Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
विश्व साइकल यात्री शेर्पा बेलायतमा
अल्डरसो ट, २५ मे / संखुवासभा जिल्लामा जन्मेका ३० बर्षो फुतेम्बा शेर्पा साइकलमै पृ थ्वी भरी घुम्न भने र साइकल दौडाउँदै बेलायत आइपु गेका छन् । वेलायत उनले भ्रमण गरिसकेका देश मध्येको ३५ सौं देश हो । सन् २००३ को डिसेम्वर २६ का दिन उनले आफ्नो विश्व साइकल यात्रा सुरु गरेका हुन् । यही मे २५ का दिन अल्डरसो टको फु टवल मैदानमा तमु धी यू केको आयोजनामा फुटवल खेल भैरहेका बेला उनीसँग हाम्रो भेट भएको हो । उनका छातिमा टाँसिएका विभिन्न मुलु कका झण्डा उनले भ्र मण गरिसकेका मुलुकका रहेछन् ।

साइकलमा विश्व भ्रमण गर्ने उनको यात्रा सुरु हुनु अघि "दोधार", "सन्यास", "सोह्र वर्षो" र "आशिर्वाद" फिलिममा पनि आफूले भूमिका निभाएको बताउँछन् । जीवन यात्राका क्रममा कुल्ली कामदेखि लिएर हो टे ल, कृषि, पस्मिना व्यापारसम्मको छोटा लामा अनुभव पनि छोटै उमे रमा उनले बटु लिसके का रहेछन् । खिम्ति जलविद्युत परियोजनामा काम गर्दा उनले चिनेका देवेन्द्र श्रेष्ठलाई फुटवल मैदानमा उनले त चिने तर श्रेष्ठजीले भने उनलाई बिर्सि सकेका रहेछन् । हुन पनि थुप्रै कामदार मध्येका एक शेर्पाले थोरै हाकिम मध्येका श्रेष्ठलाई चिन्न गाह्रो होइन तर सबै कामदारलाई संझि राख्न श्रेष्ठजीलाई सम्भव हुने कुरा पनि भएन ।

आफ्नो १२-१३ वर्षको उमेरमा काठमाडौंको सामाखुसीमा ध्रुव गुरुङसँग आफूले साइकल सिकेको क्षण उनलाई भर्खरै जस्तो लाग्छ । अझ त्यो फुटवल मैदानमा धु्र्वसँग भेट हुँदा त्यो साइकल सिकेको समयको महत्व बढ्ने नै भयो । खिम्तीमा काम गर्दा हाकिमहरूले आधुनिक र राम्रा माउनटेन वाइक चढेको देख्दा खुब लोभिन्थें भनेर उनले हामीसँगको कुराकानीमा बताए । विश्व भ्रमणमा साइकल चलाउँदै र डोर्‍याउँदै हिंड्ने क्रममा सगरमाथामा पहिलोपटक सफलतापूर्वक पाइला टेक्ने हिलारिसँ ग खिचेको फोटो र विभिन्न मुलुकका प्र धानमन्त्रीहरूसं गसँ गै खिचेका फोटोसहितका फाइल हामीलाई उनले देखाउँदा उनले गौरव महसु श गरेको भान हुन्थ्यो । तर, कुल्ली काम गरेदेखि यहाँ पुग्दासम्मको उनको जीवन यात्रामा थुप्रै कठिनाइहरू पनि उनले भोग्नु पर्‍यो ।साइकल यात्राका क्रममा उनलाई कहीँ छुरी हानियो, कहीँ कुटियो , कहीँ लुटियो, कहीँ साइकल नै चो री भयो । कहीँ बाटोबाट धकेलियो तर उनले आफ्नो साहस कायम राख्दै यात्रा जारी नै राखे का छन् । आठ वर्षो उमेरमा घर छोडे र हिँडेपछि थुप्रै कष्ट सहेर पनि आफ्नो उद्देश्यमा लागिरहेका छन् उनी ।

उनको विश्व साइकल यात्राको क्रममा नेपाल उनको जन्मथलो भएका कारणले पनि महत्वपूर्ण हुने नै भयो । त्यस पछिको महत्वपूर्ण देश न्यू जिल्याण्ड बनेको रहेछ । त्यसका दुइवटा कारण रहेछन् । न्यूजिल्याण्डमा व्यापार गरीबस्ने चक्रबहादु र गु रुङले उनको साइकलको खर्च वेहोर्दारहेछन् । साइकल किनेको विल चक्रलाई पठाइदिए पछि भु क्तानी उनले पाउँ दा रहे छन् ।

म्याग्दीका चक्रबहादुर गुरुङको सहयोगले शेर्पाको साइकल यात्रामा राम्रो उत्साह पनि दिएको रहेछ । साइकलयात्री शेर्पाको आफ्नो यात्राको अहिलेसम्मको सबैभन्दा नबिर्स ने घटना पनि न्यूजिल्याण्डमै घटे को रहेछ । त्यहाँ पुग्दा उनीसँग कतै होटेलमा गएर सुत्ने पैसा नै रहेनछ ।

साथमा भएको ३ डलर तिरे र उनले रात भरिका लागि साइकल सुरक्षित बनाएछन् । हुन पनि आफ्नो उद्देश्यको मुख्य अङ्ग बनेको साइकललाई उनले आफ्नो ज्यानभन्दा पनि बढी माया गर्नु उनको बाध्यता पनि थियो । त्यसपछि एउटा अँ ध्यारो कु नामा गएर उनी सुतेछन् । त्यहीँ नगिजमा पब रहेछ । त्यही पबबाट निस्के का मानिसले अँध्यारोमा उभिएर पिसाव गर्दा उनैमाथि गरे छन् । त्यसरी आफैमाथि पिसाव गरीदिनेलाई पनि उनी दोष दिंदैनन् । आफु सुतेको नदेखेर पिसाव गरेका हु न् भन्छन् उनी । त्यो घटना सन् २००५ जनवरी २ को रहेछ ।

दुख झेलेर पनि यात्रा जारी राखेका शेर्पाले आफ्नो यात्राको उद्देश्य विश्व शान्ति र वातावरण संरक्षणमा चेतना जगाउनु रहे को पनि बताउँछन् । वातावरणको प्र संगमा वायो इन्धनको प्रसंगबारे जिज्ञासा राख्दा भने आफ्नो अध्ययन त्यहाँसम्म पुग्न नसकेको उनले बताए । आफ्ना दुइ छोरी र पत्नी नेपालमै रहेको उनी बताउँछन् । घर परिवारदेखि टाढा कम्बो डियामा पुग्दा पहिलो पटक उनी लुटिएका रहेछन् । उनलाई कुटियो, छु री हानियो, साथमा रहे को ४५० अमेरिकी डलर र साइकल पनि लुटेर लगियो । तर उनी आफ्नो यात्रा जारी राख्नमा दृ ढ रहे अनि एउटा सस्तो साइकल किनेर यात्रा अगडि बढाए ।

विश्व यात्रामा हिंडिरहेका पुष्कर शाहलाई उनी सम्मान गर्छन् र दुइ हप्ता अघि बे ल्जियममा भेट पनि भएको रहेछ । शाहसँग सन् २००२ मा साइकलबाट विश्वा यात्रा गर्ने बिषयमा कुरा भएको र उत्साह मिले को बताउँ छन् साइकलयात्री शेर्पा ।

दक्षीण एसियाकै देश पाकिस्तानले ३ पटकसम्म प्रयास गर्दा पनि उनलाई भिसा दिएको छैन । त्यसैले पाकिस्तान भएर अफगानिस्तान पुग्ने आफ्नो योजना बदले र उनी हवाई मार्ग बाट अफगानिस्तान पुग्न बाध्य भएछन् । अफगानिस्तानमा आफूले भो ग्नु परेको पीडा व्यक्त गर्दै आफ्नो घुँ डामा लागेको घाउ सन्चो भएर बसे को टाटो देखाउँदै उनले आफ्नो यात्रा वर्णन गरे ।

अफगानिस्तानले पनि उनलाई दो स्रो प्रयासमा बल्ल भिसा दिएको रहेछ । अष्टे्लियाबाट एप्लाई गर्दा धे रैजसो मुलुकका लागि भिसा पाएको उनको अनु भव छ । साइकलयात्री शे र्पा ले साप्ताहिक डायरी ले ख्ने गरे को बताउँछन् । साइकल यात्रामा निस्कनु अघि व्रिटिस आर्मीमा भर्ना हुन पनि उनले प्र यास गरेका त रहे छन् तर असफल भएछन् । साइकल यात्रा सुरु गर्दा उनी पहिलो पटक भारत हुँदै भुटान पुगे का रहे छन् । उनको सबैभन्दा धे रै पटक पुगेको र लामो समयसम्म बसेको मु लुक पनि अष्टे्रलिया रहेछ । त्यहाँ उनी ११ हप्तासम्म बसेको बताउँ छन् । उनले प्राप्त गर्ने सहयोग रासी नै उनको आर्थिक स्रोत हो तर उनी माग्न भने सिपालु छैनन् । कसैले दिइहाल्यो भने इन्कार गर्दैनन् । सन् २००० मा विवाह गरेका शेर्पालाई उनकी श्रीमती र छोरीहरूको पनि साइकल यात्राका लागि र्समर्थन छ । हालसम्म उनले भ्रमण गरे का मुलुक हुन्- भारत, भु टान, वंगलादेश, बर्मा , थाइल्याण्ड, कम्बो डिया, भियतनाम, लाओ स, मले सिया, सिं गापु र, ब्रुनाई , फिलिपिन्स, इन्डो ने सिया, न्यू जिल्याण्ड, फिजी, टोङ्गा, पपुवा न्यू गुइनिया, सामोआ, अष्टेलिया, दक्षिण कोरिया, जापान, हङकङ, चाइना, मकाउ, मं गो लिया, श्रीलंका, अफगानिस्तान, ताजकिस्तान, उज्वे किस्तान, जर्म न, हल्याण्ड, वेल्जियम, फ्रान्स र वेलायत ।

उनको साइकल यात्रासहितको विश्व शान्ति तथा वातावरण संरक्षणको नारा सफल रहो स् यही कामना छ । उनले १६ वर्षको अन्तरालमा १५० मुलुक घु म्ने योजना बनाएका छन् । उनको एउटी छोरी त उनी भ्रमणकै लागि परदेशमा रहँदा जन्मेकी हुन् ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.