Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
अमेरिका पुगेका विदेशी दक्षजनशक्तिको भविष्य अन्योल
अमेरिकाको बुस प्रशासनले अध्यागमन -इम्रि्रेशन) सम्वन्धमा सुधार नीति अपनाउने घोषणा गरेपछि अमेरिकी कांग्रेस अनिर्णयको बन्दी बनेको छ । जुन महिनामा अमेरिकी सरकारले स्थायी बसोबास -ग्रिन कार्ड) का लागि थप निवेदनहरु स्वीकार गरिने बताएको थियो तर जुलाई महिनामा अचानक बाषिर्क १ लाख ४० हजारको कोटा तोकिएकोले नयाँ निवेदनहरु नलिने जनाएको छ । अध्यागमन सम्वन्धी अन्योलताका कारण खास गरेर विकासोन्मुख देशबाट नयाँ सपना देखेर अमेरिकामा पुगेका मानिसहरु अन्योलतामा परेका छन् ।

उच्च शिक्षा प्राप्त गरेका दक्ष जनशक्तिलाई अमेरिकाले ढोका खुला गरेर लोभ्याए पछि नेपाल लगायत चीन, भारत जस्ता देशहरुबाट थुप्रै मानिसहरु त्यहाँ गएका छन् । तर, अमेरिकाले लोभ देखाएर बोलाउने र पछि उनीहरुको भविष्यका सम्वन्धमा अन्योलता सिर्जना गरिदिने गरे पछि अहिले उनीहरु दोधारमा परेका हुन् । आफ्नो देशमा भएको घरबार र जागिर व्यवस्था छाडेर नयाँ अवसर खोज्न अमेरिका पुगेका ती आप्रवासीहरु खास गरी आफ्ना सन्ततीको भविष्यको विषयमा पनि चिन्तित हुन थालेका हुन् । बेलायतमा हाइली स्किल्ड योजना अर्न्तर्गत आएका अधिकांश आप्रवासीको जस्तै स्थिति उनीहरुको पनि रहेको छ ।

केही दिन अघि दक्षिण एशिया तथा चीनबाट अमेरिका पुगेका इन्फरमेशन टेक्नोलजी, इन्भेष्टमेण्ट तथा फाइनान्स जस्ता धेरै तलव हुने जागिर खाने आप्रवासीहरुले वासिंग्टनमा प्रदर्शन गरेका थिए । आफूहरुले ग्रिनकार्डका लागि दिएको निवेदनमा छिटो निर्णय होस् भन्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।कमसेकम आफ्ना निवेदनको निर्णय कहिले सम्ममा हुन्छ भन्ने जानकारी चाहियो भन्ने उनीहरुको जोडदार माग थियो । उनीहरुले आफूहरुलाई स्थायी नागरिकता तथा ग्रिनकार्ड नदिने भएपनि चाँडै थाहा दिइयोस् भन्ने माग गरेका छन् । निर्णय नपाएका कारण आफ्नो परिवार तथा केटाकेटीका बारेमा फैसला लिन नपाएको उनीहरु गुनासो गर्दछन् ।

अमेरिकाका केही सांसदहरु तथा जनप्रतिनिधिहरु भने अमेरिकामा कार्यरत आप्रवासीहरुका सम्वन्धमा उदार नीति अपनाउनु पर्ने धारणा राख्दछन् । उनीहरुले एच-१ भिसा हुनेहरुका लागि ग्रिनकार्डको कोटा बढाउनु पर्ने बताउने गरेका छन् । तर अन्य आप्रवासीहरुका सम्वन्धमा कडा नीति अवलम्वन गर्नुपर्ने दवाव पनि भैरहेका कारण एच-१ भिसाका सम्वन्धमा निर्णय लिनमा अमेरिकी कांग्रेसले ढिलो गरिरहेको छ ।

अमेरिकामा बाषिर्क ६५ हजार ग्रिनकार्ड वितरण गर्ने कोटा रहेको छ । स्किल्ड माइग्रेन्टहरुले सो कोटा बढाएर १ लाख ४० हजार गर्राईने आशा गरेका थिए । एच-१ भिसा हुनेहरुका सम्वन्धमा निर्णय नहुँदा सम्म न त उनीहरुले आफ्नो जागिर बदल्न सक्छन् न त कुनै प्रोजेक्ट नै लिन सक्छन् । उनीहरुले इम्प्लोयर तथा प्रोजेक्ट फेरेको खण्डमा खर्चिलो एवं जटिल प्रकृया अपनाउनु पर्ने अवस्था रहेको छ ।

एच-१ भिसा हुनेहरुका लागि मात्र नभएर अमेरिकामा अध्ययन गर्ने भिसा हुनेहरुका लागि पनि समस्याहरु खडा भएका छन् । अध्ययन पश्चात अमेरिकामै काम गर्ने युवायुवतीहरुले कथम कदाचित त्यहाँको नागरिकता नै पाएको खण्डमा पनि विदेशीहरु प्रतिको भेदभावका कारण उनीहरुको जीवन कष्टपूर्ण रहेको छ । बेलायतकी एक संगीत विशेषज्ञलाई अमेरिकामा गरिएको जातीय विभेदको सम्वन्धमा भारतबाट प्रकाशित हुने नव भारत टायम्समा एक रिपोर्ट प्रकाशित गरिएको छ । अमेरिकामा १० बर्षसम्म अध्ययन गर्ने अनुमति सहित भिसा दिइएकोमा जटिल तथा नियन्त्रित अमेरिकी नीतिको शिकार भएकी नलिनीको विषयमा एक रिपोर्ट प्रकाशित गरिएको हो । उनलाई सनप|mान्सीस्को एअरपोर्टमा रोकेर बेलायत फिर्ता पठाइएको थियो । उनलाई फर्काइएको कारण समेत बताइएन । उनले भिसाका लागि दिएको नयाँ निवेदनका सम्वन्धमा अझै सम्म निर्णय पनि दिइएको छैन ।

>अमेरिकामा सरकारका तर्फाट त्यहाँ बस्न चाहनेहरुका लागि एक विशेष मापदण्ड तोक्ने प्रयास भैरहेको छ । अमेरिकाका अधिकांश जनप्रतिनिधिहरुले गैर कानूनी रुपमा अमेरिकामा बसोबास गर्ने आप्रवासीहरुको संबन्धका कडा नीति अपनाउनु पर्ने धारणा रखेको पाइन्छ । न्युजर्सी स्टेटको बोगाटा सहरमा रिपब्लीकन पार्टी मेयर स्टिवन लानगेनले गरेको स्पेनिस भाषा तथा विदेशी व्यक्तिहरुका लागि नकारात्मक परिभाषामा समेट्ने प्रयासलाई रिपोर्टमा एक उदाहरण बताइएको छ । बोगाटामा बसोबास गर्ने २१ प्रतिशत व्यक्तिहरु स्पेनिस भाषा बोल्ने दक्षिण अमेरिकी मुलका व्यक्तिहरु रहेका छन् । मेयरले बाटोमा फोहर गर्ने र कुडाकर्कट फाल्नेहरु विदेशीहरु भएको बताएका थिए । उनको उक्त भनाइको विरोध गरिएको थियो । तर उक्त प्रदर्शनलाई आप्रवासीले पनि अमेरिकी रहन सहनको स्तर कायम गर्नु पर्ने तर्कका आधारमा दमन गरिएको थियो ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.