Govind Belbase
<January 2023>
SuMoTuWeThFrSa
25262728293031
1234567
891011121314
15161718192021
22232425262728
2930311234
उहिलेका भानु र अहिलेको रामायण(विष्लेषण)– गोविन्द बेल्वासे
उहिलेका भानु र अहिलेको रामायण(विष्लेषण)

– गोविन्द बेल्वासे



Listen


नेपाली भाषालाई देवनागरी लिपि तथा खस भाषा शैलीलाई आम भाषाका रुपमा विकास गर्दै नेपाली समाजलाई “रामायण” प्रदान गर्ने भानुभक्त आचार्य जन्मने वर्ष नै बेलायतको छापा प्रकाशनमा महत्वपूर्ण आयाम थपिएको थियो । हामीकहाँ संस्कृत भाषा लगायतका ग्रन्थहरु त्यस समयसम्म निगालाको कलमले बासको सुपेला (बोक्रा)मा लेखेर राख्ने प्रचलन थियो । त्यस्ता लिखतहरु अझै पनि पण्डित खलकका घरघरमा भेटाउन सकिन्छ । उनी जन्मदासम्म नेपालमा छापाखाना नै थिएन । सन् १८५१मा बेलायत भ्रमणबाट फर्कँदा नेपालका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले लगेको गिद्दे छापाखाना नै नेपालको प्रथम छापा मेसिन थियो ।

प्रविधि विकासको अन्तराल र साहित्यको योगदान विषयको छलफललाई भानुभक्तसँग जोड्न नसके उनको योगदानको मुल्याङ्कन ठीक नहुन सक्छ । फेसबुकमा अप्mना अभिब्यक्ति सहजै प्रकाशन गर्न सकिने अहिलेको पुस्तालाई त्यस बेलाको अवस्था पत्याउन समेत गाह्रो हुन सक्छ । यो पुस्तालाई भानुभक्तको साहित्यले तत्कालीन समाजमा गरेको योगदानको महत्व बुझाउन पनि त्यस समयको प्रकाशन प्रविधिबाट साहित्य र अभिब्यक्तिहरु अन्य ब्यक्तिसम्म पु¥याउन कति कठिन थियो भन्ने बुभ्mन जरुरी हुन्छ ।

बेलायतमा उनी जन्मेकै वर्ष सन् १८१४मा ‘दी टाइम्स’ पत्रिकाले घण्टामा एक हजार एकसय पाना छाप्न सक्ने प्रेश (मसिन) किनेर छापा प्रकाशन गरिरहेको थियो । सन् १०४८ तिर चीनमा विकास गरिएको छाप्ने प्रविधि विकसित हुँदै गयो । भानुभक्त जन्मने वर्ष नै वास्प–इन्जनद्वारा स्वचालित हुने प्रेशबाट हजारौं प्रति छापेर बेलायतमा पत्रिका प्रकासन हुन थालेको थियो । समयको अन्तरालमा पूर्विय समाज जहाँको त्यहीँ रह्यो र बेलायत तिरको पस्चिमी समाज वास्प इन्जनको विकास र प्रयोग सँगै अगाडि बढ्दै गयो । छापा प्रकाशनको अन्तरसँगै हामीले पढ्न जान्नेको संख्याको अनुपात पनि अनुमान गर्न सक्छौ । जसअनुसार गाउँभरिमा एक–दुई जना पढ्न जान्ने पण्डितहरु रहेको नेपालको समाजको तुलनामा बेलायतमा हजारौको संख्यामा पत्रिका पढ्ने आम नागरिकहरु छ्याछ्याप्ति रहेको सहजै अनुमान गर्न सकिन्छ ।

भानुभक्तको जमानामा अहिलेका जस्ता स्कूल र कलेज थिएनन् । गुरुहरुले विद्यार्थी जम्मा पारेर कसैको घरमा पढाउने गर्थे । खास गरेर गाउँका धनी र खान–लाउन पुग्ने साहुहरुका घरमा त्यस्ता गुरुहरु पाल्ने चलन हुन्थ्यो । भानुभक्तका समयसम्ममा लेख्ने पढ्ने देवनागरी लिपि र अक्षरहरुको विकास भने भैसकेको थियो । समाज पूर्ण रुपले अध्यात्मबादी थियो । हिन्दू धर्म र संस्कृत भाषालाई इस्वरसंग जोड्ने माध्यमका रुपमा ब्याख्या गर्नु पण्डितहरुको धुत्र्याइ र कमाई खाने स्रोत बनेको थियो । त्यस्तै पण्डित खलकमा उनको जन्म भएको थियो । त्यसैले उनले पढ्ने लेख्ने गर्न पाए । शिक्षा हासिल गर्ने मौका पाउनका साथै परिवारबाटै मुख्य प्रेरणा पनि पाए ।

त्यस समयसम्म हिन्दू र्धम ग्रन्थहरु पण्डितहरुको भाषाका रुपमा रहेको संस्कृत भाषामा नै थिए । गाउँ घरमा सप्ताहा पूजा–पाठ तथा प्रबचन आदिका माध्यमबाट पण्डितहरुले त्यस्ता संस्कृत ग्रन्थहरु बाचन गरेर चलन चल्तिको भाषामा अनुवाद सहित सुनाउने प्रचलन थियो । पण्डितहरुको त्यो पेसा नै बेनेको थियो । इज्जत पनि बढ्ने र पैसा पनि कमाइने राम्रो स्रोत थियो पण्डित पेसा । शारिरीक श्रम गर्न भन्दा सजिलो र मीठो खान पनि पाइने पेसा थियो । भानुभक्तले आप्mनो लेख्न–पढ्न जान्ने सीप र कलालाई पारिवारिक परम्परा भित्रमात्र कायम राख्न भन्दा थप योगदान गरेर समाजमा नाम कमाउने धोको राखे । त्यसमा उनी सफल पनि रहे । उनले परम्परागत रुपमा रहेको संस्कृत भाषाको रामायणलाई नेपालको ग्रामिण जनजिब्रोको भाषामा अनुवाद गरेर प्रकाशित गरे । उनका कृति मध्ये सवै भन्दा बढी चर्चित र खस भाषालाई घरघरमा पु¥याउन सफल बनेको रामायणले उनलाई दुई सय वर्ष वितिसक्दा पनि जीवन्त बनाएको छ । उनले दिएको यो ठूलो योगदान नेपालमा अझै धेरै पुस्तासम्म निरन्तर रहनेछ भन्ने दावी र्गन सकिन्छ । तर, बेलायतमा भने नेपाली मूलका नयाँ पुस्ताहरुमा देवनागरी लिपिको प्रचलन घट्दै जाँदा भानुभक्तको योगदानलाई पनि विर्सदै जाने सम्भावना पूर्वानुमान गर्न सकिन्छ । तनहु चुँदी रम्घाबाट फैलिएको उनको सन्देश दार्जिलिङ र सिक्किमसम्म पनि निरन्तरता कायम गर्दै अगाडि बढिरहेको छ । तर, यूरोप, अमेरिका जस्ता धनी देशमा बसाइसरेका नेपाली सन्ततीहरुमा भने त्यो क्रम जारी रहला भन्ने सम्भावना क्षीण हुँदै गएको किटन गरेर भन्न सकिछ ।

साहित्य अमर हुन सत्य अभिब्यक्ति दिएर मात्र पुग्दैन । धेरै पानाहरु भरेर ठूलो पुस्तक तयार पारेर मात्र पनि पुग्दैन । बरु, मनोरञ्जनात्मक तरिकाबाट समाजलाई अग्रगमनतिर डो¥याउने सन्देश बोकेको साहित्यले अमर हुने अवसर बोक्द छ । भानुभक्तका कृतिहरु अमर हुने कसिमा खरो उत्रिएका मात्र होइनन् यीनले नेपाली समाजलाई एकतामा बाध्ने भूमिका समेत लामो समयसम्म निभाएका छन् । अनेकता भित्र एकतामा नेपालीहरुलाई बाँधेर राख्न उनका कृतिले सघाएको पाइन्छ । खास गरेर पृथ्विनारायण शाहले गरेको एकीकरण र पञ्चायती ब्यवस्थाका समयमा खस भाषा नेपाल भरि पैmलाउने क्रममा पनि भानुभक्त रामायणले भूमिका खेलेको पाइन्छ ।

पूर्वको कीरात समाजमा शाह बंशको राजनैतिक प्रभाव पार्न पनि सत्तापक्षले नेपाली भाषालाई हिन्दू संस्करण सहित प्रश्रय दिने काम गर्यो । सोही क्रममा भानुभक्त रामायणको भाषा शैली पनि सहायक भएको भन्न सकिन्छ, जसले पूर्वमा नेपाली खस भाषा प्रचलित बनाउन सघाएको मानिन्छ । क्षेत्रिय भाषालाई खस भाषाले धक्का दिएको भए पनि साझा भाषाका रुपमा नेपाली भाषा अगाडि बढ्नुमा बृटिस सेनाको प्रचलनले पनि सघाएको कुरा ‘सिन्धोलुङ फागो वनेम बंसावली’ का संकलक श्री टंक वनेम बताउनु हुन्छ । त्यसै गरी नेपालमा शाह बंशको उदय पश्चात नेपाली भाषालाई कीरात क्षेत्रमा विस्तार गर्ने क्रममा भानुभक्तका कृतिको पनि भूमिका रहेको साहित्यकार श्री रक्ष राईले पनि महसुस भएको स्वीकार गर्नुहुन्छ ।

नेपाली भाषालाई कीरात क्षेत्रमा विस्तार नगरिएको हुँदो हो त, यसै विषयमा सम्बाद गर्ने क्रममा रक्ष राई तथा टंक वनेम ज्यूसंग मैले स्थानीय भाषा अङग्रेजीमा सम्बाद गर्नु पर्ने हुन्यो भन्ने महसुस पनि भयो । कीराती मित्रहरुको फरक भाषा हुँदो हो त नेपाली नभएर अङ्ग्रेजी हाम्रो साझा–भाषा हुने थियो । नेपाली भाषाले किराती भाषालाई विस्थापित गर्नमा भानुभक्तको योगदानलाई सकारात्मक र नकारात्मक दुई कोणबाट विश्लेषण गरिएता पनि विदेशमा बस्दा पनि हामीहरु बीच एक साझा नेपाली भाषाका रुपमा सम्बाद गर्न पाउने स्थिति रह्यो । यसमा भानुभक्तको योगदानले कतै न कतै भूमिका खेलेको मान्नु नै पर्ने हुन्छ । खस भाषा साझा भाषाको रुपमा विकास गर्दा गर्दै पनि स्थानीय भाषाहरुको विकास र उत्थानमा बाधा पु¥याउन हुँदैन भन्ने भावना वि. स. २०४७ को नेपालको संविधानबाट नै स्वीकार गरिएको अवस्था हो । तर, ब्यवहारमा भने स्थानीय भाषाको उत्थान एकताको बाधक मान्ने मनसिकताबाट हाम्रो समाज माथि उठ्न सकेको छैन । स्थानीय भाषालाई पनि उत्थान र सम्मान गर्न सके भानुभक्तको योगदानको कदर गरेको ठहरिने छ ।

भानुभक्त र तुलसिदास

भानुभक्तका कृतिहरु मध्ये रामायण नै सवै भन्दा बढी प्रचलित, चर्चित र योगदान गर्न सफल मानिएको छ । बालमिकिले रचेको रामायणलाई तुलसिदासले अवध भाषामा अनुबाद गरेर पाएको चर्चाबाट भानुभक्त प्रभावित भएर रामायणलाई चलनचल्तीको नेपाली भाषामा अनुवाद गरेको सहजै अनुमान गर्न सकिन्छ । उक्त प्रेरणाको विषयलाई उनको घासी कवितासँग जोडेर पनि पुष्टि भएको मान्न सकिन्छ । उक्त कवितामा उनले घासीबाट नाम कमाउने प्रेरणा पाएको भनेका छन् । तर, उनले नयाँ कृति नै रचेर भन्दा पनि तुलसिदासको क्रम समाएर चर्चाको शिखरमा पुग्ने बाटो अपनाउन मेहेनत गरेको पाइन्छ । सम्बत् १६३३मा तुलसीदासले रामचरितमानस लेखेका थिए जुन उत्तर भारतको चलनचल्तीको भाषा अवध भाषामा बालमिकी रामायणकै अनुबाद थियो । संस्कृत भाषाको जटिलताले गर्दा पण्डितहरुको परिधिभित्र रहेको बालमिकि रामायण तुलसीदासको संस्करण जनमानसमा निकै चलन चल्तिमा रहेको थियो । भानुभक्तको पठनपाठनका क्रममा बनारस, अयोध्या लगायतको उत्तरी भारतमा तुलसीदासको प्रशंसा र चर्चा पाएको देखेर उनलाई निकै प्रभाव परेको हुनुपर्दछ । ईसा र्पूव ६०० देखि दुई सताब्दी बर्ष पहिला रचिएको बालमिकिको रामायणले लामो समयसम्म संस्कृत भाषामै बर्चश्व बनाइरह्यो । संस्कृत भाषा जनविब्रोको भाषा नभएर तत्कालीन पण्डितहरुको मात्र भाषा भएको कारणले गर्दा जब जनजिब्रोको भाषामा पढ्न र बाचन गर्न सुविधा मिल्यो त्यसले उत्तरी भारतमा तुलसीदासको प्रशंसाको बाढ नै लगाई दियो । तर, यता नेपालमा सर्वसाधारणले नत बालमिकिको भाषा नै जान्दथे नत तुलसीदासको भाषा नै बुभ्mदथिए । पढ्न र ब्यवसाय आदिका कारण उत्तर भारतमा आवत जावत हुने केही मानिसहरुलाई बालमिकिको संस्कृत भन्दा तुलसीदासको भाषा अलि सरल भएका कारण नेपालको पहाडी भेकमा पनि कतै कतै तुलसीदासको रामायणले स्थान पाउन सफल भएको थियो । उत्तर भारतबाट पठनपाठनका लागि गुरुहरु नेपाल ल्याउने चलन थियो । त्यस्ता गुरुहरुका माध्यमबाट पनि नेपालका केही परिवारमा उत्तरभारतको अवध भाषाबारे ज्ञान रहेकाले तुलसिदासको रामायण पनि कतैकतै पढ्ने चलन थियो । नेपालको तराईमा पनि अवध भाषा प्रचलित भएका कारण पनि तुलसिदासको रामचरित मानसको प्रभाव पहाडी भेकसम्म केही परेको मान्न सकिन्छ ।

भानुभक्तले पनि तुलसीदासको पदचाप पछ्याउँदै बालमिकी रामायणलाई नेपालको चलन चल्तीको भाषामा अनुवाद गरेर प्रचलनमा ल्याए । ख्याति पनि कमाए । मोतिरामले प्राज्ञहरुबीच उनलाई चिनाए । त्यसैले तुलसिदास नै भानुभक्तका मुख्य प्रेरणाका स्रोत हुन भन्न सकिन्छ ।

योगदान कति सकारात्मक

विज्ञान एवं प्रविधि विकाससंगै मानव जीवन यापनमा सहजता थपिँदै गयो । प्रविधिको उन्नतिमा तीब्र गति आउनु भन्दा पहिला सृष्टिको विषय मानव ज्ञानको परिधि भन्दा बाहिरको विषय थियो । त्यस अवस्थामा समाज विस्वासमा चल्ने अध्यात्मबादभन्दा माथि उठ्न सक्ने स्थिति पनि थिएन । अहिलेको बिग ब्याङ्ग, ब्ल्याक होल, गिब्सहब्स र डार्क इनर्जीको चरणसम्म आइपुगेको बैज्ञानिक ज्ञानको सतहमा भानुभक्तको तत्कालीन समाजको चेतना स्तर तुलना गर्न सकिँदैन । मानव ज्ञानले उत्तर भेटाउन नसकेको सवै विषय इश्वरको रचना भनेर चित्त बुझाउने अवस्था रह्यो । त्यही चेतना स्तरमा पात्रहरुको माध्यमबाट बलवान र न्याय पक्षधर मुल पात्र (हिरो) राम र असल नारीको गुण समाजलाई दर्साउने पात्र सीता (हिरोइन)को कथाबस्तु भित्र रहेर समाजमा भानुभक्तले जुन सन्देश फैलाए त्यसले नागरिकहरुलाई असल नारी र पुरुष बन्नु पर्ने सन्देश दियो । पुजाआजा र धार्मिक प्रबचनहरुमा संस्कृत भाषाका माध्यमबाट पण्डितहरुले स्थानीय भाषामा पैmलाउने असल सन्देश सिमित मानिसहरुसम्म मात्र पुग्ने गरेको थियो । भानुभक्तको सरल भाषाले बालमिकिका ती सन्देशहरु नेपाल भित्रका धेरै ब्यक्तिहरुमा फैलाउने भूमिका खेल्यो ।

नारी पुरुषबीच समानताको अवधारणा बोकेको अहिलेको यूगमा रामायण भित्र कल्पना गरिएका पात्रका भूमिकाहरु अबैज्ञानिक ठहरिएलान तर तत्कालीन समाजमा सीताका गुणबाट नारीहरुलाई असल नारी बन्ने प्रेरणा दिइएको थियो । भानुभक्तले चलनचल्तीको भाषामा पुस्तकको माध्यमबाट नागरिकहरुलाई असल बन्नु पर्ने र दुष्ट चरित्रलाई निरुत्साहित पार्ने सन्देश पैmलाएका थिए । तत्कालीन समाजमा त्यो भूमिका निभाउन उनी सफल भएका कारण नै अहिलेको नारी–पुरुष बीच समानताको समाजको परिकल्पना सम्भव भएको हो । तत्कालीन समाजमा भानुभक्तले नारी–पुरुष बीच समानताको सन्दर्भ उठाउन सम्भव पनि थिएन र उनकै चेतना स्तर पनि त्यो स्तरमा थिएन ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.