Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
कथा

ध्यय

-गोविन्द बेल्वासे
कथा
ध्यय
गोविन्द बेल्वासे
यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले त उनले यूनिभर्सिटीमा आफुसंगै पढेको साथीसंग यो प्रोजेक्टको बारेमा कुरा राखेका हुन। टिचरका ती साथीले आफूले कामगर्ने कम्पनीबाट लगानी गराउन तयार भएका छन्। अरु कुरा त सवै टुङ्गो लागिसकेको छ। मेरो टिचर र मसंग भेट गरेर प्रोजेक्टमा काम सुरुगर्न उनी यहाँ आउन लागेको त खाली औपचारिकताका लागि मात्र त हो। भोलि उनी यहाँ आइपुग्ने छन् र मेरो प्रोजेक्टलाई गेमका रुपमा विकास गर्ने काम सुरु हुने छ। मरो टिचरको साथी तथा लगानी गर्ने कम्पनीको त्यो प्रतिनिधिलाई मेरो भावनासंग के नै मतलव छ होला र ? उसलाई र कम्पनीलाई त पैसा कमाउनुसंग मात्र त मतलव छ नि।
मेरो टिचरलाई र उनले नै मेरो प्रोजेक्टका लागि स्पोन्सर तथा लागानी गर्न चाँजोपाजो मिलाई दिएको कम्पनीका प्रतिनिधिलाई मेरो मुख्य ध्यय खुलस्त हुने गरी बताउँ कि नबताउँ भन्ने दोधारमा परेको छु। मेरो यो योजना(प्रोजेक्ट)को बुद्धिस्रोत (थिङ्क-ट्याङ्क) त हजुरवुवा हुनुहुन्छ। मेरो यो प्रोजेक्टको मुख्य ध्यय उहाँलाई बताउँदा निकै धेरै खुसी हुनु भएको छ। आखिर मेरो र हजुरबुवाको ध्यय त एउटै छ। तर, यो ध्यय यी विदेशी टिचरलाई र स्पोन्सर समेत गरेर मेरो कम्प्यूटर गेमको योजना पूरा गर्न लगानी गर्ने कम्पनीलाई मनपर्ने वाला भने छैन जस्तो लाग्छ। यो कम्पनी फुत्कियो भने मेरो यो सवै प्रयाश वोकार हुन सक्छ। ध्यय नबताउँ भने मुल विषय वस्तु ओझेलमा पर्न जान्छ। मुल ध्यय विना नै यो प्रोजेक्ट सफल भयो भने लगानी गर्ने कम्पनीले कमाउने पैसा र मेरो मोजमस्ती ऐश-आराममा मेरो यो दुखः टुङि्गने छ। वास्तविक ध्यय समेटनका लागि मेरो प्रोजेक्ट अनुसार बन्ने कम्प्यूटर गेमका विभिन्न क्लिपहरुमा राखिने र देखिने तथा खेलाडी(ग्राहक)लाई भान हुने दृष्यहरुमा भावना केन्द्रित भएको हुनुपर्ने छ। मेरो प्रोजेक्ट त केवल खाका हो आखिर त्यसको विकास त लगानी गर्ने कम्पनीले विकास गर्ने छ। मेरो ध्यय प्र्रस्टसंग राख्न सकिन भने लगानी गर्ने कम्पनीले त यो गेम बेचेर पैसा कमाउने उद्देश्यले मात्र मेरो योजनालाई पूर्णता दिने छ।
म आफ्नो कम्प्यूटर गेमको प्रोजेक्टमा विचार मन्थन गर्दै भोलिको मिटिङका लागि पस्तुति (प्रिजेन्टेसन) को तयारीमा जुटेको छु। रात छिप्पिसकेको छ। बाहिर परिरहेको हिउले बारी, परखाल तथा घरका छानाहरु सवै सेतै भएका छन्। चम्किलो सेतो र उज्यालो देखिन्छ यो रातमा पनि वाहिर। सडकमा ठिङ्ग उभिएका स्टि्ट ल्याम्पमा फुसफुस गर्दै झरेका हिउका टुक्राहरु राम्रो देखिन्छन्। तर यही सुन्दरता, यदि सेन्टरल हिटिङको साथ नभएको भए अभिसाप हुने थियो होला। हाम्रा पुर्खाहरुले यस्तो हिउ पर्दा जङ्गलका मुढा बालेर ज्यान बचाए होलान्।
हजुरबुवा नेपालबाट आएको पनि दुई महिना जति भयो। म सुत्ने डबलबेड ठूलै भएकोले हजुरवुवा पनि मेरै खाटमा सुत्नु हुन्छ। म खुसुक्क आफ्नो प्रोजेक्टको तयारी गरिरहँदा हजुरवुवा पलङको पल्लोपट्टि घुर्दै सुत्नु भएको छ। म बेडमै गेम प्रोजेक्टको काम गर्दै छु भन्ने उहाँलाई थाहा नै छैन्। आधारात वितिसक्दा पनि नसुतेर आइप्याडमा मेरा औँलाहरु चल्बलाउँदै गरको थाहा पाउनु भयो भने हजुरवुवाले लम्बेतान अर्तिवुद्धि दिँदै सुत्न लागउनु हुन्छ मलाई पनि। त्यसैले हजुरवुवाले थाहा नपाउने गरी म मेरो काम गरिराखेको छु। मेरो प्रोजेक्टका बारेमा टिचरले दिएको जानकारीकै भरमा कम्पनी लागनी गर्न तयार भएको हो। तै पनि मैले आफ्नो प्रोजेक्टका वारेमा त्यो कम्पनीको मान्छेको मन जित्ने गरी प्रभाव पार्न जरुरी छ। वाहिर परिरहेको हिउँले पनि हिममानव समाउने परिकल्पनामा आधारित कम्प्यूटर-गेमको प्रोजेक्ट बनाउने मेरो दिमागलाई थप उर्जा दिइरहेको छ।
साचो कुरा त के हो भने, मेरो यो गेमको मुख्य सोच त हजुरवुवाले बताउनु भएको हो। हजुरवुवा मेरो अहिलेको उमेर भन्दा पनि सानो छँदा उहाँलाई दिदीहरु (मेरी फूपु हजुरआमा)ले सुनाएको लामकाने हिममान्छेको कथाबाट मेरो यो गेम प्रोजेक्ट बनेको हो। त्यो कथा पो मुख्य केन्द्रविन्दु हो। हजुवुवा नेपालबाट आएदेखिन मलाई हरेक दिन एउटा न एउटा नयाँ कुरा सिकाउनु हुन्छ। उहाँले आफ्नो बालक छँदा देखे भोगेका प्रसंगहरु मेरा लागि नयाँ र अचम्म लाग्दा हुन्छन्। कहिले काहीँ उहाले आफ्नो जवानीका समयमा नुन बोक्न गाउँलेहरुसंग दुईदिनको बाटो हिँडेर बजार जाँदाका रमाइला प्रसंगहरु पनि सुनाउनु हुन्छ। कहिले उहाँले उसवेला सुन्ने गरेका दन्त्यकथाहरु सुनाउनु हुन्छ। हजुरवुवाका ती कुराहरुबाट सिकेर मैले मेरो प्रोजेक्ट विकास गरेको हुँ। अहिलेका कम्प्यूटर, आइफोन, मोटर-गाडी, ट्याबलेट, नेभिगेटर तथा मोवाइलफोन जस्ता यन्त्रमात्र होइन रेडियो समेत नभएको दुनियामा हिममानव यती खोज्ने खेलका रुपमा कम्प्यूटर गेम बनाउनु नै मेरो यो प्रोजेक्ट हो। मेरो यो विचारलाई प्रचलित बजार भन्दा नौलो सोच मानेका कारण यो प्रोजेक्टमा लगानी गर्न कम्पनी तयार भएको हो। बजारमा प्रचलनमा रहेका गेमहरुमा आधुनिक हतियार र उग्रवादीहरुसंगका लगाई जस्ता परिदृष्यहरुमा रुमलिएको छ। यसले आजका बालवच्चाका दिमागमा पनि त्यस्तै असर पार्ने गर्छ। यस भन्दा भिन्नै परिवेशको भर्चुवल दुनियामा पुर्‍याएर खेलाडीलाई फरक अनुभूति दिने मेरो परम्परागत सैलीमा आधारित हिममानव खोज्ने खेल बनाउने प्रोजेक्टले बजारमा एउटा फरक असर पार्ने छ। यो खेल खेल्ने बच्चाहरुमा खतरालाई विश्लेषण गर्ने, योजना बनाउने र सिर्जना गर्ने सोचाई जगाउने छ। फरक पनकै कारण यो गेमले पैसा पनि थुप्रै कमाउने छ। त्यसैकारणले गर्दा मेरो प्रोजेक्टमा लगानी गर्न यत्रो कम्पनीको मान्छे मलाई र मेरो टिचरलाई भेट्न आउन थालेको हो।
हिमाल चढ्न भन्दै नेपाल गएका विदेशी पर्यटकहरुले हिममानव देखेको तर फोटो खिच्न र थप जानकारी जम्मा गर्न नसकेको विषयमा हजुरवुवाले मलाई बताए पछि गुगलमा गएर यस विषयमा खुवै जानकारी खोजेको छु। यती का बारेमा थुप्रै जानकारी जम्मा गरेपछि यसका तथ्यहरुलाई हजुरवुवाले बालककालमा सुन्ने गरेका गाउँघरका कथालाई जोडेर मैले यो हिममानव यती खोज गर्ने कम्प्यूटर गेम बनाउने प्रोजेक्ट बनाएको हुँ। हजुरबुवाका कुरा र मेरो जिज्ञासाले मलाई यति उत्साहित गरेको छ कि म हरपल यही प्रोजेक्टमा जुट्ने गरको हुन्छु। यो प्रोजेक्ट बनाउन थालेदेखि म रतिमा दुई घण्टा भन्दाबढी सुतेको पनि छैन्। हरेक दिन र रातमा पनि म यही प्रोजेक्टका बारेमा खोज्ने पढ्ने र मेटेरियल जम्मा पार्नमै ब्यस्त हुन्छु। यसका हरेक पक्ष यति रमाइला छनकि मेरो ध्यान यसभन्दा बाहिर जाँदै जाँदैन। मलाई यो प्रोजेक्टमा काम गर्न यति रमाइलो लाग्दैछ भने यो गेम खेल्ने ग्राहक खेलाडीले कति रमाइलोसंग यो गेम खेल्लान भन्ने सोचेर म आफै दंग हुन्छु। एक हप्तादेखि बेलाबेला पर्ने हिउँ बारीमा जमेको छ। पग्लेकै छैन्। अलि अलि पग्लिन्छ अनि फेरि थपिन्छ। यसले गर्दा पनि हिउँको बातावारणमा फोटो खिचेर क्लिपहरु जम्मा गर्दै प्रोजेक्टको काम गर्न मलाई मौसमले पनि निकै साथ दिएको छ।
मेरो यो प्रोजेक्टमा काम गर्न मम्मीबाट भने खुब बच्नु परेको छ। म आजभोलि रातिमा दुई घण्टामात्र सुतेर कम्प्यूटरमा काम गरेर बसिरहेको थाहा पाए त मम्मीले मेरो आइप्याड नै खोसेर लैजानुहुन्छ। त्यसैले मम्मीबाट खुब बचेर काम गर्नु पर्छ। नभन्दै मम्मीको कोठाको ढोका खुलेको आवाज आयो। मैले आइप्याड बन्द गरेर सिरक भित्र टाउको पनि लुकाएं। ढोकाको चरमा आहइप्याडको उज्यालो देखियो भने मम्मीले मेरो आइप्याड जफत गर्नेवाला हुनुहुन्छ। उहाँ पक्कै पनि पिसाप लागेर निद्राबाट जागेपछि उठ्नु भएको होला। ट्वाइलेटबाट उहाँ फर्किएपछि म त मेरो काम जारी राख्छु। भोलि त्यो कम्पनीको मान्छेलाई खुसी पार्न नसके त मेरो यत्रो मेहेनत बरबाद हुन्छ। हिजो त मम्मीले मेरा आँखा हेरेर किन तेरा आँखा यस्ता भनेर सोध्दा म पक्राउ पर्ने भएं कि भनेर डराएको थिएं। पछि तेरा आखा यस्तो रक्सी खाएर लएिका जस्ता किन? भनेर सोध्दै हुनुहुन्थ्यो, मैले यसो उसो ठट्टा गरेर टारिदिएं। रातिमा नसुति नसुति प्रोजेक्टको काम गरेको मम्मीलाई थाहा दिन हुन्न। एक त समयमा खाना नखाने, बोलाउनासाथ खाना खान नजाने भन्दै भाषण सुनेको सुनै गर्नु पर्छ। आफुलाई यो प्रोजेक्ट पर्फेक्ट बनाउने पीर छ, मम्मीलाई मेरो ज्यानको पीर छ। कत्ति न छोरोलाई बडी बिल्डर बनाउने मन होला नि। मम्मीको कोठाको ढोका बन्द भएको आवाज सुनेपछि म फेरि आफ्नो प्रोजेक्टको काममा जुटें।
यता फेरि खाटको पल्लोपट्टि सुतेका हजुरवुवाले पनि सुतेको छैन भन्ने थाहा पाए काम गर्न पाइन्न। तर, मम्मीलाई जति छल्न गाहरो छैन् हजुरवुवालाई। घुर्दै सुत्नुहुन्छ। यस्सो घुर्न छाड्यो कि आइप्याडको उज्यालो लुकाएर निदाए झै गर्छु। झन्न घुर्दै सुत्नुहुन्छ हजुरवुवा र मलाई काम गर्न सजिलो भएको छ।
अरु कुरा त मेरो प्रोजेक्टमा करिब सवै समेटिएको छ। तर, मेरो मुख्य ध्यय यसमा कसरी मिराउने यसका लागि के गर्ने होला मैले योजना बनाउन सकेको छैन्। यो गेममा मेरो र हजुरवुवाको मुख्य ध्याय समेटिन्छ भन्नेमा हजुरवुवा त ढुक्क हुनुहुन्छ। यदि हाम्रो भावना समेटिएन र केवल पैसा कमाउने खेल मात्र बन्यो भने त हजुरवुवाको मन दुख्ने छ। मैले कम्प्यूटर गेमको प्रोजेक्ट बनाउने कुरा गर्दा हजुवुवा त्यत्ति धेरै उत्साहित हुनुहुन्थेन। तर, यस गेमबाट नेपाललाई सांस्कृतिक, पर्यटकीय र आर्थिक लाभ हुनसक्ने विषयबारे मेरो ध्यय खोले पछि भने हजुरवुवा पनि यो प्रोजेक्ट जसरी पनि सफल पार्नुपर्छ भनेर लागिपर्नु भएको छ। महाभारतका कतिपय प्रसङ्ग बताएर मलाई यो गेमलाई रोमाञ्चक पार्ने बुद्धि दिनुभएको छ। हिममानव यती खोज्ने योग्य खेलाडी बनेर खेलको खुख्य द्वारमा प्रवेश गर्नु भन्दा पहिले खेलाडीले लिनु पर्ने तालिमका लागि खास बुद्धि हजुरवुवाले दिनुभएको हो। त्यो तालिम पनि खेलकै एक भाग हो। तालिम पुरा गर्ने खेलाडी मात्र खेलको मुल द्वार भित्र छिर्ने मेरो प्रोजेक्ट हो। महाभारतमा अर्जुनले तालिम गर्दा चराको टाउको र तीरको टुप्पो मात्र देखेको प्रसङ्ग तालिम पुरा गर्ने मुल मर्म हुन पुगेको छ। अर्जुनको कला सिके पछि मात्र यो गेमको दोस्रो भाग खेल्न क्वालिफाइड हुन्छ खेलाडी।
रामायणमा लक्षमण घाइते भएपछि हिमालमा सञ्जिवनी बुटी खोजेको हनुमानको प्रसंगलाई पनि आधुनिक पाराले खेलमा समेट्ने कुरा मैले प्रोजेक्टमा हालेको छु। खासमा भन्ने हो भने यो प्रोजेक्ट त हजुरवुवाकै प्रोजेक्ट भने पनि हुन्छ। उहाँका कुरा नसुनेको भए यो प्रोजेक्ट मेरो दिमागमा आउने नै थिएन। प्रोजेक्टमा खास त हजुरवुवाले आफू बच्चै हुँदा सुनेको एउटा कान विछ्याउने र अर्को कान ओढेर सुत्ने गरेको लामकाने हिममान्छेको कथाबाट सुरु हुन्छ।
खेलको मुख्य भागमा हिममानव यती को अस्तित्व भए नभएको र खोजी गर्दा हिमायमा खेलाडीले गर्ने संघर्ष छ। त्यो खोजी गर्न जाने खेलाडी हिमालयमा संघर्ष गर्न जाने तयारीको भाग एकदमै रोमाञ्चक हुन्छ। मोवाइलको नेटवर्क नै नभएको, कम्प्यूटरको प्रयोग नहुने, हतियारले काम नगर्ने हिमालयका अनकन्टार खोँचहरुमा हराएको खेलाडीले आफ्नो पेट भर्न कै लागि पनि जीवन मरनको प्रयासबाट सिकार खेलेर हिमालमा पाइने जन्तु मारेर भोक मेटाउनु पर्ने हुन्छ। जनतन सिकार गरेको मासु पकाउन हिमालयमा आगो हुँदैन। सहरमा बस्ने खेालडीले हिमालको त्यो काचो मासु पच्दैन र पेट दुख्छ भन्ने हेक्का राख्न सकेन भने उसले खेल हार्छ। सहर बजारका आधुनिक प्रविधिमा आदत बसेका मान्छेहरुलाई प्रकृतिका सरल नियमसंग जुध्ने ज्ञान नभएका कारण यो गेम झन रोचक हुन गएको छ।
हजुरवुवाहरु सानो छँदा, मोटरगाडी, फोन र रेडियो, टिभी देख्दै नदेखेको यथार्थ सुनेका कारण यो गेम-प्रोजेक्ट मेरो मनमा आएको हो। कालोपत्रे बाटोमा आधुनिक पुलहरुमाथि गुड्ने चिल्ला गाडीमा सुइकिने बानी परेका खेलाडीहरुलाई बाढी आएका बखत नदीको पानीमा कसरि तर्न सकिन्छ, पानी कम हुदाँसम्म कति समय पर्खनु पर्छ भन्ने केही थाहा नभएका कारण हिममानव यती खोज्न कठिनाई पर्ने मात्र होइन नयाँ अनुभव र अनुभूति महसुस हुन्छ। नयाँपन र फरक अनुभूति पाउने हुनाले यो प्रोजेक्टको गेम बजारमा खुब विक्ने छ।
आफ्नो प्रोजेक्ट रोचक र सफल बनाउन हिम मानव यती का बारेमा खोजिएका र अनुभव गरिएका विष्यहरु कम्प्यूटरमा खोज्ने र त्यसको रहस्य बुझेर गेमलाई रोचक र ज्ञानप्रद बनाउनमा प्रयासरत छु। गेम बनाउन र यसको सफलताका लागि हजुरवुवा पनि लागिपर्नुका पछाडि यो गेमको विश्व ब्यापरले नेपाललाई चिनाउने र यती खोज्ने खेलबाट नेपाल भ्रमणका लागि खेलाडीलाई लालायीत पार्ने हाम्रो ध्यय नै यो गेम बनाउनुको मुल कारण भएको छ। यो खेलले नयाँपन दिने र लगानी गर्न ठूलो कम्पनीसमेत मेरा टिचरले जुटाइदिएकाले यो गेम बजारमा विक्न थालेको केही समयमै नेपाल जाने पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने मेरो र हजुरवुवाको ठम्याई छ। तर, यही मुल मनसाय भने मैले अफुले पढ्ने कलेजको बेलायती टिचरलाई भन्न सकेको छैन्। यदि नेपालको उन्नतिका लागि यो गेम-प्रोजेक्ट बनाउन रातदिन एक गरेर म लागिपरेको बताएं भने मेरो टिचर रिसाउला कि भन्ने ठूलो डर छ मलाई। मेरो टिचरको ध्याउन्न त बृटिसको उन्नति र भलो होस भन्ने मात्र छ, उसलाई नेपालको के नै मतलव र?
तर, मेरो मनसाय राम्ररी राख्न सकिन भने गेमको अन्तर्भावनाले नेपालको उन्नति गराउन सक्ने छैन। नेपाल उन्नतिको ध्यय गेमप्रोजेक्टले समेट्न नसक्ने सम्भावनाबाट हजुरवुवा उदास हुने डरले अहिलेसम्म त उहाँलाई बताएको छैन्। अव भने हाम्रो असली ध्यय आफ्नो टिचरलाई थाहा नभएको र कसरी कुरा अगाडि बढाउने भनेर हजुरवुवासंग सल्लाहा लिने निधो गरेको छु। तर, अव भोलि दिउसो लगानी गर्ने कम्पनीको मान्छेसंग भेट हुने भएपछि त हजुवुवालाई मैले भनिन भने वेइमान गरे जस्तो हुन्छ भन्ने लाग्दै छ।
हजुरवुवाको निद्रा पूरा भएछ क्यारे, घुरेको आवाज आउन छाड्यो। म यति रातिसम्म नसुतेको थाहा पाए हजुरवुवा दुखी हुने र मलाई लामो भाषण दिएर सम्झई बुझई गर्ने हुनाले आइप्याड बन्द गरेर खुसुक्क सुतिराखे जस्तो गरेँ। हजुरवुवा उठेर बाथरुमतिर जाँदा म निदाइसकेको रहेछु।
एलार्म बजेको आवाजले निद्रा खुल्यो। तल कोठामा बसेर आफ्नो संस्कृत भाषाको पुस्तक पाठगर्दै गर्नु भएको हजुरवुवाको आवाज मेरो कानमा गुनगुनाई रह्यो। मन भने दिउसो भेटहुने लगानी गर्ने कम्पनीको मान्छेवारे उत्साहित थियो। टिचरले मलई बताए अनुसार त मेरो गेम प्रोजेक्टबाट त्यो लगानी गर्ने कम्पनीको मान्छे लगानी गर्न र गेम बनाएर छ महिना भित्र बजाउरमा बेच्ने कुरामा ढुक्क छ, रे। उ मलाई भेट्न आउने त एक प्रकारको औपचारिकता मात्र हो। त्यसले पनि म पूरै उत्साहित भएको हुँ। उसंगको भेटमा आफ्नो प्रोजेक्टमा अझै थप कुरा दिन सक्ने जानकारी पनि जम्मा गरिसकेकाले ढुक्क छु।
उठेर बाथरुमबाट फ्रेस भएर फर्किएपछि आईप्याडमा इमेल खोलेको मेरै टिचरको इमेल रहेछ। उसले हिउँका कारण एयरपोर्ट बन्द भएको हुनाले लगानी गर्ने कम्पनीको मान्छे आइपुग्न नसकेको र कहिले आउछन भन्ने निधो हुनासाथ मलाई जानकारी गराउने खवर पठाएका रहेछन्।
हिम मानव यती खोज्ने खेल नै प्रोजेक्ट भएको हुनाले हिउ परिरहेको वातावरणमा प्रोजेक्टका विचार मन्थन गर्न मलाई निकै मद्दत मिलेको थियो। तर, त्यही हिउँ बढी परेका कारण कम्पनीको मान्छे आइपुग्ननसक्ने भए। म पनि प्रोजेक्टमा अझै थप सुधार गर्ने र झन राम्रो पार्नका लागि यो लम्बिएको समयलाई उपयोग गर्ने छु। आफ्नो धार्मिक पूजा-पाठ सक्नासाथ हजुरवुवासंग नेपालको उन्नतिका लागि प्रोजेक्टमा हामो ध्यय जोड्न कसरी टिचर र कम्पनी प्रतिनिधिसंग सल्लाहा गर्ने भनेर सल्लाहा लिने छु।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.