Govind Belbase
<June 2023>
SuMoTuWeThFrSa
28293031123
45678910
11121314151617
18192021222324
2526272829301
2345678
कथा

दैलौ लगाएको आवाज....।

-गोविन्द बेल्वासे
सुन्नुहोस्

दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही बैठक कोठा मै विस्तरा लगाई दिए । दिनेशका श्रीमान श्रीमती नै दुवैजना पढाउने काम गर्छन् । दुवै जना दिनभरिको थकाईले मस्त न्रि्रामा परिहाले । बाऊ विचरा, बसमा धेरै यात्रा गर्ने बानी पनि नभएको, त्यसैमा पहाडका घुम्तीहरु, टाटा बसमा यता उता हल्लदै लामो यात्रा गरेर गाउँको दैनिकीबाट काठमाडौंको धुवाँ र धुलोको कक्टेलमा परेर लखतरान पारेकोले एकै छिनमा झपक्क निदाएका मात्र थिए । दैलो लगाएको 'क्वाइ...य' को आवाजले उनलाई न्रि्राबाट बिउँझायो । ओढिराखेको सिरकबाट टाउको निकालेर यस्सो ढोका तिर चिहाए ..... ।

>पहिला त पहिलो न्रि्राकै झोकमा गाउँकै घरको आफनै विस्तरामा सुतेको भान भएर उनले दैलो तिर हेरे । तर आँखा खोल्दा उनी त छोराको डेराको बैठक कोठामा भएको यथार्थमा दैलो उघारेको आवाज विश्लेषण गर्न थाले । त्यो ढोका त लाउँदा र उघार्दा त्यस्तो आवाज आउने खालकै छैन । आवाज भने गाउँको त्यो अलकत्रा पोतेको र उही बाँसारुखे कर्मीले बनाएको ढोका उघार्दा आउने जस्तै थियो त । अनी उनी अलि विचार गर्न थाले । कतै गाउँकै घरमै सुतेको भ्रमले त त्यस्तो भएको हैन ! .....अंह ! त्यो भ्रम मात्र होइन साँच्चै नै दैलो लगाएको आवाज थियो ।

>दिनेशले बत्ती स्वीच अफ गरेर -निभाएर) ढोका लगाएर गए पछि भित्रबाट चुक्कल लगाएर उनी सुतेका थिए । अध्याँरो भए पनि बाहिरको जुनको उज्यालोले गर्दा भित्र पनि अलि अलि त देखिन्थ्यो । आखिर ढोका त लगाएकै छ । त्यो दैलोको आवाजले सोँच बढाउँदै गयो । त्यसले त बुढालाई चिन्तितै पार्‍यो । फेरि निदाउने प्रयास त गरे तर दिमाग घुमिफिरी फेरि त्यही 'क्वाइ....य' गर्दै ढोका लागेको आवाजमै रुमलिन्छ । अनि निद्रा लाग्ने कुरै भएन । यसो विचार गरे वल्लो पल्लो घरबाट आएको आवाज पनि थिएन त्यो । आवाज त यही कोठाकै थियो भन्ने कुरामा उनी निश्चित थिए तर उनको विचारमा त्यो आवाज त्यहाँ निस्कने सम्भावना पनि थिएन । सोच्दा सोँच्दै उनी त कतै भूत प्रेतले यो डराउन दिएको हो कि भन्ने सोच्न थाले । उनको दिमागले विश्लेषण गर्दै गयो । भूतले नै त्यो आवाज निकालेको हुनसक्ने किम्वदन्तीहरुमा उनको मन भौतारिन थाल्यो । गाउँबाट हिड्ने अघिल्ला राति आफ्नी बुढीमाउ -श्रीमती)ले भनेका कुरा सम्झन थाले - बुहारीको चार महिना भयो नछुनी नभएको भन्थी । यस्तो भुताहा घरमा बच्चा जन्माउने हुर्काउने कुरै भएन । भोलि बिहानै उठेर छोरालाई डेरा खोजेर सरिहाल्न लाउने निश्कर्षनिकाले उनले । यस्तो भूताहा घरमा कसरी बसेका होलान छोरा बुहारी - यस्तो तर्साउँदो रै छ यो कोठामा । खै, छोरा बुहारीलाई यहाँ तर्साउँछ भन्ने थाहा नभएर त होला, सुत्ने बेलामा केही संकेत पनि गरेनन् खै !

>साँवाको भन्दा ब्याजको माया बढी लाग्छ भन्थे । त्यस्तै भयो उनको मनमा पनि । छोरा बुहारी त्यस्तो भूतले तर्साउने घरमा कसरी बसेका होलन भन्ने भन्दा पनि अझै बुहारीको पेटमै भएको सन्तान त्यो भूतले तर्साउने घरमा कसरी बस्ला भन्ने पिरले उनलाई सताउन थाल्यो । अनि महाभारतको अभिमन्यूको कथा सम्झन थाले उनले । अभिमन्यूले आप\mनी आमाको पेटमै भएका अवस्थामा चक्रब्यूको घेरा तोडेर भित्र जाने ज्ञान प्राप्त गरेको कुरा उनको मनमा आयो । कतै आफ्नो सन्तानलाई पनि पेटमै हुँदा यो भुतको असर पर्यो कि भन्ने डर लाग्न थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने बिषयमा आफनी श्रीमतीलाई सुनाउँदा अभिमन्यूले ती कुरा आमाको गर्भमा हुँदै सुनेको प्रसँग आफनो स्थिति सँग दाँज्न थाले उनले । त्यो पेटमै भएको सन्तानलाई पनि त अभिमन्यूलाई पेटमै भएको बेला आमाले सुनेको कथाले असर गरे जस्तै भूतले तर्साएको असर परेहोला नि ! भविष्यमा जन्मने आफनो सन्तानलाई भूतको असर पर्ने चिन्ताले सताउन थाल्यो । अर्जुनले चक्रब्यू तोड्ने क्रममा भित्र कसरी छिर्ने भन्ने विवरण सुनाउँदा सम्म आमा जागै रहेकीले अभिमन्यूले पछि चक्रब्यू भित्र जान त सके । तर त्यति सुन्दा सुन्दै आमा निदाएकीले पेटमा रहेका अभिमन्यूले चक्रब्यूको घेरा तोडेर निस्कने कसरी भन्ने अर्जुनको ब्यहोरा सुन्न पाएनन् । त्यसैले चक्रब्यूमा परेर उनी महाभारतको लर्डाईमा मारिएको प्रसँग सम्झेर उनी झन् झन् डराउन थाले । आखिर पुरुष प्रधान सामन्ती संरचनाका हरपरिवेशले जकडिएकै भएर त होला उनले बुहारीको पेटमा आफनो नाति नै रहेको र नाति अभिमन्यू जस्तै भएको अनुमानका भ्रममा भूतले आफनो नातिलाई तर्साउला कि ! भन्ने डरले भूतबाट नातिलाई जोगाउन के गर्ने भन्ने योजना पनि उनले बनाउन थाले । हुन पनि त्यो अध्याँरो कोठामा ढोका लगाएको लगाएकै छ । तर खुलेको दैलो लगाउँदा आउने आवाज आउनु भूतले तर्साएको भन्दा अरु हुनुसक्ने सम्भावना उनले अनुमान गर्ने कुरा पनि भएन । भूतले तर्साउने सम्बन्धमा उनले सुनेका किम्बदन्तीहरुमा मात्र त्यस्तो ढोका लगाएको आवाजको प्रसंग थियो । त्यसैले उनको मन त्यही भूतले तर्साएको प्रसंग कै वरिपरि घुमिरहर्‍यो । त्यो सुनसान रातमा काठमाडौंको धेरै घरको भीडमा भूतले तर्साएको कथाले पनि उनको ज्ञानसँग त्यती मेल खाएन । मान्छेको भीडबाट त भूत पनि भाग्छ भन्थे । उनले आफनो बालक कालमा सुनेका भूतका कथामा त कित चिहान घारीको प्रसंग हुन्थ्यो, कित पधेरा वा खोलाको बगर, वा बाँसघारीको आस पासको सुनसान ठाउँको प्रसंग हुन्थ्यो । त्यसैले उनले आफनो मनलाई भूतको प्रसंग भन्दा अलि पर लगेर त्यो दैलो लगाएको आवाजलाई विश्लेषण गर्न थाले । हुन त उनले आफु सुतेको कोठा भित्रबाटै आएजस्तो सुनेका थिए त्यो आवाज । तै पनि घरको अरु ढोकाबाट पो त्यो आवाज आए होला कि भनेर पनि उनको ध्यान बाँडियो ।

>उनी डर्राई डर्राई आफूले ओढिराखेको सिरक पन्छाएर विस्तारै उठे । डराउँदै डराउँदै उनी ढोकासम्म पुगे । विस्तारै ढोकाको चुक्कल खोलेर ढोका उघारे । विस्तारै ढोका लगाएर पनि विचार गरे । तर खोल्दा र लगाउँदा त्यस्तो आवाज नै आएन । उनले त्यो आवाज त्यो ढोकाबाट आएको थिएन भन्ने कुरामा आफूलाई ढुक्क पारे । अनि त्यो फल्याटका अन्य ढोका हेर्न गल्लीको बत्ती बाले । सबै ढोका ठीक ठाक देखे उनले । त्यस्तो दैलो लाउँदा आफनो गाउँको घरको दैलोबाट आउने जस्तो आवाज निस्कने कुनै ढोका पनि उनले देखेनन् । त्यसपछि उनको दिमाग झन नाच्न थाल्यो आखिर त्यो आवाज आयो कहाँबाट - उनले भूतको कुनै अन्य लक्षण पनि फेला पार्न सकेन्न । उनले आफनो बालक कालमा सुनेका भूत सम्बन्धी कथाहरुको कुनै पक्ष कतै मिल्छ कि भनेर खुब सोँच बिचार गरे तर कतै केही पाएनन् । एकमनले छोरा बुहारीलाई उठाएर आफूले सुनेको त्यो दैलो लगाएको आवाजका विषयमा कुरा गर्ने पनि विचार गरे तर फेरि उनले विचार बदले । भूतको अन्य कुनै संकेत नभेट्दा सम्म पर्खने र यदि फेरि केही लक्षण नपाए बिहान छोरा बुहारी उठे पछि नै कुरा गर्ने निर्णय गरे ।

>धेरै बेर सम्म भूतको अरु कुनै लक्षण नदेखे पछि उनले आफूले धेरै बर्षअगाडि पढेको "मनोहरा देखि मानव सम्म' भन्ने मोदनाथ प्रश्रीतको पुस्तक सम्भिmए । उनले त्यो पुस्तकका तर्कका आधारमा त्यो दैलो लगाएको आवाजलाई वैज्ञानिक रुपमा पुष्टि गर्ने प्रयास पनि गरे । तर आफ्नो ज्ञानको परिधि भित्र त्यो आवाजको स्रोतलाई उनले ठम्याउनै सकेनन् । अध्यात्मवाद र अलौकिक शक्तिहरुको तर्कबाट आफनो शंका भगानउ र डारविनको विकासवादलाई सहज तरिकाले बुझन त्यो पुस्तकका कुराहरु खुब केलाउने प्रयास गरे । तर उनको बुद्धिले त्यो दैलो लगाएको आवाज कहाँबाट आएहोला भन्ने पत्ता लगाउनै सकेनन् । अल्मल्लमा पदापर्दा, थाकेर लखतरान परेको शरीरलाई उनले फेरि त्यही विछ्यौनामा थन्काए । फेरिपनि त्यो भूतको चर्तिकला अनि बैज्ञानिक विश्लेषणमा दिमाग घुमाउँदा घुमाउँदै उनी निदाए ।

>थाकेको ज्यान, त्यसमाथि दैलोको आवाजको चिन्ताले विथोलेको न्रि्राले छाड्दा ढोकामा टक् टक्को आवाज थियो । बाहिर उज्यालो भैसकेको कुरा झ्यालबाट आएको प्रकासले जनाइहाल्यो । त्यस माथि बुहारीको स्वरले रातिको दैलो लगाएको आवाजबाट भूतले तर्सएको जस्तो आवाज होइन भन्ने पुष्टि गरिहाल्यो । उनले उठेर लुङ्गी बर्ेर्दै आफू समालिएर ढोका खोले । बुहारी चिया लिएर उभिएकी रहिछन् । चिया टेवलमा राखेर बुहारी भान्सा तिर गइन । उनी टवाइलेटबाट कोठामा र्फकदा छोरा दिनेश त्यही कर्ुर्चीमा बसेको भेटाए उनले । बाबु छोरा दुवैले चियाको चुस्की लिदै विछ्यौना, न्रि्रा र आराम बारे प्रसंग सुरु गर्ना साथ उनले छोरालाई दैलो लगाएको आवाजबाट आफू तर्सेको र कहाँबाट त्यो आवाज आयो भन्ने बुझ्न नसकेको बताए ।

>कुरा गर्दै गर्दा दिनेशले त्यही कोठामा रहेको कम्प्यूटर खोलेर इमेल हर्ेर्ने तरखर गर्न थाले । हालचालै डिएसएल ब्रोडब्याण्ड जोडेका छन् उनले । इन्टरनेट डिस्कनेक्ट गर्ने र जोड्ने झन्झट पनि नहुँने र टेलिफोनको विलको चिन्ता नि नहुने । हुन पनि सबैको बिदेश जाने धुनलाई उनले बुझेका थिए । त्यसैले आफू पनि मौका समातेर विदेश हानिने तालमेल मिलाउन इन्टरनेट नभई हुँदैन भनेर उनलाई थाहा थियो । त्यसैले जनतन कम्प्यूटर र इन्टरनेटको व्यवस्था गरेका हुन्, दिनेशले । यसो देश विदेश साथीभाईसँग च्याटस्याट गरेर कसरी विदेश पुग्ने भन्ने प्रयासलाई बाबुसँग गफ गर्दै उनले अगाडि बढाइरहे ।

>बाबु चाहिंले त रातभरि भूतले आफूलाई तर्साएको र आफनो नातिलाई भुतबाट बचाउन डेरा र्सन छोरालाई अर्ती दिने भूमिका बाध्दै थिए । छोरो चाँही यता बावुका कुरा पनि सुन्दै याहु म्यासेन्जरको च्याटमा विदेशका साथीसँग गफ गर्दै थिए ।

>त्यत्तिकैमा त्यो सहज वातावरणमा एउटा उर्जा थपियो । बाबु चाँहीले अलि उत्तेजित जस्तो भावमा भने - 'हो यस्तै दैलो लगाएको आवाजले हो मलाई रातभरि चिन्तित पारेको' । दिनेशले पनि अलि अलमल पर्दै बावुका कुरामा ध्यान दिए । अनि त्यो दैलो लगाएको आवाज "क्वाई...य"ले बाबुलाई रातभरि सताएको कुरा बुझे । अनि बल्ल दिनेशको घैटोमा पनि घाम लाग्यो । याहुँ म्यासेन्जर खुलै छाडेर उनी सुत्न गएका थिए । त्यस पछि अनलाइनमा भैराखेको कुनै साथी अफलाइन जाँदा आएको दैलो लगाएको आवाजले बावुको निद हराम पारेछ भन्ने कुरा बुझे । एक छिन इन्टरनेट च्याट, याहुँ आदि प्रविधिको बारेमा बावुलाई उनले बुझाएपछि बल्ल बाबुको मन ठाउँमा आयो ।

>के को भूत हुनु - के को तर्साउनु ! आखिर प्रविधिको खेल रहेछ झण्डै भूतको कुरा उठाएर छोराका अगाडि लाजमर्दो भएको । झण्डै डेरा र्सन लगाएका बुढाले त ! यो रेडियो, टिभी, भिडियो, फोन, मोवाइल के के को कुरा बुझि सक्नु र ! अझ इन्टरनेट र बेवसाइटका कुरा झन् के के हो, के के हो ! बुझे पनि सुख्ख छैन नबुझे पनि रातभरि भूतको डरले सुत्न देन । हुन पनि नाम पनि के को भूतकै जस्तो 'याहू......' भनेर राखेका नि -
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.