Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
ओलम्पिक खेलको मशाल र तिब्बतको स्वतन्त्रता
चिनले तिब्बतलाई आफ्नो प्रान्त बताउँछ भने भारत, नेपाल लगायतका देशहरुमा शरणर्थीका रुपमा बसेका तिब्बतियनहरु तिब्बतलाई पूर्ण स्वायत्त रुपमा स्थापित गर्न शंर्घषरत छन् । यसै क्रममा हालै लासामा तिब्बत स्वतन्त्रताको शंर्घष चर्किएको छ । सरकारी संञ्चार माध्यमले कम्तिमा दश जनालाई आन्दोलनकारीले जिँउदै जलाइदिएको जनाउँदै हिंशाका घटनाहरु भएको र आन्दोलनकारीहरु घाइते भएको चीन सरकारले जनाएको छ । भारत निर्वासानमा गठन गरिएको तीब्बतीहरुको सरकारले आन्दोलनका क्रममा कम्तिमा ८० जना मारिएको जनाएका छन् । उनीहरुले पहिला १ सय जना सम्म मारिएको समाचार प्राप्त भएको बताएका थिए । चिनमा विविसीको वेवसाइट माथि प्रतिबन्ध लगाउनका साथै तिब्बत क्षेत्रबाट पर्यटकहरुलाई हटाइएको छ ।

तिब्बतका ११ औ पञ्चेन लामाले तिब्बतमा भएका हिंसाका घटनाको भर्त्सना गरेका छन् । उनले हालैका घटना चीनको अखण्डतामाथि प्रहार र देश टुक्रयाउने षड्यन्त्र भएको बताएका छन् ।यसैबीच, चीन सरकारको आग्रहमा सगरमाथाको आधारसिविरबाट उत्तर तिरको प्रवेश मार्गलाई केही समयका लागि नेपालले बन्द गरिदिएको छ । तिब्बतको स्वतन्त्रता चाहनेहरुले त्यस क्षेत्रमा प्रदर्शन गर्ने संभावनालाई र्टार्न चीनसरकारले नेपाल सरकारसंग उक्त क्षेत्रमा प्रवेश बन्द गर्न आग्रह गरेको हो ।

चिनमा हुन गैरहेको ओलम्पिक खेलको मशाल -टोर्च) सगरमाथामा पुर्‍याउने क्रममा प्रदर्शनकारीहरुले ब्यवधान पुर्‍याउन सक्ने संभावना र्टार्न चिन सरकारले यो कदम चालेको बताइन्छ । ओलम्पिक मशाल कहिले सगरमाथा सम्म लगिने हो भन्ने मिति भने खुलासा गरिएको छैन् । पर्यवेक्षकहरुले अप्रिलको अन्त्य तिर वा मे महिनाको शुरु तिर ओलम्पिक मशाल सगरमाथा लगिने योजना रहेको अनुमान गरेका छन् ।

मे महिनाको १० तारिख सम्म पर्यटक तथा यात्रुहरुलाई सगरमाथा बेस क्याम्प देखि उता जानमा नेपाल सरकारद्वारा प्रतिवन्ध लगाइएको छ । यो हप्ता देखि चीनले पनि उत्तरमोहडाबाट सगरमाथा जानेहरुमाथि प्रतिबन्ध लगाएको छ ।

>गत वर्षएक स्थानीय तिब्बतका वासिन्दा सहित पाँच जना अमेरिकनहरुको टोलीले सगरमाथाको चुचुरोमा तिब्बतको स्वतन्त्रताको माग सहितको ब्यानर फहराएका थिए ।

>तिब्बत चिनको अङ्ग नभएर स्वतन्त्र राष्ट्र हुनुपर्छ भन्ने तर्क गर्नेहरुले तिब्बतलाई योङ बंशको समयमा मंगोलियनहरुले तिब्बतमा शासन गरेका र चीनको र मंगोलियनको प्रशासन अलग अलग भएकोले तिब्बत करिब ३ सय वर्ष-सन् १३४९ देखि १६४२) सम्म स्वतन्त्र थियो भन्छन् । क्वीङ बंशको शासनका समयमा तिब्बत माथि चिनको प्रभाव वढी रहेको दुवै पक्षले स्वीकार गरेको पाइन्छ । तर, स्वतन्त्रता पक्षधरहरुले चिनको संलग्नता विनानै तिब्बतले सन् १८४१-४२ मा जम्मु विरुद्ध र १८५४-५५ मा नेपाल विरुद्ध यूद्ध लड्नुलाई तिब्बत र्सार्वभौम सम्पन्न रहेको आधार हो भन्दछन् । साथै उनीहरुले तिब्बतले एक स्वतन्त्र र र्सार्वभौम राष्ट्रका रुपमा नेपाल, मंगोलिया, बेलायत र लद्दाक संग कुटनैतिक सम्बन्ध कायम गरेकोलाई पनि तिब्बत स्वतन्त्र हुनपर्ने आधारका रुपमा मान्दछन् ।

तर, चीन सरकारले भने क्वीङ बंशको शासनको समय देखि नै तिब्बत चिनको एक भागका रुपमा रहेको बताउँछ । सन् १८९० मा चीनसंग बेलायतीहरुले संझौता गरे पछि ब्रिटिसहरुले विधिवत तिब्बतमा ब्यापार शुरु गरेका हुन् । सन् १९०३ मा बेलायतीहरुले तिब्बतमा आक्रमण गरेपछि लासा सम्झौताद्वारा तिब्बतलाई अधिनस्थ गरेपछि त्यहाँको ब्यापारमा बेलायतीहरुको प्रभुत्व वढेको पाइन्छ । भारतमा बेलायतीहरुको प्रभुत्व विकास हुनुभन्दा पहिला सम्म तिब्बतमा नेपालको एकछत्र ब्यापारिक र राजनैतिक प्रभुत्व रहेको थियो । १८५६ को थापाथली सन्धिले तिब्बतमा नेपाली ब्यापारीहरुलाई विशेष संरक्षण तथा सुविधा पनि प्रदान गरेको थियो ।

>नुन र चामलको ब्यापारले नेपाल भोटको सम्बन्धमा बारम्बार तनाव ल्याएका दृष्टान्तहरु पाइन्छन् । नेपाल र भोटबीच नुन र चामलको सटही ब्यापार परम्परा देखि चलिआएको थियो । साधारणतया एकमाना चामलको भाउ दर्ुइ माना नुन रहन्थ्यो । यसमा नेपाली ब्यापारी तर्फाट भोटले कमसल खालको मिसावट नुन दिने गरेको गुनासो रहन्थ्यो । सन् १८३१ मा भोटले नुनको भाउ बढाएर एक माना नुनको दर्ुइमाना चामल निर्धारण गर्‍यो । यसको जवाफमा नेपालले पनि भोटमा जाने खाद्यान्नको भाउ बृद्धि गरेको थियो । पहिलो र द्वितीय नेपाल- तिब्बत यूद्धको कारण पनि नुन सम्बन्धी विवाद नै थियो ।

सन् १९०६ मा चीन र बेलायतका बीचमा एक संझौता सम्पन्न भयो । उक्त सन्धि गर्दा तिब्बतका पक्षबाट कोही उपस्थित नभए पनि सन्धिमा तिब्बत माथि चीनको अधिपत्य स्वीकार गरियो । त्यस पछि चिनले बल प्रयोग गरेर तिब्बतलाई नियन्त्रणमा लियो । सन १९१०मा दलाई लामा भागेर भारत पुगे ।

>चिनको १९११-१२ को क्रान्ति पछि तिब्बतबाट चिनियाहरुलाई लखेटियो र तिब्बतलाई स्वतन्त्र भएको घोषणा गरियो । इन्साइक्लोपेडिया ब्रिटानिकामा सन् १९५१ सम्म तिब्बतले स्वतन्त्र सरकारका रुपमा काम गर्‍यो भनिएको छ ।सन् १९५० मा चिनले तिब्बतको पुर्विभागमा अतिक्रमण गरेको बताइन्छ । त्यस सम्बन्धमा दलाई लामाको संयूक्तराष्ट्रसंघमा पेश गरेको अनुरोध अस्वीकार भएको थियो । सन् १९५१ मा तिब्बतका प्रतिनिधिहरुलाई बोलाएर एक सन्धि गरियो । उक्त सन्धिले तिब्बतलाई स्वायत्तता प्रदान गर्नका साथै लासामा चिनको नागरिक र सैनिक मुख्यालय राख्ने ब्यवस्था गर्‍यो ।

तिब्बती शरणर्थीहरुले चिनका विरुद्ध तिब्बतमा छापामार यूद्ध गरे पछि सन् १९५९ को मार्चमा लासाको स्थिति तनावग्रस्थ भयो । चौधौ दलाई लामा, उनका धेरैजसो मन्त्रीहरु र अनुयायीहरु हिमाली क्षेत्रहुँदै भागे पछि विद्रोह दमन भयो । भागेका दलाई लामालाई भारतले शरण दिए पछि भारत र चिनको संबन्ध व्रि्रन गयो । भारत र चिनको सम्बन्ध विग्रदै जाँदा सन् १९६२ मा चिनले भारतको आसाममा आक्रमण सम्म गर्न पुग्यो ।

सन् १९६३ देखि १९७१ सम्म कुनै पनि विदेशीलाई तिब्बतमा प्रवेश गर्न रोक लगाइएको थियो । १९६९ मा तिब्बत माथि चिनको सैनिक नियन्त्रण कायम गरेर १९७१ मा स्थानीय सरकार घोषणा गरिएको थियो । चिनले तिब्बतमा आर्थिक उन्नतिका कदमहरु अघि वढाएर त्यहाको आर्थिक उन्नतिमा योगदान पुर्‍याए पछि १९८०मा दलाई लामासंग सम्बन्ध सुधारगर्ने प्रयाश अगाडि बढायो । चीनले तिब्बतमा केही स्वतन्त्रताहरु प्रदान गर्ने प्रयास गर्दा गर्दै १९८०को दशकमा विरोध र व्रि्रोह चर्कियो र १९८८ मा तिब्बतमा संकटकाल घोषणा गरियो । तिब्बतमा राजनैतिक र धार्मिक स्वतन्त्रताका पक्षमा अमेरिकन लविका पाश्चात्य मुलुकहरुबाट आलोचना भैरहन्छ र बेलावखत मानवअधिकारवादी संस्थाहरुले प्रदर्शनहरु पनि गर्ने गर्दछन् ।दलाई लामालाई १९८९ मा शान्ति नोबेल पुरस्कार प्रदान गरिएको छ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.