Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
'मुंशीजी' सँगको एकान्तबास
मुंशीजी (साहित्य)

-गोविन्द बेल्वासे)


दुर्इ धर्केको धर्सोले धसारेको कोभिड एकान्तबासमा राम्रो सञ्जोग जुर्यो । विस्तरामा पल्टिरहेको थिएँ, त्यसैबेला मुन्शीजीले मलाइ म जन्मेको गाउँ पुर्याए । स्कूल पढ्दाको सदरमुकाम डुलाए । मान्छे बोकेर सिमाना पार पुर्याउने घोँडाले तान्ने ती टाँगाको दृष्य देखाए । सिवालयको सिढीमा भिख माग्दै बसेका अपाङ्ग र बृद्धलार्इ भीक्षा दिँदै फूल प्रसाद लिएर मन्दीर उक्लने महाजनको रवाफ झल्काइ दिए ।)

बचपनभरि कानमा गुञ्जीएका र साथीहरूसंग वार्तालाप भएको देहाती अवध भाषाका मुन्शी प्रेमचन्दका कथाले मलाइ भने समुन्द्र पारि पुर्याएको हुन्थ्यो । उही गोरू गाडामा चढेर रामघाटको मेला गएर बतासा खाँदै गरेका यात्राहरूको अनुभूति गराइरहेको हुन्थ्यो । हाफटाइममा पोलेका आलु संग काँटेका प्याज कडप्प टोक्दै देहाती साथीसंग जिस्किएका छँड याद दिलाइ दिन्थे ।

प्रविधिको कमाल ! मीठो स्वरमा विस्तरामै पल्टँदै सुन्न पाइने पोडकाष्टमा प्रेमचन्द जीवन्त भेटिए । पण्डितले सुनाएका अष्टचिरञ्जिविहरूको सूचिमा उनको नाम थिएन तर उनी मेरै गाउँघरमा जिवित रहेछन् । अजम्मरि भएका रहेछन । मेरा लागि त बेदब्यास जस्तै अजम्मरि भैसकेका रहेछन् । बचपनदेखि उनको नाम र बखान सुन्दै हुर्किएँ । तर, तल्लीन भएर न त उनलाइ पढ्ने साइत जुरेको थियो नत मनन् गर्ने जमर्को गर्न सकेको थिएँ । यहि एकान्वासमा उनलाइ पढ्न वा सुन्न धेरै विलम्ब गरेर जीवनको बहुमुल्य समय किन खेर फाँले भन्ने पछुतो लाग्ने गरी सुने । मनन् गरेँ । रमाएँ । चेत बढाएँ । उनले डोर्याएको समाजको झलकको उज्यालो पक्ष महशुस गरेँ ।

उनको 'नमकका दरोगा' नामको कथा सुन्दा शिर्षकले नै गाउँको दक्षीण छेउँको जुजुको दुकान अगाडि राखेका ढिके नुनका बोराको थाक झल्कायो । तर समाजलार्इ उज्यालो पार्ने ज्योतिको प्रकाशका शब्दजाल कथाको अन्त्यमा इमान्दार बन्न पाठकलाइ उक्साउने मन्त्रमा समेटिएको रहेछ । अति सरल, बोलिचालीको लवज, छिमेकमा, पल्लो गाउँमा र हाटबजारमा भेटिएका सम्बादको रसोस्वाद गराए । त्यसै उनी अमर भएका होइन रहेछन् । भावमा गहिराइ, सन्देशमा चेतना, प्रस्तुतिको मिठास र बिम्बको सिल्सिलाले अम्मर तुल्याएको रहेछ भन्ने रहस्य पनि खुल्यो । त्यो सन्देशले मलार्इ उनीप्रति नतमस्तक बनायो । जुलाइ ३१, १८८०मा जन्मेका उनी(धनपत राय श्रीवास्तव)को शरीर म जन्मनु भन्दा पहिला सन् १९३६ अक्टोबर ८ मै यो संसारबाट विलिन भैसकेको थियो तर साहित्यकार प्रेमचन्द मेरालागि अहिले पनि जिवित रहेका छन् ।

मनु (मनुस्मृति)ले विधुवा आमालार्इ सम्पत्तीको मालिक नबनाएर छोरालार्इ हकदार बनाएको विषयलार्इ बिद्रोह भाव जगाएर परम्परा सुधारको चेत बाड्न उनले निकै ढङ्ग पुर्याएको पाएँ । इलाहाबाददेखि कल्कत्तासम्म नै उनको जमानामा दयाभागको शाखा प्रचलीत रहेछ भन्ने पनि बुझिन्छ । लैङ्गीक विभेद सुधारका पक्षमा केही हदसम्म उनले हिम्मत गरेको भेटिन्छ । तर, उनको चेत जातीय विभेद विरूद्ध पोखिन सकेको भने भेटिएन । जातीय ब्यवस्थामा अडेको विरादरी प्रथालार्इ उनले समाज सन्तुलनमा न्यायको कडीकै रूपमा पेश गरेको पाइन्छ । उनको चेतना स्तरलार्इ सनातन धर्मका रूपमा परिचित पुर्विय दर्शनले डोर्याएको स्पष्ट देखिन्छ । उनका कथाहरूलार्इ समाजको बिम्बकै रूपबाट इतिहासको पाठका रूपमा बुझ्न पनि सकिन्छ ।

उनको लेखनमा तत्कालीन बेलायती शासकबाट मुक्ति पाउन जनचेतना जगाउने प्रयास गरेको भेटिन्छ । बेलायती उत्पादनका कपडाको बहिस्कारका घटनाक्रमलार्इ साहित्यको माध्यमबाट नैतीक बल प्रदान गरेर स्वतन्त्रता संग्राममा विद्रोहीका रूपमा उनी खडा भएको पनि पाइन्छ । उनले बेलायती शासनबाट स्वतन्त्र भएको भारतको समाज देख्न पाएनन् तर उपनिवेशबाट उन्मुक्तिकालागि ठूलो योगदान दिएका रहेछन् ।

सन् १९२१मा असहयोग आन्दोलनको समयमा महात्मा गान्धीले सरकारी जागीर छाड्ने आह्वान गर्दा उनले स्कूल निरीक्षकको जागिरबाट २३ जुनमा राजीनामा दिएका थिए । त्यसपछि उनले लेखनलार्इ नै ब्यवसाय बनाए । मर्यादा, माधुरी आदि पत्रिकाको सम्पादकको भूमिकामा पनि काम गरे । प्रवासीलालसंग मिलेर सरस्वती प्रेस नामको छापाखाना किनेर हंस र जागरण पत्रिका पनि निकालेका थिए । ऋृणको भार हटाउन सिनेटोन कम्पनीमा कथा लेखकको जागीर खाए पनि उनि टिक्न नसकेर संझौता गरेको समय पनि पुरा नगरी छाडेका थिए । उनलार्इ त्यस काल खण्डका तथा बीसौँ सताब्दीका हिन्दी भाषाका सर्वश्रेष्ठ साहित्यकार मानिन्छ । उनका उपन्यासहरू असरारे मआबिद, हमखुर्मा व हमसवाब, किशना, रूठी रानी, जलवए ईसार, सेवासदन, प्रेमाश्रम, रंगभूमि, निर्मला, कायाकल्प, अहंकार, प्रतिज्ञा, गबन, कर्मभूमि, गोदान, मंगलसूत्र हुन ।

त्यसै गरी उनले 1. अन्धेर 2. अनाथ लड़की 3. अपनी करनी 4. अमृत 5. अलग्योझा 6. आखिरी तोहफ़ा 7. आखिरी मंजिल 8. आत्म-संगीत 9. आत्माराम 10. दो बैलों की कथा 11. आल्हा 12. इज्जत का खून 13. इस्तीफा 14. ईदगाह 15. ईश्वरीय न्याय 16. उद्धार 17. एक आँच की कसर 18. एक्ट्रेस 19. कप्तान साहब 20. कर्मों का फल 21. क्रिकेट मैच 22. कवच 23. कातिल 24. कोई दुख न हो तो बकरी खरीद ला 25. कौशल़ 26. खुदी 27. गैरत की कटार 28. गुल्‍ली डण्डा 29. घमण्ड का पुतला 30. ज्‍योति 31. जेल 32. जुलूस 33. झाँकी 34. ठाकुर का कुआँ 35. तेंतर 36. त्रिया-चरित्र 37. तांगेवाले की बड़ 38. तिरसूल 39. दण्ड 40. दुर्गा का मन्दिर 41. देवी 42. देवी - एक और कहानी 43. दूसरी शादी 44. दिल की रानी 45. दो सखियाँ 46. धिक्कार 47 धिक्कार - एक और कहानी 48. नेउर 49. नेकी 50. नबी का नीति-निर्वाह 51. नरक का मार्ग 52. नैराश्य 53. नैराश्य लीला 54. नशा 55. नसीहतों का दफ्तर 56. नाग-पूजा 57. नादान दोस्त 58. निर्वासन 59. पंच परमेश्वर 60. पत्नी से पति 61. पुत्र-प्रेम 62. पैपुजी 63. प्रतिशोध 64. प्रेम-सूत्र 65. पर्वत-यात्रा 66. प्रायश्चित 67. परीक्षा 68. पूस की रात 69. बैंक का दिवाला 70. बेटोंवाली विधवा 71. बड़े घर की बेटी 72. बड़े बाबू 73. बड़े भाई साहब 74. बन्द दरवाजा 75. बाँका जमींदार 76. बोहनी 77. मैकू 78. मन्त्र 79. मन्दिर और मस्जिद 80. मनावन 81. मुबारक बीमारी 82. ममता 83. माँ 84. माता का ह्रदय 85. मिलाप 86. मोटेराम जी शास्त्री 87. र्स्वग की देवी 88. राजहठ 89. राष्ट्र का सेवक 90. लैला 91. वफ़ा का खजर 92. वासना की कड़ियां 93. विजय 94. विश्वास 95. शंखनाद 96. शूद्र 97. शराब की दुकान 98. शान्ति 99. शादी की वजह 100. शान्ति 101. स्त्री और पुरूष 102. स्वर्ग की देवी 103. स्वांग 104. सभ्यता का रहस्य 105. समर यात्रा 106. समस्या 107. सैलानी बन्दर 108. स्‍वामिनी 109. सिर्फ एक आवाज 110. सोहाग का शव 111. सौत 112. होली की छुट्टी 113.नमक का दरोगा 114.गृह-दाह 115.सवा सेर गेहूँ नमक का दरोगा 116.दूध का दाम 117.मुक्तिधन 118.कफ़न
नामका कथाहरू पस्किएका छन् ।



इदगाह नामको कथामा उत्तर भारतको समाजको चित्रण गर्दै अग्रजहरू प्रति सेवाभाव दर्शाउने बालभावना प्रेरित गर्न चिम्टाको विम्ब पस्किएर बालमनोविज्ञानलार्इ उर्जा दिएका छन् । एउटा सोझो केटोले इदको मेलामा खर्च गर्न पाएको पैसाबाट चिम्टा किन्ने चेत जगाएको छ उक्त कथाले । बच्चाको त्यस्तो विवेक हुँदैन भनेर कथाकारलाइ अब्यवहारिक भन्नेहरू पनि होलान । तर, उनका कथा पढ्ने बच्चाले के सिक्छ भन्ने मुल प्रश्न हो । साँझ विहान रोटी पकाएर परिवारलार्इ ख्वाउने बुढीआमाका पोलिएका औँला प्रति बच्चाहरूलार्इ सम्बेदनशील हुन सिकाएका छन् । अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको भलाइका लागि गरिने योगदान विर्सन नहुने चेत जगाउने उनको लेखनबाट धेरैले धेरै नै सिक्न सक्छन् । पीडी जेम्सको 'चिल्ड्रेन अफ म्यान' उपन्यासमा भविष्यका पुस्ता प्रतिको माया देखाए जस्तै प्रेमचन्दको भावलार्इ पनि लिन सकिन्छ । प्रोफेसर स्यामुएल स्क्याफलले त आफ्नो दार्शनिक विवेकको स्रोत समेत त्यसैलाइ बताउने गरेका छन् । त्यस अर्थमा मुंशीका साहित्यमा दार्शनीक चेत भेटिन्छ ।

एउटा कथामा मात्र होइन हरेक कथामा एक से एक सन्देश भेटिन्छ । परम्परागत रूपमा प्रचलीत श्रवणकुमारको कथाले पित्री सेवामा समर्पित हुन सिकाउने लहरोलार्इ उनले समय अनुकुल सरल शब्दमा प्रष्टाएका छन् । पुर्वजन्म र अध्यात्मको जगमा अडिएको समाजकै पात्रका रूपमा आफूलार्इ पनि उनले उभ्याएका छन् । महिलालार्इ उनले स्वतन्त्र ब्यक्ति नसम्झेर पुरूषकै दासीका रूपमा बुझ्नसकेको र त्यसै भावको निरन्तरतालार्इ सभ्यसमाजको कसी भन्ने अर्थ लगाएका छन् । अहिलेको प्रविधिले बाँडेको चेतनाको अर्थमा उनी गलत देखिँदा पनि तत्कालीन समाजको चेतना स्तरको परीधिभित्र राखेर हेर्दा उनको योगदानबाट उदासिन भने हुनपर्ने ठहरिँदैन । भानुभक्तले नारी चरित्रको कसी निर्धारण गर्ने सन्देश तथा बधुशिक्षा र उनको समाजमा खासै फरक नभएकोले त्यसै समयको लागि उनका सन्देशको कदर गरिनु पर्छ । अहिलेको समाजमा उनको सन्देशलार्इ अध्यावधिक चेतबाट परिमार्जित गरेर नै बुझ्नु पर्ने हुन्छ ।

समाजमा उनले देखेका निष्ठुरी, कपटी, झेल्ली पात्रहरूलार्इ नकारात्मक भाव दर्शाएका छन् । पाठक र श्रोतालार्इ असल पात्र बन्न उक्साउने उनका शब्दजाल अमर छन् । हिन्दीभाषी समाजमा उनको साहित्यले धेरै राम्रो भूमिका खेलेको छ ।

उनको जस्तै परिवेशबाट अघि बढेको र समान सांस्कृतिक धरातलमा अडेको छ नेपाली समाज । नेपाली समाजले प्रेमचन्दलार्इ अङ्गीकार गर्न सके उस्तै संस्कार भावबाट नियम बाँध्दै गर्दा समान सन्देशद्वारा राम्रो छाप पर्नेछ ।





दुर्इ धर्के अनुभूति



प्रसंगः भ्याक्सिन पछिको कोरोना संक्रमण

दुर्इ धर्के ल्याटरल फ्लो टेस्टले ककहरा पढ्दाको 'तीन धर्के ण'को सम्झना गरायो । मेरो अधिल्लो पुस्तालार्इ मेरो पुस्ताले जसरि उछिन्दै गयो, त्यसै गरी तीन धर्के 'राा' लार्इ 'ण' ले प्रतिस्थापित गर्यो ।

स्वस्थानीमा तारकासुरको डरले त्राहिमाम भएका देवहरू भन्दा बढि मानिस कोभिडबाट नतमस्तक भएकाबेला वैज्ञानिकले बनाएको यन्त्र हो ल्याटरल फ्लोको दुर्इ धर्के परीक्षण यन्त्र । घरमै कोभीड परीक्षण गर्न सकिने माध्यम हो यो भाँडो (टुल) । बन्दीखाम भित्रको एउटा सुइरो नाक र घाँटीको फेँदैसम्म ठेल्यो ६ थोपाको झोलमा डुबायो । एकै छिनपछि दुर्इ थोपा झोल अनो(हलो) रूपी तीन इन्चको खोपीमा झार्यो, पर्ख्यो ! एक धर्को भए बच्यो, दुर्इ धर्को देखिए सुरूभो त्राहिमाम !

यो परीक्षणबाट कोभीड भाइरस शरीरमा थोरै भए दोस्रो धर्को मधुरो हुँदो रहेछ भन्ने अनुभव रह्यो । शरीरमा भाइरस फैलँदै गएपछि दोस्रो धर्को पनि चहकिलो हुँदै जाँदो रहेछ । आँखाले नदेख्ने, इन्द्रीयले नखुट्याउने तर शरीरमा प्रभाव पार्ने भाइरस चिन्न सक्ने यन्त्र बनाउन सक्ने बैज्ञानिकको सय जिब्रा भएका नागले पनि प्रशंसा गर्न के सक्लान र ? म मनुवाले के सकुँला र !

अघिल्लो हप्ता रूघाले नाक बगायो तर खासै सताएन । छोरी र श्रीमतीज्यूले अस्पतालमा काम गर्ने हुनाले एनएचएस(नेशनल हेल्थ सर्भिस,यूके)ले सित्तैमा दिएको धर्के यन्त्र घरमै थियो । बुधवारका दिन सवैले परीक्षण गर्यौँ । मेरो र छोरीको एक धर्को र श्रीमतीको हल्का मधुरो दोस्रो धर्को पनि देखियो । हत्तनपत्त पीसीआर परीक्षण बुक गरेर बुढाबुढीले स्याम्पल दिएर फर्कियौँ । उहाँको आइसोलेशन सुरू भयो, मेरो संशय । भर केवल शरीर भित्र छिराइएका भ्याक्सिन(मेरो दुर्इ र उहाँको बुस्टर समेत) को प्रतिरक्षाको रह्यो । त्यसैले आँट पनि जगाएकै हो । भ्याक्सिन कति कारगर छ, साच्चै कारगर हो कि जालझेलको ब्यापार भन्ने अनुभवबाट छुट्याउने जमर्को पनि गर्ने मन भयो ।

सुक्रबार धर्के यन्त्रले मेरो पनि मधुरो दोस्रो धर्को देखायो । बुघवारको राति नै कोभिड पोजेटिभ भनेर श्रीमतीज्यूको रिजल्ट आएपनि मेरो भने विहिवार साँझ बल्ल स्पष्ट गरी परीक्षण हुन नसकेको इमेल प्राप्त भयो । सनिवार विहान धर्के यन्त्रले मेरो दोस्रो धर्को पनि चहकिलो देखायो । नदेखिने भुसुनो शरीरभरि फैलिएछ भन्ने निधो गरेर आइशोलेशन पनि सुरू भो । पीसिआरको लागि दिएको स्याम्पलको परिणाम भने यी हरफ कोर्दासम्म पाएको छैन ।

अधिल्लो हप्ताको रूघामा हाच्छिउ, खोकी र नाक बग्ने भएको थियो । सुक्रबारदेखिको कोरोना असरमा भने खोकी ठ्याक्कै छैन, दुर्इ तीन पटक हाच्छिउँ बेहोरेँ । शनिवार विहानसम्म शरीर फुर्तिलो थियो तर दिउँसोबाट सिटामल हरेक चार घण्टामा खाँदा पनि हल्का भने भएको छैन । धेरै अप्ठेरो पनि भएको छैन । सुनेको र पढेको अनुभूतिहरूमा कोभिडको लक्षण भनेर खानाको स्वाद नहुने चर्चा थियो । तर, त्यो अनुभव भएको छैन । सधै भन्दा बढि नै भन्न धरमर भए पनि भोकमा कमी आएको छैन । खानाको स्वादमा कमी हामी दुवैले महसुस गरेका छैनौ । छोरी लगायत अरू परिवार सदस्यको पीसीआर परीक्षणमा नेगेटिभ परीणाम प्राप्त भएको छ ।

पीसीआर परीक्षणको पनि मेरो नयाँ अनुभव रह्यो । टेस्ट सेन्टरमा पुग्दा टेस्ट बुक गरेपछि प्राप्त इमेलको बारकोड सहित परिचयपत्र (आइडी) देखाएपछि ती कर्मचारीले कालो प्लास्टिकको थैलो दिए । छेवैँको स्टिल सङको मोटो किलोको तल्लो भागमा उठेको खुड्किलामा दायाँ खुट्टाले लचक्क थिच्दा निस्केको सेनिटाइजर हातमा दलेर चार खुड्कीला सिढी चढ्दा त्यहाँका कर्मचारीले स्वागत गर्दै छ नम्बरको तीनधेरै क्याबिन तोकिदिए । भित्तामा लेखिएका निर्देशन पछ्याउन अनुरोध गर्दै सहोगका लागि आफू तत्पर रहेको अनुरोध सहित उनि अलि उता उभिए । हातमा पञ्जा, नाकमुखमा मास्क लगाएर कोभिडको नदेखिने किराबाट जोगिने उपाए गरेर उनी बसेका रहेछन् ।

भित्ताको निर्देशन हेर्दै लिफाफा खोलेँ, सुइरो घाँटी र नाकको जरैसम्म पुर्याएर ढुङ्ग्राभित्रको झोलमा डुबाएर आधा सुइरो भाँचेर बिर्को लगाएँ । कालो लिफाफा भित्रको ट्रान्सपरेन्ट लिफाफामा ढुङ्ग्रो हालेर सिल प्याक गरेँ । स्यानीटाइजरको सानो पोको त्यातेर हातभरि दलेँ । फाल्टु भएका लिफाफा छेउँको बीन डिब्बामा छिराएर अघि बढ्दा क्याबिन भित्र बसेकी कर्मचारीले इमेलको बारकोड र ढुङ्ग्रो छिराएको लिफाफाको बारकोड स्क्यान गरिन र खोपी खोलेर डिब्बामा खसाल्दिन भनिन । धन्यवादको आदान प्रादन सहित विदा भएर घर पुगेँ, तथा आइसोलेशन सुरू भयो ।

त्यही आइसोलेशनमा मुंशीजीलार्इ सुन्ने मौका जुर्यो ।setopati.com मा कात्तिक १४ २०७८मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.