Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
बन्दा+बन्दी: ब्यौला–ब्यौली
(हास्य ब्यङ्ग साहित्य)
बन्दा+बन्दी: ब्यौला–ब्यौली
(हास्य ब्यङ्ग साहित्य)
–गोविन्द बेल्वासे

लगन गाठो कसेर बन्दा र बन्दी विवाह मण्डपका छेउँमा बसेकाले जन्ति भने घरभित्र विश्राम गरिरहेका छन् । दुलहा पक्षका र दुलही पक्षका गरेर प्रचण्ड र ओली थरका दुइजना पण्डित भएको विवाह समारोहमा हवन गर्दै गर्दा बेलाबखत पण्डितहरू बीचमा शाष्त्राश्त्र पनि चल्ने गरेको जग जाहेर छ । अहिलेको यूग भनेको लैङ्गिक समानताको यूग हो । तर, विवाह त विपरित लिङ्गी बीचमै हुन्छ । त्यसैबाट मानव समाज निरन्तर बगिरहन्छ । समान लिङ्गका बीचमा हुने विवाह भनेको त अपवाद मात्र हो । त्यसैले विषय र प्रसंगले अर्को अर्थ नलागेमा विवाह भन्नाले बन्दा र बन्दीका बीचमा हुने विवाहला्इ सम्झनु होला ।

। फोटो स्रोत इकान्तिपूरः नसोधी हाँले जेत पर्ला देखाजायगा ।

बन्दा ब्यौला बनेकाछन् बन्दी ब्यौली बनेकी छन् र विवाह सम्पन्न भएपछि बन्दाबन्दी हुनेछन् । विवाह पश्चात यो जोडीलाइ लक–डाउन भन्ने ब्यौला–ब्यौली दुवै तिरका पक्ष विपक्षका बीचमा सहमति भएको छ । उनीहरूलाइ शोसल डिस्टेन्सिङ जोडी भन्ने भनेर सालासालीहरूले उठाएको मागका विषयमा भने विवाद भएकोले फिजिकल डिस्टेन्सिङ भन्न पनि पाइने सहमति भएपछि विवाद अगाडि नबढाउने सहमति भएको विश्वस्नीय स्रोतले जनाएको छ ।

यी दु्इ बीचको विवाहको प्रसंग चलाउने र लमिको काम गर्ने श्रेय भने चीन देशको वुवान प्रान्तलाइ दिने गरिएको छ । कुरा छिन्ने काम त्यतै भए पनि स्वयंबर भने इटली र स्पेनको संयूक्त योजनामा गरिएको हो । स्वयंबर पछि निमन्त्रणा गर्ने क्रममा यो बन्दाबन्दीको निमन्त्रणा पाउनासाथ नेपाल र भारतले संगै निम्तो स्वीकार गरेका हुन । अव लगन मिति छोटिँदै गएपछि बन्दबन्दीको चर्चा फेरि हुन थालेको छ । विवाह पर्खिएर बसेकाहरू घरभित्रै जन्त जाने कपडा सिउने, धुने, सुकाउने, स्त्री (आइरन) लाउने, सिङ्गार पटार गर्ने, दाह्रीकपाल लम्बाइलम्बाइ मिलाउने गर्दै बसेका छन् ।

गएको हप्ता भने बालुवाटारबाट सगुन लिन पुर्व प्रहरी प्रमुख सहित तराइतिर मान्छे पठाइएछ । एकजना सांसदलाइ सगुन सहित ठूलै तारे होटलमा राखेका रहेछन् । सगुनसंगै आएका मोटामान्छे नै भागेपछि विवाहको सगुन हरायो भन्ने हल्ला जताततै चल्यो । नेपाल भित्र मात्रै हैन विदेमा भएका नेपालीले पनि सामाजिक सञ्जालमा सगुनै लिएर भागिदिनाले प्रधानमन्त्री नै फसादमा परे भनेर खुब हल्ला मच्चाएको त मैले पनि देखेँ, भोगेँ । तर सगुन हराएको छैन भन्ने मान्छेपनि भेटिए । त्यसैले यस्तो विवादको सगुन चोरीको उजुरी नसुनिने ठहर सुनाइएको छ ।

सगुन हराएकै छैन फक्कैमा हल्ला नगर भनेर जन्ती पक्षका दश जना पाखुरा सिङ्गुर्दै बार्दलीमा कुर्लेका छन् । ती दशजनाको नाम यस प्रकार छः– डा. अर्जुन कार्की, विपिन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाश प्रसाद गुप्ता, रामेश्वर खनाल, डा. रेणु अधिकारी र रेम विश्वकर्मा, सूर्यराज आचार्य तथा सुशील प्याकुरेल ।

विवाहको लागि पठाइएको सगुनमा बन्दा गोबी पनि सजाएर ट्रेमा राखेर ल्याइएको थियो रे । त्यही भएर कोरोनाभाइरसको बन्दीले उनीहरूलाइ रोक्ने त कुरै भएन । हुँदा हुँदा हाम्री बन्दी बेहुली हाम्लाइ अहिल्यै चाहियो भनेर होला एकहुल भएर सगुन भनेको बन्दा लिन नेपाल कम्यूनिष्ट पार्टीका अल्लारेहरू घर आँगन रेष्टुरेन्ट अगाडि हुल गरेछन् । जनता भने हामलाइ घरमा थुनेर हराएको सगुन खोज्न हिँडेका जन्तिको रमाइलो हेर्न पाइएन भनेर उदास भएर टेलिभिजनको च्यानल घुमाउँदै कुन टिभीमा देखिन्छ भन्दै हैर्दे गरेका छन् । तर, जापानी टिभीमा पनि उस्तै देखियो, कोरियन महगो टिभीमा पनि उस्तै, भारती, चीनया जुन कम्पनीको टिभीमा हेर्दा पनि उही उदेकलाग्दो निरासाजनक राजनीतिको खेल जस्तो निरस विवाह रहेछ । विवाह त ब्याण्ड बाजा सहितको जन्ति भएपो रमाइलो हुन्छ त यस्तो त नरमाइलो भयो भन्न थालेका छन् । रमाइलो जन्ती र जीउती हेर्ने पर्खाइमा सर्वसाधारण पर्खिरहेकाछन् ।

नेपालको नेकपाले हाँकेको सरकारले त्यो माग पनि चाँडै नै पुरा गरिदिने प्रबल सम्भावना रहेको हाम्रा सम्बाददाता जनाउँदछन्
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.