Govind Belbase
<June 2022>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
कथा
हवाई टिकट
गोविन्द बेल्बासे
कथा

हवाई टिकट

> गोविन्द बेल्बासे

> बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– 'फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु'।

> ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर 'हेलो' भन्दै उनी भान्सामा फर्किइन।

बेलायत गएको छोरो राजेशको फोन रहेछ। परदेश गएको छोरोको हेलो भन्ने प्रतिउत्तर आवाज सुन्न पाउँदा विनिताको मन एकै छिन भए पनि प्रफुल्ल भयो। हत्तपत्त उनले सोधिहालिन –'सञ्चै छस् बाबु?, ... आज विहानैबाट तेरो सम्झना आइराखेको थियो फोन पनि आयो मलाई त कत्ति खुसी लागेको छ। किन यतिका दिन फोन नगरेको नि!'

> उताबाट राजेशले भन्दै थियो – 'यस्तो ठाउँमा पनि कोही बस्छन र म त आउँछु आमा।'

> छोराले सञ्च विसञ्चको कुरा पनि राम्ररी नगरी एक्कासी नेपाल फर्कने कुरा गर्दा विनिताको मन अलि खिन्न भयो। हुन त छोरोलाई आफुबाट टाढाँ पठाउने मन त उनलाई पनि होइन। आफ्नो सन्तानसँगै बस्ने इच्छा त थियो। तर के गर्नु! घर ब्यवहार, स्थिति र देशको परिस्थितिले गर्दा ऋण काढेर विदेश पठाएको छोरोले कमाएर पठाउला भन्ने आश गर्दागर्दै छोरोको नेपाल फर्कने प्रतिउत्तरले उनको जीउ नै सेलाए जस्तो भयो।

> मन भित्रको छोरा प्रतिको ममतालाई दबाउँदै आफ्नो बाध्यात्मक परिस्थिति छोरालाई संझाई बुझाई गर्ने प्रयास गर्दै विनिताले भनिन्

> – 'के भयो र अहिल्यै आउने भनेको? काम गर्न थालिस्? तलाई लण्डन पठाउन भनेर घर धितो राखेर ब्याङ्कबाट लिएको ऋणको किस्ता तिर्ने बेला भैसक्यो। किस्ता नतिरेकोले चाडै किस्ता रकम तिर्न भन्दै ब्याङ्कले लेखेको चिठ्ठी आएको छ। तेरो पापाले राजेशले पैसा पठाए त किस्ता तिर्न हुन्थ्यो भनेर भन्दै हुनुहुन्छ, पैसा पठाउन त कहाँ कहाँ, तँ भने आउने कुरा गर्छस त!'

> श्रीमती र छोराको फोन बार्ता भएको कुरा उमेशले बाथरुममै बुझे। एकतर्फि विनिताको कुरामात्र सुने पनि उता छोराको कुरा पनि बुझहाले।

विनिताको कुराबाट छोराले के भनेहोला भन्ने अनुमान लगाए। उनलाई छोरोले कमाइ पठाउला भन्ने बेलामा कमाइ नगरी फर्कन्छु भनेको कुराले रिस पनि उठ्यो। आफ्नो बैँसका बेलामा लण्डन आफु जान पाएको भए के के प्रगति गरिन्थ्यो होला भन्ने उनको सोँच छ। तर अहिले बाबुआमाले सवै ब्यवस्था गरेर लण्डन पठाउँदा पनि केही नगर्ने हुतिहारा छोराको चालले गर्दा उनलाई झनन्न रिस उठ्यो। तर, रिस भन्दा पनि बढी ऋणले थिचेको र सवै ब्यवहार विग्रदै गरेको अवस्थामा सवै समास्याको समाधान गर्न ल48डन पठाएको छोराको कुराले उनलाई लल्याक लुलुक पनि पार्‍यो।

> परिस्थितिको सामना गर्न एकमात्र विकल्पका रुपमा छोरो विदेश पठाएका हुन्। लण्डनबाट नेपाल फर्कन्छु भन्ने छोरामाथि रिस उठे पनि रिस पोख्न भन्दा पनि सम्झाई बुझाई गरेर समस्या समाधान गर्ने सोँच बनाएर छोरासंग कुरा गर्न उनी बाथरुमबाट सिधै भान्सा तर्फ लागे। हात र मुखको पानी रुमालले पुछ्दै उमेशले छोरासंग आफुले कुरा गर्ने बताउँदै फोन मागे। विनितालाई पनि छोरालाई के भनेर संझाई बुझाई गरेर पैसा कमाउन लगाउँ भन्ने हुँदै गर्दा उमेशले रिस पोखेर झन छोरोलाई भड्काउने हुनकि भन्ने डर पनि लाग्यो। अलि अलि डर भए पनि आफ्ना श्रीमान प्रति उनको भरोसा छ। स्थितिको सामना आफुले भन्दा पतिले बढी गर्न सक्छन् भन्ने उन्मा विश्वास छ।

'ल त पापासंग कुरा गर, पापाले के भन्नुहुन्छ' भन्दै उमेशलाई फोन दिइन्।

> 'हेलो' – उमेशले आफ्नो रिसलाई मनमै दबाएर छारोलाई संझाउने प्रयास गर्न स्वरलाई कन्ट्रोल गर्दै भने।

> राजेशले आमाबुवाहरुले लण्डनबाट फर्कने होइन, लण्डनमै संघर्ष गरेर जीवनका अगाडिका दिनलाई उज्वल बनाउन र पारिवारिक समस्या टार्न पैसा कमाउन पर्ने लम्बेतान अर्ति बुद्धिको बखान सुनाउन लागेको लख काटेर मधुर स्वरमा भने – 'पापा प्रणाम'

> 'आशिर्बाद' – रिसले गर्दा स्वरमा आएको कडकपनलाई दवाउन पुरै प्रयास गर्दा पनि उनको स्वरमा अलिकता कडकपन बाँकी नै थियो।

> 'पापा यहाँ त कामै पाउँदैन म त फर्कने भनेर प्लेनको टिकट पनि सोधेँ, तीन सय पचास पाउण्डमा पाइँदो रहेछ सोमबारलाई सिट छ रे। बुक गरिसकेको छु तर पैसा अझै बुझाएको छैन।' – नेपाल नफर्कन र पैसा कमाउने अर्तिबुद्धि पाइन्छ भन्ने उसलाई पहिला नै अन्दाज थियो तर पनि झनो आशा गरेर भन्यो।

> 'तलाई थहा छ ? तलाई कति गरेर लण्डन पठाएको हो ? तैले पढ्न पनि पढेनस, ऋिण खोजेर, ब्यङ्कबाट कर्जा लिएर लण्डनजाने विद्यार्थी केटीसंग कति गरेर विवाहको कागज बनाएर बल्ल तल्ल तलाई लण्डन पठाइयो। कमाएर पैसा पठाउलास र ऋण तिरमला भन्ने बेलामा उल्टै फर्कन्छु भन्छस्। त्यो केटीको कलेज फिस, हवाई टिकट सवै गरेर नौ लाख जति लाग्यो। तेरो भविष्य बन्ला भनेर यति खर्च गरेर पठाएको तलाई थाहा छँदै छ।' – छोराको चालाबाट दिक्क भएका उमेशले छोरोलाई फकाउने पारामा भने।

> 'यहाँ कामै पाइन्न। त्यो सीलु ( राजेश लण्डन जान कागजी विवाह गरेकी स्टुडेन्ट केटी) को पनि अव भीसा तीन महिना मात्रै बाँकी छ। म डिपे48डेन्टमा भएकोले उसको भीसा नथपी मेरो भिसा थपिन्न। दिनदिनै फोन गरेर भीसा थप्न कलेजको फिस माग्छे। हजुरहरुले तेति ऋण गरेर मलाई पठाएको थाहा छ। अव फेरि हजुरहरुलाई कति चिन्ता गराउने भनेर म नेपाल फर्कने विचार गरेको हुँ। कत्ति काम खोज्ने प्रयास गरेँ सवैसंग काम खोजिदिन भन्छु तर कामै पाइँदैन्। मेरा अरु थुप्रै साथीको पनि त्यस्तै हालत छ। कसै कसैले मात्र काम पाएका छन्। मैले त अंग्रेजी पनि नजान्ने भएर झन कामै पाइदोरहेनछ।'

> काम खोज्न आफुले सकेसम्म प्रयास गरेको र केही नलागेर फर्कने निर्णय गरेको कुरा पापालाई सम्झाउँने प्रयास गर्दै उसले भन्यो।

> 'काम पाउन गाहारो छ भनेर त हाम्ले पनि थाहा पाएका छौ। नेपाल टिभीले यहाँ तीतो सत्य भन्ने कार्यक्रममा पनि देखाएको छ। विद्यार्थीहरु खर्च गरेर लण्डन गएका तर विचल्ली भएको खबर पत्रिकाले पनि छापेका छन्। तर जसरी भए पनि पैसा त कमाउनै पर्‍यो नि। नत्र ऋण कसरी तिर्ने? तेरा भान्जादाई सुमन पनि त ९ बर्ष पहिला पन्ध्रलाख खर्च गरेर जनतन लण्डन गएका थिए। हाटेलमा भाडाँ पनि माझयो बडो दुख्खले पैसा कमाएको हो, भन्दै नेपाल फर्केका हुन्। तर, उनले त छ बर्ष त्यहाँ बसेर कमाएको पैसाले जाँदा लागेको खर्च उठाएर पनि बुटवलमा घर किने, घरको सवै ऋण तिरेर राम्रो बन्दोबस्त गरेका छन्। लण्डनबाट फर्के पछि पनि ट्रक किनेर चलाएका छन्। घर खर्च चलेको छ। तैले पनि कमसेकम होटेलसोटेलमा काम गरेर ऋण तिर्न र तेरो सानो तिनो पेसो गर्ने रकम जोहो गरेर आए त हामी सवैलाई राम्रो हुन्छ भनेको हो।

> तेरो कागजी विवाहले जिन्दगी चल्दैन। विवाह गर्न पर्ला। तेरा पनि केटाकेटी होलान। भविष्य चलाउने विषयमा तैले पनि सोँच। तेरो भविष्यका लागि जसरी भए पनि पैसा कमाएर आइज। तैले सानोकाम गर्दिन भनेर काम नपाइएको होला सुमनले पनि भाडा माज्ने काम गर्दा गर्दै सेफ काम सिकेर पैसा कमाएको भन्थे। तेरो त कानूनी बसाइ छ। कागज सवै यहीँबाट मिलाएर पठाएकै हौ। भान्दाइ त छ महिनाको भिसा सकिए पछि इल्लिगल भएर लुकेर बसेर पैसा कमाएको भन्थे। अब त्यो स्टुडेन्ट केटीको भिसा थप्ने खर्च गर्न हामीसंग पैसा छैन्। बरु इल्लिगल बसेरै भए पनि लुकेरै बसेर भए पनि पैसा कमाइ गर, बाबु। पोहोर साल तेरी दिदीको विवाह गर्दा पनि दुकानको पैसा चलाइयो। त्यसैले गर्दा दुकानमा लगानी कमी भएकोले दुकानबाट हाम्रै दैनिक खर्च चलाउने पनि कमाइ हुन छाड्यो। तेरै आशमा छौ बाबु जसरी भए पनि पैसा कमाउने मेसो गर बाबु । '

> घरको परिस्थिति र यथार्थको बोझमा छोरालाई संझाउँदा संझाउँदै उमेशका आखामा आसु भरिएर आए। स्वर पनि घाँटीमै अड्किन थाले पछि उनले फोन विनितालाई दिए।

> विनिताले फोन समाउँदै – 'हेलो' भनिन्।

>
उताबाट मनलाई थाम्दै पापाको कुरा सुनिरहेको राजेशले मलिन स्वरमा 'हजुर' भन्यो। आमाको मन झन नपग्लने कुरै भएन्।

> 'बाबु हेर, छोरो भए पछि स्वदेश विदेश धाउन पर्छ। दुःख कष्ट सहनु पर्छ। तलाई यहाँ छँदा कहिल्यै चिया पनि पकाउन परेन। सवै पुर्‍याएका थियौ। बल्ल तल्ल ऋण कर्जा गरेर तलाई विदेश पठाएका छौ। तेरो भविष्य बन्ला भनेर पठाएको हो। आफ्नो जिउको ख्याल गरेस् खाना टाइममा खानु। त्यहाँ दाल चामल तरकारी पाइन्छ कि नाई? जे पाइन्छ, जे मिठो हुन्छ खाएस्। हामीलाई त अव तेरै आशा भरोसा छ। ' – मनको पिडालाई लुकाउँदै, आमाको भावनालाई सम्हाल्दै उनले थोरै ममतामयी भावमा सम्झाएर उसलाई ल48डनमा रोक्ने प्रयास गरिन।

> प्रसंग अलि मोड्न सजिलो जस्तो मान्दै राजेशले भन्यो –'खान त यहाँ नेपालमा पाइने सवै कुरा पाइन्छ। अब त मैले पनि पकाउन सिकेको छु। संगै बस्ने साथीहरु मध्ये कसैकसैलाई पहिला देखि नै पकाउन आउँदो रहेछ। अव चाहीँ सवैले सिकेका छौ। तर हाम्ले पकाएको त पटक्कै मिठो हुन्न। अरु उपाए नभए पछि खुरसानी टोकेर भए पनि खान्छौ। यहाँ चिकन चाही खुब खाइन्छ आमा। म त त्यहाँबाट आउँदा भन्दा मोटाएको छु। तरकारी भन्दा हाम्ले त चिकन र राइसै धेरै खान्छौ। खानाको त चिन्ता गर्र्नै पर्दैन्। अब हेर्नुस् न यहाँ कामै पाइन्न पापाले जसरी भए पनि काम खोज भन्नु हुन्छ। मैले त केही कुरै बुझ्दिन।'

> 'लण्डन गएका सवैले पैसा कमाएका छन्। मान्छेलाई लण्डन जान कति गाहारो छ। तलाई हामीले बल्ल बल्ल पठाएका छौ। तेसैले जसरी तसरी कमाइ गर, बाबु। हामलाई अरु के थाहा छ र? तेरै आशामा त छौ नि! तेरो मामाको गाउँका कार्की दाइहरु त्यहाँ घर किनेर जमेर बसेका छन् रे। उनीहरु लण्डन गएको त मेरो विहा हुनभन्दा पनि पहिला हो। त्यहाँ भेट गरिस? उनीहरुलाई काम लगाइदिन भनिस? उनीहरुले काम लगाइदेलान नि? तपाइँकै गाउँकी विनिताको छोरो हुँ भनेस् त तलाई चिनीहाल्छन् नि।'– छोरोलाई काम लगाउन पाए त समस्या टर्छ भन्ने सोँचेर छोरालाई माइती गाउँका छिमेकीको सहयोग लिन सल्लाह दिँदै उनले भनिन्। छोरो लण्डन जाने भए पछि माइत गएर ती कार्कीहरुको ठेगाना र फोन नम्बर पनि छोरालाई दिएर पठाएकी थिइन् उनले।

> 'अँ, यहाँ आएको दोस्रो हप्ता नै गएर कार्की मामाहरुलाई भेट गरेको थिएँ। काम लगाई दिन भनेको आजकाल कामै पाइँदैन, रिसेसनले झन गाहारो भएको छ। तेसमाथि नेपाली विद्यार्थी धेरै आएकाले काम पाउन गाहारो छ। कतै पाइने भयो भने खावर गर्छु भनेका छन्। तर कामै पाइन्न के गर्ने। मेरो मोबाइल फोनको नम्बर पनि दिएको छु। गएको हप्ता कार्की मामाका छोरोको ब्रतबन्ध रहेछ मलाई पनि फोन गरेर बोलाएका थिए। गएँ। उनीहरुको त लण्डनमा घर छ, गाडी छ कत्ति राम्रो ब्यवस्था छ। ब्रतबन्धमा भीक्षा माग्दा मैले त अरु केही लगेको थिइन, पाँच पाउण्ड झोलीमा हालिदिएँ। अनि दिनभरि बसेर आएको हुँ।' आमाले दिएको सल्लाह अनुसारको काम खोज्ने प्रयास गर्दा पनि आफुले काम नपाएको कुरा आमालाई संझाउने प्रयास गर्दै राजेशले भन्यो।

> त्यत्तिकैमा फोन कार्डमा पैसा सकिन लागेको सुचनाले कुरा छोट्याउन पर्ने भयो र राजेशले भन्यो –'यहाँ फोन कार्ड पनि सकिनै लाग्यो अब कुनै पनि बेला लाइन काटिन्छ, नेपाल फर्कने हवाई टिकटको पैसा तिर्न जानलागेको थिए, पापाले भने जस्तो इल्लिगल बसेर पैसा कमाउने अवस्था पनि छैन रहेछ यहाँ त आजकाल। केही वर्ष पहिलासम्म त लुकेर काम गर्न पनि पाइन्थ्यो रे, अहिले त इल्लिगललाई काम लगायो भने काम लगाउने मालिकलाई नै जेल जान पर्ने भए पछि इल्लिगल काम गरेर बस्न नपाइने रहेछ। यहाँको कानून बदलिएर त्यसो भएको भन्छन सवैले।

भान्दाइले पनि इल्लिगल बसेर काम गर्न नपाइने भए पछि नेपाल फर्केको भन्नुहुन्थ्यो .. '– भन्दा भन्दै फोनको लाइन पनि काटियो।

> उता नेपालीकै ट्राभल कम्पनीमा फोन गरेर टिकट बुक गरेर बैंक खातामा पैसा हालिदिन्छु टिकट कन्फर्म गरिदिनुस दाइ भनेको पैसा नतिर्दा झेल हुने भयो भन्ने पीर पनि लाग्न थाल्यो राजेशलाई। यो लण्डन पनि अचम्मको रहेछ। फोन र इन्टरनेटबाट सवै काम हुने। मान्छेको अनुहार देखेको हैन। उसको खातामा पैसा हालिदियो। टिकट इमेलमा आउने रे! नेपालमा चाहीँ यस्तो सवै ब्यवस्था यहाँको जस्तो कहिले होला कुन्नि!



(यस कथाको विषय बस्तु र पात्रहरु काल्पनिक हुन् कसैको जीवनसंग मेल खान गएमा संयोगमात्र हुने छ।)

 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.