पिटलबाट यो अस्पतालमा पुगेको जानकारी उनीहरुले पाए भन्ने मैले बुझैं । उनका खुट्टाको अपरेसन गर्ने सबै तयारी भैसकेको र विहान साढे नौ बजे अपरेसन गर्ने सहमति सहित भोलिपल्ट भेट हुने दुवैले बाचा गर्यौ । उनीसँग विदा भएर, ‘बाई एम्मा म घर तिर हिँडे’ भन्दै हिँडें ।

भाग – 2
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.