Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
किबोर्डको पत्र

गोविन्द बेल्वासे
आदरणीय मेरा संचालकज्यू

>नमस्कार, जयनेपाल र अभिवादन सहितको मेरो 'क्लिक'

मेरो 'इन्टर' र मेरी अभिन्न मित्र माउसको 'क्लिक'का वारेमा मैले अब परिचय गर्राई रहन परोइन भन्ने विश्वास लिएको छु । मेरो नाम "किबोर्ड" हो । मेरै छेउमा रहिरहने र तपाइलाई सहयोग गर्ने अवस्थामा सहकार्य भैरहने माउससँगको मेरो मित्रतालाई हजुरले मनपराउनु भएको छ भन्ने ठानेको छु । तपाईको आपत्ती छैन होला भन्ने ठानेर माउस नानी र मेरो सम्बन्ध गहिरिंदै गएकोले हामी लगन गाँठोमा बाँधिन पाए हुन्थ्यो भन्ने मेरो चाहना अवगत गराउन चाहान्छु । हामी दिनरात सँगै बसेको देख्दा हाम्रो सम्बन्ध र नाताको बारेमा निकै टिका टिप्पणीहरु पनि भएका रहेछन् ।

मैले प्रकट गरेको मेरो चाहनाका वास्तविक तथ्य र व्यहोरा हजुरका जुनाफमा जाहेर गर्नु भन्दा पहिला मेरा पीर मर्काबारे उल्लेख गर्न चाहान्छु । र्सव प्रथम त मेरा रुपका बारेमा मेरो गुनासो छ । मलाई कालो वर्ण (रुप) दिएकै कारण मैले थुप्रै समस्या भोग्नु परेको छ । म कालो भएकै कारण मेरो वरिपरि भएका फोहर प्रति तपाईको ध्यान जान नसकेको हो भन्ने मैले बुझेकै छु । मेरा हरेक अंगका बीचमा रहेका खाली ठाउँ फोहोर जम्मा हुने 'बिन' बनेको हुन्छ । प्रयोगशाला -ल्याव) मा लगेर परीक्षण गरेको खण्डमा यो बिन भित्र तपाइको ट्वाइलेटमा भन्दा बढी ब्याकटेरिया लगायतका किटाणु भेटाउनु हुनेछ । आफनो ट्वाइलेटमा सधै जसो के के केमिकल हालेर सफा गर्ने तर मलाई कहिल्यै सफा नगर्ने हजुरको चाला प्रति मेरो सारै ठूलो असन्तुष्टि रहेको छ ।

>पहिले पहिले त हजुरहरुले मलाई अलि कम ठटाउनु हुन्थ्यो । एक छिन औला औलाले ढटाए पनि धेरै समय मलाई विश्राम गर्न दिनु हुन्थ्यो । काम नहुँदा ढाकेर राख्ने हुनाले पनि फोहरले मलाई त्यती सताउने गर्थेन । तर आजकाल हरेक दिन इमेल भन्ने पत्र लगायतका लेखन कार्यमा पनि मलाई ठटाइ-ठटाइ औलाले घोची-घोची काममा लगाउनु हुन्छ । कुनै दिन पनि विश्राम पाउँदिन । तपाईका छोरा छोरीले गेम खेल्दा त झन मलाई कतिठटाउँछन भने सितिमिती मैले विश्राम नै पाउन छाडेको छु । मलाई जति ठटाए पनि जति घोचे पनि मेरै छेऊँकी पियारी माउसलाई औलाले विस्तारै क्लिक गरेको धुनले भने मलाई रोमान्स गराइरहन्छ । वडो माया गरेर मेरी पियारीलाई तपाईले हत्केलामा थुनेर यता उता नचाँउदा भने मलाई डाह पनि लाग्छ । तपाएको चोर औलाले किचिक्क थिचेर क्लिक गर्दा उनको ज्यान सिरिङ्ग हुन्छ । त्यसको सन्देश सिपियु र स्क्रिनमा जाँदा मैले पनि चाल पाइरहेको हुन्छु । डाहड लाग्छर्,र् इश्या हुन्छ, मुमुरिन्छु तर म लाचार छु तपाईको विरुद्ध म केही गर्न अर्समर्थ छु ।

>म त हजुरको सेवक ठहरिए । तपाइले अह्राएको मान्नु मेरो कर्तब्य हो । तर, मेरो सुख सुविधा प्रति ध्यान दिएर मलाई सुविधा पुर्‍याउनु भयो भने हजुरको सेवामा खटिदा मेरो कार्यदक्षता -इफिसेन्सी) बढ्यो भने तपाईलाई फाइदा हुने छ । मलाई सुविधा दिन तपाईको कोष भरिपर्ूण्ा हुनेछ । आशा छ, मेरो गुनासोलाई हजुरले मनन गर्नुहुनेछ । ध्यानदिनु हुनेछ र कार्यान्वयन पनि गर्नुहुने छ ।

> मेरो सुविधाका लागि मेरा कुना काप्चामा रहेको फोहोर -भ्रष्टाचार) सफा गरिदिनुहुन सादर अनुरोध छ । तपाईको व्यस्त दैनिकीलाई मैले बुझेकै छु । यो व्यस्ततामा कम से कम हप्ताको एक दिन मेरो फोहोर हटाइदिनु हुन यदि सिफारिस गर्नुपर्छ भने मेरी पियारी माउसको सिफारिस गराउन सक्छु । माउस पियारी त अलि रिसाहा पनि छन् । उनलाई फोहोरले सतायो भने तपाईलाई उनले चेताइ हाल्छिन् । उनको विस्तरा सफा गर्न तपाईलाई विवस पार्छिन । कहिले काँही त उनको पिधंको डल्लो खोलेर तपाइले सफा गरी दिएको म टुलुटुलु हेरेर बस्छु । उनी भने लाजले भुतुक्क भएकी हुन्छिन् । उनको फोहोर सफा गरेपछि तपाइले फेरि उनलाई हत्केलाले थुन्दा मेरो मन रोइरहेको हुन्छ । उनलाई सफा गरेपछि तपाइको स्क्रिनको एरो सरर्सर्ती दगुरेको हुन्छ । तपाई रमाइरहेको पाउँछु । त्यसबेला माउस नानी र मेरो खस्यांक खुसुक्क चल्ने गर्छ । हामी तपाईलाई पक्षपाति ठहर्‍याउँछौ । मानवअधिकारका कुरा उठाउन हामी मानब नभए पनि कम्प्युटाधिकारका आधारमा समानताको कुरा उठाएर आन्दोलन गर्ने पनि कहिलेकाही कुरा चल्छ तर अझै हामीले संर्घष्ा र आन्दोलन गर्ने विचार भने गरिसकेका छैनौ ।

तपाई माउसलाई सफा राख्ने तर किवोर्ड सफा नगर्ने पक्षपाती भएको हाम्रो ठहर छ । हाम्रो फैसलाका ठहर खण्डमा हप्तामा कमसेकम एक दिन किवोर्डको फोहोर फाल्न लगाइने आदेश उल्लेख गरिएको छ । यो आदेश नमानेमा तपाईलाई सजाय स्वरुप बजारमा गएर अर्को किवोर्ड किनेर ल्याउन सजाय तोक्न तपसिल खण्डमा हामीले जनाएका छौ । हाम्रो फोहोर नफालेका कारण तपाईका क्रियाकलाप बन्द गर्न हामीले किबोर्ड बन्द आन्दोलन चलायौ भने इन्टरनेटबाट किबोर्ड अर्डर गर्ने -अनलाइन शोपिङ) विकल्प पनि हराउने छ । त्यसैले आजैबाट आफनो किबोर्ड सफा गर्न यो चेतावनी पनि दिइएको जानकारी गराउन चाहान्छु ।

>यो त हजुर साइवरको जमाना । हामी विना तपाइका हातमुख पनि नजोडिने जमाना । त्यसैले हाम्रो सेवा गर्नु तपाईको बाध्यता पनि हो । आजभोली हाम्रै सहायताले तपाईका नयाँ साथी बन्छन् । पुराना साथीहरुसंग भलाकुसारी हुन्छ । हाम्रै सहयोगले तपाईको व्यापार चल्छ, हाम्रै कारण तपाइको रोजीरोटी चल्छ । हामी विना कसैको दैनिकी चल्दैनन् । कोही भने रेलमा हिडँदा पनि मलाई साप्रा मािथ राख्छन् । माया गरेका हुन भनौ भने पियारी माउस सँगको साथ छोडाउँछन् । हेला गरेका हुन भनौ भने टेबुलको किर्बोड भन्दा सञ्चालकज्यूको साप्रा माथि बस्ने ल्यापटपको किर्बोड भएका नाताले तुलनात्मक रुपमा मलाई अलि सफा राख्छन् । तर, के गरु हजुर ल्यापटपले नपुंसकता बढाउँछ भनेर अनुसन्धानकर्ताले के भनेका थिए मलाई त टेबुलमै थन्काउन थालेका छन् । मेरो व्यथा, र मर्म त जनताको जस्तो छ हजुर संञ्चालकको रोव रवाफ सरकारको जस्तो छ । आधुनिक दास बनाउने आजको जमनामा भूमण्डलीकरणको गति बढाउनमा पनि मेरै देन छ । त्यसैले हजुर मेरी संगिनी माउसको साथ मलाई सधै मिलोस भन्नका लागि हाम्रो लगन गाँठो चाँडै बाधियोस । यो लगन गाँठोबाट जन्मने नयाँ संविधानले दुःख र पीडामा बाँचेका जनतालाई उत्थान गरोस । त्यसैका लागि हामी जनतारुपी किर्बोड र पियारी माउसको लगन गाँठो बाध्ने नयाँ संविधानको जन्ममिति पर्खिरहेको व्यहोरा सविनय नम्र निवेदन गर्दछु ।

भवदीय

>सधै तपाइको हिर्काइ खाने

>किर्बोड
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.