Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग ६
भाग ६

काकाले आफै गाडी चलाउनु भएकोले ड्राइभर सिटमा र अगाडिको वायाँ सिटमा दिनेश बसे । छोरी र म पछाडीको सिटमा बस्यौ । छोरीको निद्रा राम्ररी नपुगेकोले पनि गाडीमै थानकोट सम्म त सुतिन । तर, थानकोट पुग्दा उज्यालो पनि छ्याङ्ग भैसकेको र घामको किरण उनको अनुहारमा परेकोले पनि जागिन र निद्र पनि पुरा गरिछन् । थानकोट बाट ओरालो लागेपछिको घुम्तिमा गाडी गुड्दै गरेको नागबेली बाटो र पारि डाडामा देखिने घरहरु रमाइलो पनि लागेछ छोरीलाई तर त्यस्तो बाटोमा यात्रा गरेको अनुभव नभएकोले डराएको भाव पनि अनुहारमा झल्किन्थ्यो ।


मैले छोरीलाई सोधेँ ‘निद्रा पुग्यो ?’

छोरीः ‘अँ एकछिन त निदाएंछु गाडीमै । निदाउनजेल बाहिरको ल्याण्ड्सक्याप (प्राकृतिक सोन्दर्यता) हेर्न मिस गरेँ । डाडाहरु पारिपट्टिका घरहरु रमाइलो लाग्दै छ । तर, गाडीमा यता र उता मोडिँदा शरीर अडाउन समेत गाहरो हुने कति रमाइलो बाटो रहेछ । तर म त इन्ज्वाय गर्दैछु मम । डन्ट वरी ! हामी जाने सवै बाटो यस्तै हो ?’

मः ‘यो बाटो तल नौबीसे भन्ने ठाउँ सम्म यस्तै छ । त्यसपछि यस्तो नागबेली घुम्तीहरु छैन । तिमीले रमाइलो मान्ने छौ । अलि पर पुगेपछि नदीको किनार नै किनारबाट बाटो छ । एका पट्टि हरियाली रुखभएका पहाड छन् अर्को पट्टि नदी र त्यसको पारि पट्टि फेरि पहाडका डाँडाहरु छन् ।’

काकाले गाडी चलाउँदै हाम्रो कुरा पनि सुनिरहनु भएको थियो । छोरी जागेर कुरा गर्न थाले पछि गाडीमा बजिरहेको एफएम रेडियोको आवाज पनि निकै मधुरो पार्नु भएको थियो । उहाले मेरो कुरामा थप्दै भन्नु भयो ‘अव हामी अलि पर पुगेपछि चिया नास्ता गरौँला ।’

मः ‘अव एक घण्टा जतिमा चिया खान ठीक होला हैन दिनेश ?’

दिनेशः ‘हुन्छ, छोरीलाई कस्तो लाग्दै छ ?’

छोरीः ‘अरु त रमाइलो लाग्दै छ । तर, अलि वाकवाकी जस्तो अन इजी (असहज) हुँदै छ ।’

काकाः ‘ए ल, थोरै पर एउटा सानो झर्ना छ । त्यहाँ गाडी रोकेर एक छिन फ्रेस हावा खाने हातमुख भिजाउने गरेपछि ठीक हुन्छ, नानु । एकै छिन है ।’

पानि नभएको खोल्सोको सानो पुल तरेर गाडी अलि सम्मोमा गुड्दै थियो । पल्लो पट्टिबाट आएको ट्रकलाई उछिन्दै एउटा जिप अगाडि बढ्दा हाम्रो गाडी जाँदै गरेको साइडमै आइसकेको । काकाले ब्रेक नै लगाएर हाम्रो गाडीको स्पिड नघटाएको भए त ठोकिने नै थियो ।

परिस्थितिलाई सम्हाल्दै झनक्क रिस उठेको भावमा काकाले भन्नु भयो ‘कस्तो बेकुफ ड्राइभर रहेछ ! गाडी पास हुने स्थिति छैन भन्ने जान्दा जान्दै पनि ओभरटेक गरेर अगाडि बढेको । यस्तैले गर्दा त दुर्घनाहरु घट्छन् । मैले ब्रेक नलगाएसम्म ओभरटेक हुन सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि मिचेर हिँड्ने डाइभर बेवकुफ रहेछ । यो नेपाल हो यहाँ यस्तै हुन्छ । हजुरहरु विदेशको ड्रइभिङको बानी परेकाहरुलाई त अनौठो लाग्छ होला ।’ काकाले दिनेश सम्बोधन गरे जसरि भन्नु भयो ।

उहाँले नै अगाडि भन्दै जानु भयो ‘अब हजुरहरुलाई पुरानो कुरा सुनाउँछु । एसएलसी पास गरेपछि काठमाण्डौ पढ्न आउँदा पहिलो पटक मोटर चढेको कति रमाइलो लागेको थियो । त्यत्तिबेला यो नौबिसेदेखि थानकोट सम्मको बाटो पनि एक लेनको मात्र थियो । बीचबीचमा अर्को साइडबाट आएका गाडीलाई साइड दिन घुम्तिहरुमा अलि फराकिलो थियो । तल तिरबाट उकालो चढ्दै आएका गाडीलाई ‘राजा आयो’ भन्ने चलन थियो । ओरालो झर्ने गाडीले उकालो चढ्दै गरेको गाडी देखे पछि तीनचार घुम्ति माथि भएको त्यो साइड दिन भनेर फराकिलो पारेको ठाउँमा पर्खेर बस्न पथ्र्याे । हुन त अहिले जस्तो धेरै गाडी हुन्थेनन् । अहिलेको जस्तो गाडीको चाप हुने भए त सम्भव पनि हुने थिएन ।’

गाडीलाई एस्सो बाटोको साइडमा च्यापेर स्पिड घटाउँदै रोक्ने चाँजो मिलाउँदै भन्नु भयो ‘अव, उतिखेर जस्तो सागुरो छैन क्यारे यो बाटो यहीँ त्यो पानीको धारो पनि रहेछ । एकछिन खुला हावा खाउँ । यो पनी खान पनि हुन्छ । मूलको पानी हो । नानी पनि यो घुम्तिको बाटोमा अत्तिए जस्तो छ । पाँच सात मिनेट फ्रेस भएर फेरि बाटो लागौँला ।’

‘हाउ नाइस !’ भन्दै छोरी पनि मुलबाटै निस्किएको धारोको पनि खाने र खेलाउने गरेर रमाउँदै भनिन ।

दिनेश ‘छोरीलाई त यहाँ खुब मन परेजस्तो छ । यतै घर बनाएर छोरीलाई राख्न पर्छ क्याहो ?’ ठट्टा गर्दै भने ।

छोरीः ‘जहाँ राम्रो लाग्छ त्यहाँ नै बसिहाल्न कहाँ मिल्छ र ! यो त अहिले बाटोमा लङ्–ड्रइभको बेला पानीमा र खुला हावामा फ्रेस हुन पो रमाइलो भएको हो । यही सधै बस्न त बोरिङ हुन्छ ।’

मः ‘कत्ति न बाउले भरखरै यतै घरजम गरेर बस्छन् र यहीँको रैथाने भइन्छ भने जस्तो डारएकी ।’

छोरीः ‘उँ...’

हामी फेरि बाटो लाग्यौ । अगाडीबाट आइरहेको एउटा बसलाई उछिन्दै प्याँ... पार्दै लामो स्वरमा हर्न बजाउँदै एउटा जीपले ओभरटेक गरेर गयो । यस पटक भने हामी अलि परै थियौ तै पनि सतर्कका लागि हर्न बजाउँदै जीप गयो । यस पटक ओभरटेक गर्ने जीपको ड्राइभर भने अलि सिपालु र अलि विवेकी जस्तो लाग्यो । तर, त्यत्ति लामो हर्न बनाएकोमा भने मन त्यत्ति खुसी भैराखेकी थिएन । सायद काका, दिनेश र छोरी सवैले त्यो महशुस गरे हौँला तर, नेपालको प्रचलन अनुसार स्वभाविकै जस्तो भावमा हामीले मौन स्वीकृतिमै चित्त बुझायौ ।

काकाको फोनको घण्टी बज्यो ।

अर्जुन त कागज हामीलाई दिएर बुटवल उसै दिन फर्किसकेका थिए । उनकै फोन रहेछ । काकाको फोनमा घण्टी बजेपछि काकाले दिनेशलाई उठाउन भन्नु भए अनुसार फोनमा दिनेशले ‘हजुर अर्जुन बाबु, दिनेश भिनाजु बोल्दै छु, अ भन्नुस । हामी अहिले काका, म, अस्मिता र छोरी गाडीमा आउँदै छौ । केही खबर छ ?’

दिनेशले एकछिन फोनमा उताको कुरा सुनेपछि ‘हुन्छ, हामी करिब चार बजे तिर त्यहाँ आइपुग्छौ होला’ भन्दै फोन राखे । अनि भने ‘काकासँग हिजै अर्जुनको कुरा भएको रहेछ हैन काका ?’

काकाः ‘हो, ज्वाइसाब, मैले हिजै अर्जुनलाई हामी बुटवल पुग्ने र जिल्ला जाने कागज र श्रेष्ता मिलाउने विषयमा बताएको छु । आज बुटवल पुग्दा थाक्न पनि थाकिन्छ । आज बसेर भोलि विहान जिल्ला जानु पर्छ ।’

दिनेशः ‘अर्जुनले त्यही कुरा भए अनुसार बाटो मै हामी भएको अनुमान त गरेका रहेछन् । अगिनै बाट फोनमा सम्पर्क गर्न ट्राइ गर्दै रहेछन् । नेटवर्क नभएर होला सम्पर्क भएको रहेनछ । कति बेला पुग्ने भन्ने जानकारी लिएर त्यसै अनुसार हामी पुग्ने समय मिलाएर खाना तयार गर्नको लागि निधो गर्न सम्पर्क गर्न खोजेका रहेछन् ।’

हामी कृष्णभिर पुग्न करिब एक किलोमिटर वर सम्म गाडी जाम भएका रहेछन् । हाम्रो गाडी पनि त्यही लाइनमा थपियो । गाडीबाट झरेर काका एकछिन अलि अगाडिसम्म हिंड्दै जानु भयो । हामी पनि गाडीबाट वर्लिएर खुला हावा खान थाल्यौं । काका फर्किएर आएपछि उहाँले भन्नु भयो ‘कृष्णभिरमा पहिरो गएको रहेछ । डोजर आइसकेको छ रे एकै छिनमा बाटो खुल्छ भन्छन् ।’

पहिला म स्कूल पढ्दै गर्दा माओबादी र सरकारी सेनाबीच भिडन्त हुँदा हामी त्यही कृष्णभिरको पहिरो निरै पुगेका थियौ । हामी त्यस दिन बुटवलबाट बसमा काठमाण्डौ जाँदै थियौ । दुईतिरबाट गोली चलिरहँदा हामी त बसको सीट मुनि लुकेका थियौ । हामीलाई हुन त केही भएन तर त्यो गोलीवारीको संझनाले अहिले पनि झस्काउँछ । बसमा ७, ८ वटा गोलीले छेँडेको थियो । ठाउँठाउँमा प्रहरी र सेनाले ब्यारियर (तगारो) लगाएर गाडी रोक्थ्यो । यात्रुहरुलाई गाडीबाट झरेर हिड्नु पर्ने । अनि उनीहरुले गाडी पुरै चेक गरेपछि बल्ल अलि पर ब्यारियर पारि पुगेर बस चढ्यो फेरि करिब तीन घण्टा जतिमा उस्तै तगारो आउँथ्यो । झर्यो झोला जाँच गरायो, गाडी उनीहरुले फेरि चेक गर्थे फेरि बस दगुथ्र्यो । उनीहरुले केही भेटाउँथेनन । हामी यात्रीले भने निकै सास्ति भोग्नु पथ्र्यो । माओबादीले त्यो सवै बुझेका थिए, त्यसलाई कसरि छलेर हतियार गोलीगठ्ठा कहाँ पुर्याउने उनीहरुले छुट्टै ब्यवस्था मिलाएका हुन्थे । सरकारको चेक जाँचको नाटक मात्र हुन्थ्यो । भित्रभित्रै सेना र प्रहरीमै पनि माओबादीलाई भित्रभित्रै सहयोग गर्ने समर्थकहरु पनि हुन्थे रे । अझ हाकिमको घरमा तल्ला तहका कर्मचारीलाई घरकाजमा लगाएका हुन्थे । प्रायजसो तल्ला तहका कर्मचारी जसलाई हाकिमहरुले शोषण गरेका हुन्थे उनीहरु त प्राय माओबादीका समर्थक नै हुन्थे । माओबादीलाई कसरि सिध्याउने भन्ने योजना बनाएका फाइल त ती हाकीमा घरमा घरकाजमा खटाइएका तल्ला तहका सिपाइहरुले नै झिकेर लगेर फोटोकपी गरेर माओवादी कहाँ पुर्याइदिन्थे । फोटोकपी गरेपछि जस्ताको तस्तै राखेका हुन्थे, हाकिमले थाहा नै पाउँथेनन् । सरकारी योजना सवै माओबादीले पहिला नै थाहापाएका हुने हुनाले पनि माओवादीले थोरै हतियार र थोरै लडाकुकै भरमा पनि प्रहरि र सेनाको ठूलो हताहति हुने गथ्र्यो । पहिला सरकार चलाउने नेताहरुले माओवादी नेता मारेर ल्याउनेलाई पुरस्कार तोकेर उनीहरुलाई जनताका दुस्मन बताउँथे । अहिले उनै नेताहरु माओवादी नेताहरुसँग मिलेर हालिमुहाली गरेका छन् । माओबादीले आशा बाडेंको जनताको उद्धार पनि वाहियात रहेछ । जनता जस्ताको तस्तै छन् अहिले पनि, नेताहरुको सिटमा पुग्ने मान्छेमात्र फेरिएका छन् जस्तो लाग्छ अहिले त । हामीलाई भने झण्डै त्यो कृष्णभिरमा चलेका दुई पक्षबीचको गोलीले उति बेलै सिद्धाएन !

एकैछिनमा बाटो खुलेपछि फेरि हाम्रो गाडी पनि गुड्न थाल्यो । काकाले भन्नु भयो ‘झन्न चाडै खुल्यो बाटो । यो कृष्ण भिरको पहिरोले त बयालीस (वि.स. २०४२) सालमा मलाई तीन दिनसम्म थुनेको थियो । यहाँ त हरेक वर्ष नै पहिरोले पिरोलिरहन्छ ।’

एकैछिन त्यहाँ रोकिएर हाम्रो गाडी गुड्दै गर्दा छोरीले सोधिन ‘हजुरबुवा र हजुरआमाको मृत्यू भएको अवस्थामा मलाइ हजुरहरुले बताउनु भएको भन्दा अरु हामीले नगरेका कुरा हरु बताउनुस मैले कोर्षवर्कको लागि लेख्नु पर्छ । हामीले गर्दै गरेका कुराहरु त म देखिरहेकी छु त्यसैल त्यो म आफैले लेख्छु ।’

मः ‘तिमीलाई पहिला नै सामान्यातया अपनाइने संस्कारहरु बताएकी छु । अव, अरु कुरा पनि बतउँछु सुनः
कृया बसेको ब्यक्तिलाई आफन्तहरु खास गरेर काका र दाजुभाइहरुले पधेरा लैजान्छन् । सहयोगीहरुले लेगेको चमल, घिउ, कागती र अदुवा मात्र त्यो पनि दिनमा एक छाक मात्र आफैले पकाएर आफै खानु पर्छ । नुन त दश पुस्ता भित्रका बुवा तर्फ को पुस्ताले खानु हुँदैन भन्ने मान्यता छ । तर, अरु दाजुभाइहरुले नुन नहालेको तरकारी पनि खान हुन्छ । पाँचौ, सातौ र नवौ गरी विजोडा दिनहरुमा छोरीवटी तथा चेलीहरुका तर्फबाट घोत भनेर चिनी, घिउ जस्तो उपहार लिएर आउने चलन छ । त्यसरी ल्याएको घिउ कसले कति ल्यायो भन्ने लेखेर राख्ने र तह्र दिनमा चोखिए पछि जसले जति ल्याएको थियो त्यसको मुल्याङ्कन गरेर डबल गरेर दक्षीणा दिने गरिन्छ । नौ दिन पछि बाहुनहरुलाई मर्ने परिवारको आर्थिक अनुसार घोडा, भैसी, गाई, र भूमि दान गर्नु पर्छ । कसै कसैले भाञ्जभाञ्जीहरुलाई पनि त्यस्तो दान दिने गर्छन । धार्मिक मान्यताले गर्दा भैसीलाई यमराजको बाहन मानिने भनाइका कारण भैसीको दान स्वीकार गर्न मान्छेहरु अप्ठेरो मान्छन् । अर्को एउटा शैया दान दिने भन्ने चलन छ । त्यो भनेको मृत्यू हुने ब्यक्तिले दैनिक प्रयोग गर्ने जस्तो, लगाउने कपडाहरु, चढ्ने घोडा, दुध खाने गाइ भैसी, सुत्ने पलङ, तन्ना, विछौना, तकिया, जुत्ता, चप्पल, मन्जन, ब्रुस जस्ता सवैको सेट मिलाएर दान गर्ने गरिन्छ । त्यसरि दान गरेको खण्डमा मर्ने ब्यक्तिले स्वर्गमा पनि त्यस्तै सामान प्रयोग गर्न पाउँछन भन्ने धार्मिका भावना पण्डितहरुले सिकाएकाले त्यस्तो सामानहरु दान गर्ने संस्कार भएको हो । मर्ने ब्यक्ति पुरुष भए पुरुषले प्रयोग गर्ने सामानहरु र मर्ने ब्यक्ति महिला भए महिलाले प्रयोग गर्ने सामान दान गरिन्छ ।’

छोरीः ‘हाम्रो हजुरबुवा र हजुरआमा दुवै जनाको मृत्यू भएकोले लेडिज समान दान गर्ने कि जेन्स सामान दान गर्ने ?’

मः ‘हामीलाई यो धार्मिक भावनामा विस्वास नभएकोले त्यस्ता सामान किनेर बाहुनलाई दान नगर्ने सल्लाहा दिनेश र मैले गरेका छौ । हामीले बरु बीस लाखको एउटा अक्षय कोष बुवा र आमाको नाममा खडा गरेर स्कलरसिपको ब्यवस्था गर्न थालेका छौ । त्यस्तो स्कलरसिपबाट पढ्ने विद्यार्थीले हाम्रो समाजमा भएका अन्धविस्वास र विक्रिति हटाउने काम गर्ने छन् भन्ने सल्लाह गरेका छौ । त्यो भनेको अनावस्यक खर्च गर्न भन्दा त्यसरि खर्च गरिने रकमबाट च्यारिटी खडा गर्न थालेका हौ । हामी अव जिल्लामा र सदरमुकाम गएर त्यो च्यारिटी ब्यवस्था गर्न भोलि जाने हो । तिमीलाई पनि हामीले साथै लैजान्छौं । त्यसबाट तिमीले आफैले सिक्ने देख्ने मौका पाउने छौ । तिमीले देखेको थाहा पाएको कुरा सवै लेखेर स्कूलमा बुझाउनु है ।’

छोरीः ‘मलाई च्यारिटी गर्ने भनेको कुरा एकदम राम्रो लाग्यो । म सपोर्ट गर्छु । हाम्रो पुरानो चलन त नबुझेका मान्छेहरुले बनाएको जस्तो लाग्यो । नराम्रो कुराहरु त चेन्ज गरेर राम्रो कुरा गर्नु पर्छ ।’

कृष्ण भिरमा एकैछिन रोकिए बाहेक खासै बाटोमा गडबड भएन । त्यसैले चार बज्न लाग्दा हामी बुटवल पुग्यौ । हामी आइपुग्न थालेको थाहापाएर बुवाआमाको मृत्यूले गर्दा समबेदना प्रकट गर्न भनेर २४–२५ जना जति जम्मा हुनु भएको रहेछ । कतिपयलाइ त मैले चिन्न पनि सकिन । कसैलाई काकाले, कसैलाई अर्जुनले नाता बताउँदै चिनाइ दिनु भयो । तर, एकै पटक धेरै जनालाई चिनाएकोले सम्झनाले त्यत्ति धेरै काम गरेन । रुने र समवेदना र मेरो भक्कानो फुटेर आसु बग्नु स्वभाविक महसुस गरें । चिकित्सा विज्ञानको विद्यार्थी भएकीले गर्दा पनि भैसकेको मृत्यूमा आशु बगाएर सन्तोष गर्नु वाहेक अरु उपाय पनि त रहेनछ भन्ने पनि लाग्यो । साँझ ९ बजेसम्म नै पाहुनाहरु बाक्लै भए । त्यसपछि भने विस्तारै सवै जसो जानु भयो । काज कृयाको विषयमा आपसमा कुरा भए होलान मैले सुन्ने गरी कसैले केही भनेनन् । तर पनि समाजमा कृया नगरेको विषयमा निकै टिकाटिप्पणी भए होलान भन्ने अनुमान स्वाभाविक रुपमा गरें । बाँचनजेल सेवा गर्नु नै कृया कर्म हो । मरेपछिको स्वर्ग र नर्कका कथा गरेर संस्कारको ढोङ रच्नु बाहुन पोसेर समाजलाई अगाडि बढ्नबाट रोक्नमा योगदान पुर्याउनु हुने छ, भन्ने सोचेर चुप बसें । कसैले कुरा कोट्याएर जबर्जस्ति जवाफ दिने नपार्नु पनि समाजले मलाई सहयोग गरेको ठानें । एक त म छोरी भएकोले पनि केही छुट पाएकी थिएं । छोरा भैदिएको भए बाबुआमाको कृयाको विषयमा छुट पाउन सम्भव थिएन कि जस्तो महसुस भने भैरहेको छ । केटीमान्छे भए वापतमा समाजले दिएका ताडनाहरुलाई यही आवसरमा सान्त्वना दिने बहाना पनि बनाएं, आफैले सन्तोष मानें ।

भाग – ७ भाग– ५
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.